बुर्किना फासो आक्रमणप्रति राष्ट्रसंघको आपत्ति

संयुक्त राष्ट्रसंघ, ५ भदौ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अफ्रिकी मुलुक बुर्किना फासोको सैनिक शिविरमा भएको आक्रमणप्रति आपत्ति जनाए । गत सोमबार भएको उक्त आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु भएको थियो । महासचिव गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले जारी गरेको वक्तव्यमा महासचिव गुटेरेसले मृतकका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको उल्लेख छ ।

प्रवक्ता डुजारिकले सर्वसाधारणलाई लक्षित गरी पछिल्ला समयमा भइरहेका जथाभावी आक्रमणको निन्दा गर्दै घटनाका दोषीमाथि कडा कानुनी कारबाही गर्न अपिल गरेका छन ।बुर्किना फासोको उत्तरी प्रान्त सउममा रहेको काउटाउ सैनिक शिविरमा गत सोमबार आक्रमण गरिएको थियो । सरकारी विवरणमा यस वर्षको यो सबैभन्दा घातक आक्रमण रहेको उल्लेख छ ।

Loading...