वासिङ्टन, २ भदौ । संयुक्तराज्य अमेरिकाका व्यावसायिक क्षेत्रमा आबद्ध अर्थशास्त्रीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कतिपय आर्थिक नीतिहरुका कारण सन् २०२१ को अन्त्यसम्ममा आर्थिक मन्दी हुने अनुमान गरेका छन् ।अमेरिकी व्यावसायिक अर्थशास्त्री संघले गरेको सर्वेक्षणमा ३४ प्रतिशत अर्थशास्त्रीले अर्थतन्त्रको मन्द वृद्धिले सन् २०२१ मा ठूलै आर्थिक मन्दी निम्तिने उल्लेख छ । गत फेब्रुअरीमा गरिएको यस्तै सर्वेक्षणमा […]
विश्व
आप्रवासीका विषयमा मेक्सिको, ग्वाटेमालाबीच छलफलको तयारी
मेक्सिको सिटी, २ भदौ । मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुअल लोपेज ओब्राडोरले ग्वाटेमालाका नवनिर्वाचित राष्ट्रपति अलेजान्द्रो जियामाटीसँग चाँडै आप्रवासन र विकासका विषयमा छलफल गरिने बताए । मेक्सिकोका अधिकारीहरुले आप्रवासीका विषयमा एल साल्भाडोर र होन्डुरसका नेताहरुसँग वार्ता गरिसकेका छन् । राष्ट्रपति ओब्राडोरले क्षेत्रीय विकास र मध्य अमेरिकी मुलुकहरुबाट अमेरिका प्रवेश गर्ने अवैध आप्रवासीका विषयमा मध्य अमेरिकी मुलुकका […]
लिबियाली तटीय जलक्षेत्रबाट ५७ जनाको उद्धार
त्रिपोली, २ भदौ । लिबियाका तटीय जलरक्षकका प्रवक्ता अयुब क्वासिमले पश्चिमी तटीय जलक्षेत्रबाट ५७ जना अवैध आप्रवासीलाई उद्धार गरिएको बताए । उनले आप्रवासीहरु एउटा काठले बनेको डुङ्गामा सवार रहेको जानकारी दिए । डुङ्गामा सात जना महिला र नौ जना बालबालिका थिए ।उद्धार गरिएका ती आप्रवासीहरुमा अफ्रिकी र अरब मुलुकका नागरिक रहेको प्रवक्ता क्वासिमले बताए । […]
विश्व फोटोग्राफी दिवसका अवसरमा प्रभातफेरी
पोखरा, २ भदौ । एकसय असीऔँ विश्व फोटोग्राफी दिवसका अवसरमा पोखरामा आज प्रभातफेरी गरिएको छ ।फोटोग्राफर सङ्घ गण्डकी प्रदेशद्वारा आयोजित प्रभातफेरी पोखराको मानव अधिकार चोकबाट शुरु भई चिप्लेढुङ्गा महेन्द्रपुल हँुदै पुनः मानव अधिकार चोकमा पुगी कोणसभामा परिणत भएको थियो । उक्त क्रममा देशव्यापी साइकल भ्रमणमा निस्केका खोटाङका युवा कर्ण श्रेष्ठलाई सम्मान गरियो । पर्र्यटन प्रवद्र्धन […]
महाराष्ट्रमा सडक दुर्घटना १३ जनाको मृत्यु
मुम्बई, २ भदौ। भारतको पश्चिमी राज्य महाराष्ट्रको निमगुल क्षेत्रमा राज्यद्वारा सञ्चालित एक बस ट्रकसँग ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनामा परी अन्य २० जना घाइते भएका छन् । स्थानीय समयानुसार आइतबार राति १०ः३० बजे सो दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको र जसमध्ये […]
इरानी तेल ट्याँकर गन्तव्यतर्फ प्रस्थान, अमेरिकी माग अस्वीकार
जिब्राल्टर, २ भदौ । जिब्राल्टरले नियन्त्रणमा लिएपछि कुटनीतिक विवादको केन्द्रमा परेको इरानी तेल ट्याँकर जिब्राल्टरले छाडेको छ । बेलायती उपनिवेश जिब्राल्टरले आफूलाई उक्त तेल ट्याँकर सुपुर्दगी गर्न अमेरिकाले गरेको अनुरोधलाई पनि अस्वीकार गरेको छ । म्यारिन ट्राफिकका अनुसार जिब्राल्टरको तटीय इलाकाबाट गत जुलाई ४ मा नियन्त्रणमा लिइएको इरानी सुपर–ट्याँकरलाई आइतबार साँझ छाडिएको थियो । उक्त […]
पक्राउ गर्ने अमेरिकी आग्रह जिब्राल्टारले अस्वीकार गरेपछि इरानी तेल ट्याङ्कर भूमध्यसागरतर्फ
सिरियाका लागि तेल ओसारिरहेको आशङ्कामा जुलाई महिनामा पक्राउ गरिएको एक इरानी तेल ट्याङ्कर नछाड्न अमेरिकाले गरेको आग्रहलाई जिब्राल्टारले अस्वीकार गरेको छ। ग्रेस वान पानीजहाजलाई छाड्ने निर्णय भएको एक दिनपछि शुक्रबार अन्तिम समयमा अमेरिकाले त्यस्तो आग्रह गरेको थियो। अहिले उक्त पानीजहाज बन्दरगाहा छाड्दै भूमध्यसागरको उत्तरतर्फ अगाडि बढिरहेको छ। अमेरिकी आग्रहबारे जिब्राल्टारले भनेको छ- फेरि पक्राउ गर्नुपर्ने […]
कश्मीर तनाव: ‘अन्तिम गोली रहँदासम्म भारतसँग लड्न पाकिस्तान तयार’
भारत प्रशासित कश्मीरले संविधानमा पाएको विशेष दर्जा अन्त्य गरिएपछि छिमेकी पाकिस्तानबाट भारतविरुद्ध कडा प्रतिक्रिया आउने क्रम जारी छ। पाकिस्तानले शनिवार एक पटक फेरि भनेको छ, कश्मीरको निम्ति ऊ अन्तिम गोली र अन्तिम सैनिक रहँदासम्म लड्ने छ। विदेश मन्त्री शाह महमुद कुरैशीले भने, “पाकिस्तानको व्यावसायिक सेना भारतसँग टक्कर लिन तयार छ। हाम्रा सबै संस्था भारतविरुद्ध लड्न […]
काश्मिरबारे विशेष व्यवस्था खारेजीपछि चार हजार पक्राउ : सरकारी स्रोत
श्रीनगर, १ भदौ । दुई हप्ता पहिले भारतीय काश्मिरबारे विशेष व्यवस्था गरेको भारतको संविधानको धारा ३७० को निलम्बनपछि सम्भावित हिंसा भड्किनसक्ने भन्दै काश्मिरका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिई हिरासतमा राखिएका व्यक्तिको सङ्ख्या चार पुगेको एक सरकारी अधिकारीले बताएका छन् । काश्मिरका एक सरकारी अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने, “कम्तीमा चार हजार नागरिकलाई पक्राउ गरी सार्वजनिक […]
भारतीय प्रधानमन्त्रीको भुटान भ्रमण, विपक्षी नेतासँग भेटघाट
थिम्पु, १ साउन । भुटानको दुई दिने औपचारिक भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार त्यहाँका मुख्य विपक्षी पार्टीका नेता डा पेमा ग्याम्त्सोसँग भेटवार्ता गरेका छन् । भारतीय विदेश मन्त्रालयका अनुसार दुबै नेताबीच भारत–भुटानबीचको द्वीपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विचार विमर्श भएको थियो । डा पेमा भुटानको राष्ट्रिय सभामा मुख्य विपक्षी दलका नेता हुन् […]









