बेइजिङ, ३ भदौ, । चीनको परराष्ट्र मन्त्रालयद्वारा हङकङ समस्याबारे आएका भनाइप्रति चासो व्यक्त गर्दै चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न क्यानडासँग आग्रह गरेको छ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा क्यानाडाले हङकङ मामिलाबारे छलफल गर्ने ‘अधिकार र योग्यता’ नभएको बताउँदै चीनले क्यानाडासँग हङकङ समस्यामा सतर्क भएर बोल्न वा गतिविधि गर्न […]
विश्व
ब्राजिलमा बन्दूकधारीद्वारा १६ यात्रुलाई बन्धक, उद्धार प्रयासमा प्रहरी
रियो द जनेरियो, ब्राजिल, ३ भदौ । ब्राजिलको दोस्रो ठूलो शहर रियो द जनेरियोमा मङ्गलबार एक बन्दूकधारीले बसमा यात्रा गरिरहेका १६ जनालाई बन्धक बनाएको ब्राजिलीयाली अधिकारीले जनाएका छन् । प्रहरीले उनीहरूलाई छुटाउन अपहरणकारी उक्त व्यक्तिसँग वार्ता शुरू गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । त्यस्तै मङ्गलबार समाचार तयार पार्दासम्म बन्धक बनाइएका छ जना अपहरणकारीको कब्जाबाट उम्किन […]
जोनसनको पत्रमा ‘आयरिस ब्याकस्टप’ बारे विकल्प प्रस्ताव नगरिएको इयूको दावी
ब्रसेल्स, ३ भदौ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिट प्रक्रियाका लागि ‘आयरिस ब्याकस्टप’ बिषयमा यूरोपेली संघ (इयू) लाई लेखेको पत्रमा व्यबहारिक विकल्प नभेटिएको भन्दै मङ्गलबार इयूले निराशाजनक जवाफ दिएको छ । आयरिस ब्याकस्टपको अर्थ बेलायत र आयरल्याण्डबीच सीमा क्षेत्रमा कडा नियन्त्रण गर्ने अर्थात् सीमामा सुरक्षाबल तैनाद गर्ने (हार्ड बोर्डर) हो । यूरोपेली आयोगका प्रवक्ता नतासा […]
डेङ्गुबाट आठ महिनामा ८०० जनाको मृत्यु
मनिला, ३ भदौ । फिलिपिन्समा यस वर्षका प्रथम आठ महिनामा डेङ्गु रोगीको संख्या एक लाख ८८ हजार पुगेको स्वास्थ्य विभागले जनाएको छ । विभागका अनुसार डेङ्गुकै कारण ८०७ जनाको मृत्यु भएको छ । विभागले यस वर्षको जनवरी १ देखि अगस्ट ३ सम्मको अवधिमा एक लाख ८८ हजार ५६२ जनामा डेङ्गु रोग भेटिएको विवरण संकलन […]
काश्मिरबारे भारत र पाकिस्तानी प्रधानमन्त्रीसँग ट्रम्पको फोनवार्ता
वासिङ्टन, ३ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काश्मिर विवादबारे भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग छुट्टा छुट्टै कुराकानी गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटर मार्फत् फोनमा दुवै देशका प्रधानमन्त्रीसँग आफूले कुरा गरेको बताउनुभएको छ । उहाँले ट्वीटमा भन्नुभएको छ, “मैले मेरा दुई असल साथी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान […]
अमेरिकी अन्यायपूर्ण प्रतिबन्ध प्रति हुवावेको आपत्ति
बेइजिङ, ३ भदौ । चीनको प्रविधि क्षेत्रको विशाल कम्पनी हुवावेलाई अमेरिकी सेवा र वस्तु बिक्री गर्न यसअघि लगाइएको प्रतिबन्ध अरु तीन महिना बढाउने अमेरिकी प्रशासनको निर्णयप्रति हुवावेले अन्यायपूर्ण कदम भन्दै आपत्ति जनाएको छ । चीनका लागि गुप्तचरी गरेको भन्दै हुवावेलाई प्रविधि र अन्य सामान बिक्री गर्न अमेरिकी कम्पनीमाथि रोक लगाइएको छ । अमेरिकी बाणिज्य […]
चन्द्रयान–२ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश
नयाँदिल्ली, ३ भदौ। भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इस्रो) चन्द्रयान–२ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश गरेको जनाएको छ । इस्रोका अनुसार मंगलबार बिहान ९ बजेर २ मिनेटमा चन्द्रमाको कक्षमा चन्द्रयान–२ लाई राख्ने कार्य सम्पन्न भएको हो । चन्द्रमाको कक्षबाट चन्द्रमाको सतह करिब १०० किलोमिटर टाढा रहेको छ । इस्रोले अब चन्द्रयान–२ लाई सतहमा उतार्ने प्रक्रिया शुरु हुने […]
लाओसमा पर्यटक बस दुर्घटनाग्रस्त, १३ चिनियाँ पर्यटकको मृत्यु
बैंकक, ३ भदौ । लाओसमा पर्यटक चढेको बस सोमबार अबेर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १३ जना चिनियाँ पर्यटकको मृत्यु हुनुका साथै अरु एक दर्जन घाइते भएका छन् । स्थानीय एक प्रहरी अधिकारीका अनुसार उक्त बस सडकबाट चिप्लिएर करिब ३० मिटर गहिरो खोल्सोमा झरेको थियो । उक्त बस पर्यटकीय नगर लुआङ प्रबाङतर्फ ४० जनाभन्दा बढी पर्यटक […]
तेल ट्याङ्कर विस्फोटमा परी बीस भन्दा बढीको मृत्यु
कम्पाला, उगान्डा,२ भदौं । पश्चिम उगान्डामा आइतबार तेलको ट्याङ्करमा आगलागी हुदाँ कम्तीमा २० व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । उगान्डाको पश्चिम भागमा पर्ने जिल्ला रुबुरिजी तेलको टयाङ्करमा आगलागी भएको प्रहरीलाई उद्धृत गर्दै अनाडोलु समाचार समितिले जनाइएको छ । केन्याबाट कङ्गोतर्फ गईरहेको सो तेल ट्याङ्करमा आगलागी भएको थियो । चालकले नियन्त्रण गुमाएपछि रोकिराखेको […]
मलेसियाली पूर्व प्रधानमन्त्री रजाकको सुनुवाई एक साताका लागि स्थगित
क्वालालम्पुर, २ भदौ। मलेसियाको उच्च अदालतले त्यहाँका पूर्व प्रधानमन्त्री नजिब रजाकको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाई एक साताका लागि स्थगित गरेको छ । भ्रष्टाचारसम्बन्धी उक्त मुद्दाको सुनुवाई सोमबार गर्ने तय भएको थियो । अहिलेसम्म उच्च अदालतले पक्ष विपक्षका वकीलहरुको राय सुनिसकेको छ । यसक्रममा थप अनुसन्धान गर्नुपर्ने भएकाले समय आवश्यक भएको भन्दै अदालतले सुनुवाई स्थगन गरेको हो । […]











