गल्कोटे दिदीबहिनी समुहले टोकियोमा तीज कार्यक्रम गर्ने

नेपाली नारीहरुको महानचाड हरितालिका तीजको अवसरमा गल्कोटे दिदीबहिनी समुहले ‘तीज बिशेष कार्यक्रम २०७५’ को आयोजना गर्ने भएका छन् । हरितालिका तीजको अवसरमा गरिन लागेको उक्त कार्यक्रम सेप्टेम्बर ११ तारिख दिनको ५ बजे देखि एकेगामी खाइकानमा हुने जानकारी आयोजकले दिएको छ । कार्यक्रमको लागि ख्यातिप्राप्त कलाकार लोक तथा दोहोरी गायक ईश्वर सिंह र लोक गायिका रितु […]

बलेवा सेवा समाज जापानको तीज मेला कार्यक्रमको तयारी तिब्र

अर्जुन लामिछाने/टोकियो जापानमा क्रियाशिल सामाजिक संस्था बलेवा सेवा समाज जापानले हरितालिका तीजको अवसरमा ‘तीज मेला २०१८’कार्यक्रम गर्ने भएको छ । स्वास्थ्य शिविर सञ्चालन तथा विपन्न विरामिको सहयोगार्थ सञ्चालन गर्ने तिज मेला सेप्टेम्बर ९ तारिख आईतवार टोकियोको मेगुरो कुमिन सेन्टरमा हुनेछ । उक्त तीज मेलामा नेपालका ख्याति प्राप्त कलाकार याम क्षेत्रि, सम्झना लामिछाने मगर र कृष्ण […]

शिनओकुबो नेपाली ब्यवसायी संघको प्रथम अधिवेशन गर्ने तयारी

टोकियो – शिनओकुबो नेपाली ब्यवसायी संघको आगामी १६ तारिख आइतवारका दिन प्रथम अधिवेशन हुने भएको छ । अधिवेशन शिनओकुबोस्थित टोकियो रोधी क्लवमा हुने संयोजक बिजय थकालीले जानकारी दिनुभयो । ‘शिनओकुबो ब्यवसायी संघ’ टोकियोको शिनओकुबो क्षेत्रमा बिभिन्न्न ब्यवसाय गरिरहेका नेपाली ब्यवसायीहरुको साझा संघ हो । अधिवेशनले यस क्षेत्रमा ब्यवसायरत नेपालीहरुको हितलाई मध्य नजर गर्दै बिधीबिधानको निर्माण, […]

शिनओकुबो घटनाप्रति नेपाली ब्यवसायी समितिद्वारा घोर निन्दा

गत आइतवार राती टोकियोको शिनओकुबोस्थित एक रेष्टुरेन्टमा नेपालीहरुबीच भएको अप्रिय एवं अनपेक्षित घटनाप्रति शिनओकुबो नेपाली ब्यवसायी समितिले गम्भीर ध्यानाकर्षण भएको भन्दै सो घटनाको घोर निन्दा गरेको छ । ब्यवसायिकरुपमा गम्भीर आघात पर्ने गरी भएको सो घटनामा जो सुकैको संलग्नता भएको भए पनि दोषीलाई कसुर बमोजिमको सजाय दिलाउन सो समितिले कडा कदम चाल्ने बताएको छ । […]

बागलुङका ३४ वर्षीय युवकद्वारा इटालीमा झुण्डिएर आत्महत्या

काठमाडौं । बागलुङका एक युवाले इटालीमा एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्लाको तानग्राम–२ स्थायी घर भएका ३४ वर्षीय नविन थापाले आत्महत्या गरेका हुन् । गत अगष्ट १६ तारिख बिहानीपख पार्कमा झुण्डिइरहेको अवस्थामा थापाको शव फेला परेको जानकारी प्राप्त भएको स्वीट्जरल्याण्डस्थित नेपाली दूताबासले जनाएको छ । यो नेपाली दूताबासले इटालीलाई समेत हेर्दै आएको छ […]

अाधाघन्टा विमानमै राेकिए श्रीलंकाली राष्ट्रपति

काठमाडौँ, १४ भदाै । चाैथाे विमस्टेक समिटका लागि काठमाडाैं अाइपुगेका श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरसेना काठमाडाैं विमानस्थलमा अवतरण गरिसकेपछि पनि अाधाघन्टा विमानमै राेकिएका छन् । त्यसैगरी उनकाे स्वागतमा दिने गार्ड अफ अनर काे ठाउँ पनि परिवर्तन गरिएको छ । बिहीबारदेखि सुरु हुने बिमस्टेक सम्मेलनमा सहभागी हुन आइपुगेका श्रीलंकाली राष्ट्रपति सिरिसेनालाई उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत […]

लाप्राक नमूना बस्ती लगायतका एनआरएनएका परियोजना हस्तान्तरण गरिने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को महत्वपूर्ण परियोजना मध्ये भूकम्पबाट क्षतिग्रस्त गोरखाको लाप्राकमा निमार्ण गरिएका ५ सय ७० घर सहितको नमुना वस्ती स्थानियलाई हस्तान्तरण गरिने भएको छ।उक्त बस्ती विश्वभरी छरिएर रहेका नेपालीहरुको सहकार्यमा एनआरएनएले निर्माण गरेको हो । आगामी अक्टोबर महिनामा हुने ‘एनआरएनए डे’को अवसर पारेर लाप्राक बस्ती स्थानियलाई हस्तान्तरण गरिने भएको हो ।’एनआरएनए डे’कार्यक्रमको अवसरमा […]

नेपालले दिएको गैडाले चीनमा आतङ्क मच्चायो

काठमाडौं । नेपाल सरकारले उपहारस्वरुप उत्तर छिमेकी चीनलाई दिएको चारमध्ये एक गैंडाले चीनमा आतंक मच्चाएको खबर आएको छ । दोश्रोपटक सरकारले २ भदौमा चीनलाई मितिनी र सोल्टी नामको एक जोडी गैंडा हस्तान्तरण गरेको थियो ।  वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले विमानस्थलमै पुगेर नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधिलाई गैंडा हस्तान्तरण गरेका थिए । पहिलो पटक लगिएका एक जोडी गैंडा […]

नवलपरासी समाज जापानले टोकियोमा तीज धमाका गर्दै

हिन्दु नारीहरुको महान चाड हरितालिका तिजलाई लक्षित गर्दै नवलपरासी समाज जापानले “दोश्रो नवलपरासी तीज धमाका” कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम सेप्टेम्बर ५ तारिख टोकियोको नाकानो स्थित ‘नाकानो जिरो’हलमा आयोजना गरिएको छ । उक्त तीज कार्यक्रममा नेपालका राष्ट्रिय स्तरका ख्यातिप्राप्त लोक तथा दोहोरी गायक प्रकाश सपूत, गायिका मुना थापा,चर्चित नृत्यकार पार्वती राई र जापानमा रहेर […]

यसरी गरियो नेपाल फेस्टिवलको उद्घाटन

आज देखि टोकियोको कोमाजावा पार्कमा नेपाल फेस्टिवल शुरु भएको छ ।फेस्टिवलको औपचारिक उद्घाटन बेलुन उडाएर गरिएको थियो । एनआरएनए जापान र नेपाली राजदूतावास जापानको संयुक्त आयोजनामा भएको नेपाल फेस्टिवलको उद्घाटन जापानका लागि नेपाली राजदूत प्रतिभा राणा ,नेपालका लागि जापानी पूर्व राजदूत मासासी ओगावा ,गैर आवासिय नेपाली संघका प्रवक्ता भूषण घिमिरे ,यूवा संयोजक सुदन थापा ,एनआरएनए […]