काठमाडौं, १९ असार । लिवियाको आप्रवासी हिरासत केन्द्रमा भएको आक्रमणमा एक नेपालीको ज्यान गएको छ । आप्रवासीहरुको अन्तर्राष्ट्रिय संगठन आईओएमले दिएको जानकारी अनुसार मारिनेमा सन्तोष श्रेष्ठ नाम गरेका एक नेपाली हुन । आईओएमले श्रेष्ठ हिरासत केन्द्रमा भएको आक्रमणमा घाइते भएका थिए । घाइते भएका श्रेष्ठलाइ उपचारका लागि अस्पतालमा लगिएको थियो । अस्पतालमा उपचारका क्रममै मृत्यु […]
प्रवास
विदेश हिँड्ने को ताँतीले बस्नेको मन रुवाउँछ
काठमाडौं ११ असार, । त्रिभुवन विमानस्थलको प्रस्थानतर्फको भाग सधैंजसो स्तब्ध ‘मुड’मा हुन्छ । वैदेशिक रोजगारीमा जानेको लाइनमा उभिएका आफ्ना साथीभाइ, छोराछोरी, र आफन्तजनलाई अंगालेर आँशु नखसाल्नेहरु त्यहाँ कमै हुन्छन् । हाँसोले विदाइ गर्ने बाचा गरेर विमानस्थलमा आएकाहरु विछोडको पीडा सहन नसकेर एकाएक भक्कानिन्छन् । सरकारले जनतासामु ५ वर्षभित्र बाध्यात्मकरुपमा वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने […]
पोखरा महानगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि ’लेक टु लेक, केभ टु केभ,’ नमुना मार्ग रुपमा अगाडि बढाउदै
पोखरा, ९ असार । पोखरा महानगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि नमुना मार्ग निर्माण गर्ने भएको छ। महानगरले आइतबार आफ्नो नीति तथा कार्यक्रम घोषणा गर्दै तालै ताल र गुफाको शहर पोखरामा नमुना मार्ग बनाउने बताएको हो। ‘लेक टु लेक, केभ टु केभ’ जोड्ने सडकको प्राविधिक सर्वेक्षण गरी नमुना मार्गको रुपमा अगाडि बढाइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ। […]
जापानमा रहेका नेपाली विज्ञहरुको नामावली संकलन कार्य सुरु (लिंक सहित)
टाेकियाे । जापानमा रहेका नेपाली विज्ञहरुलाई एकिकृत गर्न गैरआवासीय नेपाली संघ एनआरएनए जापानले नामावली संकलन कार्य सुरु गरेको छ। गैरआवासीय नेपाली संघ एनआरएनए जापानले एनआरएनए आईसीसीसंगको सहकार्यमा नेपाल सरकार परराष्ट्र मन्त्रालयले सुरु गरेको ब्रेन गेन सेन्टरमा धेरै भन्दा धेरै नेपाली विषय विज्ञहरुलाई आवद्ध गराउने लक्ष्य सहित पहिलो चरणमा विशेषज्ञता हासिल गरेकाहरुको नामावली संकलन कार्य सुरु […]
युद्ध र द्वन्दका कारण दैनिक ३७ हजार मानिस पुर्खाको थातथलो त्याग्न बाध्य,
काठमाडौ,४ असार । युद्ध, विभिन्न किसिमका उत्पीडन र द्वन्दका कारण आफ्नो थातथलोबाट विस्थापित हुने मानिसहरूको संख्या ७ करोड पुगेको छ। सन् २०१८ को तथ्यांक सार्वजनिक गर्दै संयुक्त राष्ट्रसंघको शरणार्थी नियोगले भनेको छ, नियोग स्थापना भएयताकै यो सर्वाधिक ठूलो आँकडा हो। नियोग ७० वर्षदेखि शरणार्थी व्यवस्थापनको क्षेत्रमा क्रियाशील छ। नियोगका अनुसार ७ करोडमध्ये २३ लाख मानिस […]
खाडी–मलेसियामा पुगे ५ लाख नेपाली महिला कामदार, अधिकांश अवैध
काठमाडौं । सरकारले तीन वर्षअघि मलेसिया र खाडीका देश महिला घरेलु कामदार रोजगारीमा जान प्रतिबन्ध लगाएको थियो । २०७३ चैतमा तत्कालीन संसद्को अन्तर्राष्ट्रिय तथा श्रम सम्बन्ध समितिले नेपाली महिलालाई घरेलु कामदारका रुपमा खाडीका मुलुक र मलेसिया रोजगारीमा जान रोक लगाउन सरकारलाई निर्देशन दिएको थियो । तीन वर्षसम्म यो विषयमा सरकारले आधिकारिक निर्णय गर्न नसक्दा प्रतिबन्ध […]
जापानको सहयोगमा विद्यालय भवन निर्माण
हेटौँडा, २९ जेठ । हेटौँडा उपमहानगरपालिका–१९ स्थित गणेश आधारभूत विद्यालय कुवापानीमा जापान सरकारको सहयोगमा निर्मित चारकोठे भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । आधारभूत तह कक्षा १ देखि ५ सम्मका लागि आवश्यक फर्निचरसहितका सामग्रीसमेत गरी कूल एक करोड ७७ लाख २६ हजार ३०३ को लागतमा निर्माण भएको भवन विद्यालयलाई हस्तान्तरण गरिएको हो । भवनमा छात्रछात्रा शौचालय, […]
नासाद्वारा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पर्यटकलाई खोल्ने घोषणा, शुल्क प्रतिदिन ३५ हजार डलर
अमेरिकी वैज्ञानिक संस्था नासाले सन् २०२० देखि अन्तरिक्षमा रहेको आफ्नो स्टेशनमा पर्यटकलाई जान दिने घोषणा गरेको छ। अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसस) को भ्रमण गर्न एक जनाले प्रतिदिन ३५ हजार डलर शुल्क तिर्नुपर्नेछ। नासाले पृथ्वीको परिक्रमा गर्ने सो स्टेशन पर्यटन तथा अन्य व्यापारिक प्रयोजनका लागि खुला गरिने जनाएको छ। आईएसएसका सहायक निर्देशक रोबिन गेटिन्सका अनुसार प्रत्येक […]
गोवाको यो गाउँ ११ महिना पानीमुनि हुन्छ, एक महिना मात्र देखा पर्छ
भारतको पश्चिमी राज्य गोवामा रहेको एउटा गाउँ प्रत्येक वर्ष एक महिना मात्र देखा पर्छ, बाँकी समय पानीमा डुब्छ। एक महिनाको अवधिमा सो स्थानबाट बसाइँ सरेका स्थानीय बासिन्दा जम्मा हुन्छन् र आफ्नो पुरानो थातथलोमा रमाउँछन्। भारतको पश्चिमी घाटमा दुईवटा पहाडबीच अवस्थित कुर्डी गाउँको बीचबाट सलाउलिम नदी बग्छ। कुनै बेला यो दक्षिणपूर्वी गोवाको एउटा जीवन्त गाउँ थियो। […]
राजधानीमै अरुको नाममा परीक्षा दिन गएका ५५ जना पक्राउ
काठमाडौं । कोरियन भाषा परीक्षा दिने ५५ जना नक्कली प्रशिक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा टेकु, काठमाण्डौ, महानगरीय प्रहरी परिसर टेकु, काठमाण्डौ, महानगरीय प्रहरी परिसर ललितपुर तथा स्थानीय प्रहरी इकाईबाट खटिएको टोलीले शनिवार(आज) काठमाण्डौ र ललितपुरका बिभिन्न परीक्षा केन्द्रहरुबाट अरुको नामको परीक्षामा सहभागी भएका ५५ जनालाई नियन्त्रणमा लिएको हो । पहिलो चरणको […]









