१७५ हिमालको जिम्मा दिन पर्वतारोहण संघको माग

काठमाडौँ । नेपाल पर्वतारोहण सङ्घले थप १७५ वटा हिमालको व्यवस्थापनको जिम्मा दिन सरकार समक्ष माग गरेको छ । सङ्घले प्रधानमन्त्री शेरबहादुर देउवासँग सङ्घ भेट गरी उक्त माग गरेको हो । सङ्घका अध्यक्ष निमानुरु शेर्पा नेतृत्वको टोलीले चुली व्यवस्थापनसहित तीन बुँदे मागपत्र प्रधानमन्त्री समक्ष पेश गरेका हुन् । सङ्घले गरेका कमको प्रशंसा गर्दै मागप्रति प्रधानमन्त्री सकारात्मक […]

पाथीभरामा एक तीर्थयात्रीको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा एक तीर्थयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिकाका ६४ वर्षीय हरिप्रसाद घिमिरे रहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । फेदीमा अस्वस्थ महसुस गर्नुभएर बेहोस हुनुभएका घिमिरेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउन साथ चिकित्सकले मृत घोषणा गरेका थिए । परिवारसँगै दर्शनका लागि आएका घिमिरेलाई उनकै गृहजिल्ला पठाइसकिएको पाथीभरा […]

जजिरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान भर्दै

दोहा । कुवेतको जजिरा एयरवेजको पहिलो उडान आगामी जेठ २ गते गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार जजिरा एयरले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ प्रत्यक्ष हवाई सेवा सुरु गर्ने घोषणा गरेको हो । यो जजिरा एयरवेजद्वारा नेपालमा सञ्चालित दोस्रो सेवा हुनेछ । यसअघि सन् २०१९ को नोभेम्बरदेखि […]

कतारी राजकुमारी कञ्चनजङ्घा शिखरमा

काठमाडौ, २७ बैशाख । कतारी पर्वतारोही तथा राजकुमारी शेखा आश्मा अलथानी ८,५८६ मिटरको उचाइमा रहेको नेपाल र भारतको सीमाना बीचमा पर्ने विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको शिखरमा पुग्ने पहिलो अरब महिला बनेकी छन् । आफ्नो इन्स्टाग्राममा स्टाटस राख्दै शेखा आश्माले कञ्चनजङ्घा शिखरमा पुग्ने पहिलो अरब नागरीक हुन पाएकोमा गर्व लागेको बताएकी हुन् । उनले आफ्नो […]

बुद्ध एयरले काठमाडौं–बनारस उडान पुनः सुचारु गर्ने

काठमाडौँ । बुद्ध एयरले मे २३ बाट बनारस उडान पुनः सुचारु गर्ने भएको छ। बुद्धले हप्तामा दुईदिन उडान भर्ने भएको हो। बुद्ध एयरका अनुसार सोमबार र शुक्रबार उडान हुने भएको छ। उडान सुरू भएको केही समयपछि बुधबार पनि हुने जनाएको छ। हाल एकतर्फी भाडा ८ हजार ५११ रूपैयाँ तोकिएको छ। उडान समय ५० मिनेटको हुने […]

सगरमाथा चढ्न यो सिजन ५८ देशका ३१६ आरोहीले लिए अनुमति

काठमाडौं । सगरमाथा चढ्न यो सिजनमा ५८ वटा देशबाट ३१६ जना आरोहीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस पटक पनि अमेरिका र यूरोपबाट नै बढी आरोही नेपाल आएका छन् । विभागका अनुसार सगरमाथा चढ्न आउनेमध्ये सबैभन्दा धेरै अमेरिकाबाट आएका छन् । यो सिजन शुक्रबारसम्म १३ महिला र ५१ पुरुष गरी अमेरिकाबाट ६४ […]

बुद्ध एयरको जहाजको टायर गौतमबुद्ध विमानस्थलमा पड्कियो

बुटवल । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाजको टायर पड्किएको छ। जसले गर्दा उडान र अवतरण रोकिएको छ। भैरहवाबाट काठमाडौंका लागि उड्न लागेको जहाज धावन मार्गमा गुड्ने क्रममा टायर पड्किएको हो। उडान गर्न लाग्दा जहाजको अगाडिको टायर पड्किएको हाे। जहाज र त्यसमा रहेका यात्रु भने सुरक्षित छन्। जहाजमा ७२ यात्रु थिए। यात्रुलाई अब […]

विमानस्थल शुल्क बढाएकोमा नाट्टाको आपत्ति

काठमाडौं । पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) ले विमानस्थल सेवा शुल्क बढाएको भन्दै आपत्ति जनाएको छ। सोमबार एक विज्ञप्ति जारी गरी सरकारले विमानस्थल सेवा शुल्क नियमावली–२०७८ मार्फत विमानस्थल शुल्क अस्वाभाविक दरमा वृद्धि गरी प्रतियात्रु तीन हजार रूपैयाँ पुर्‍याएको भन्दै नाट्टाले आपत्ति जनाएको हो। ‘कोभिड–१९ पछि बिस्तारै चलायमान हुने […]

आइकाओको अडिटमा वृद्धि भयो नेपालको हवाई सुरक्षा दर

काठमाडौं । अन्तर्राष्ट्रिय हवाई सुरक्षा मापदण्ड बमोजिम नेपालको हवाई सुरक्षा दर वृद्धि भएको छ। नेपाल एयर सेफ्टी सम्परीक्षण टोलीको प्रारम्भिक नतिजाअनुसार विश्वको औसत परिपालना दरभन्दा ३ प्रतिशतले वृद्धि भएर अर्थात कूल परिपालना दर ७०.१ प्रतिशत कायम गर्न सफल भएको हो। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को एयर सेफ्टी अडिटबाट नेपालको परिपालना दर औसत दरभन्दा माथि […]

पर्यटकको दैनिक आगमन दर १०० नाघ्यो

रसुवा । वसन्त ऋतुको आगमनसँगै रसुवाका उच्च भागमा आन्तरिक एवं बाह्य पर्यटकको चहल पहल बढ्दै गएको छ। कोरोना सङ्क्रमण दर शून्यमा झरेसँगै दैनिक १०/१५ जनाबाट सुरु भएको पर्यटक आगमन पछिल्लो समय स्वदेशी तथा विदेशी ह्वात्तै बढेपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका हुन्। लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार रसुवाको उच्च भागमा अवस्थित […]