सबैभन्दा कम तापक्रम जुम्लामा, न्यूनतम तापक्रम १ डिग्रीभन्दा पनि तल

जुम्ला । यस वर्षको सबैभन्दा कम तापक्रम मापन गरिएको छ । देशभरमा सबैभन्दा कम तापक्रम जुम्लामा रेकर्ड भएको मौसमविदले जनाएका छन् । तापक्रम घटेसँगै चिसो बढिरहेको छ । केही दिनमा अझै तापक्रम घट्ने र चिसो बढ्ने मौसमविदले जनाएका छन् । जुम्लामा बिहीबार न्यूनतम तापक्रम १ डिग्रीभन्दा पनि तल अर्थात् ०.५ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान […]

देशभर २२२५ जना कोरोना संक्रमित भेटिँदा उपत्यकामा १११० जनामा संक्रमण पुष्टि

काठमाडौं, ८ कार्तिक । पछिल्लो २४ घन्टामा थप २२२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा १३,८४६ जनाको नमूना परीक्षण गर्दा २२२५ जना संक्रमित देखिएका हुन् । स्वास्थ्य मन्त्रालयले शनिवार भेटिएका संक्रमित मध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा रहेको जनाएको छ । शनिवार उपत्यकामा १११० जना संक्रमित भेटिएका छन् […]

यसरी भित्र्याइयो हनुमानढोका दशैँ घरमा फूलपाती (फोटोहरु)

काठमाडौं । गोरखाबाट पठाइएको फुलपाती हनुमानढोकास्थित दशैघरमा भित्र्याइएको छ । नवरात्रीको सातौं दिन अर्थात फुलपातिको दिन प्रत्येक वर्ष यसरी नै गोरखाबाट ल्याइएको फुलपाती भित्र्याउने गरिन्छ । फुलपातीका दिन सबै हिन्दुहरुको घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याउने चलन छ । शुक्रबार गोरखाबाट पठाइएको फुलपाती लिन गुरुजुको पल्टन सहितको लावालस्कर जमलमा पुगि डोलामा राखि फूलपाती हनुमानढोका […]

महामारीमा अग्रपंक्तिमा खट्ने सुरक्षाकर्मी र सुरक्षाकर्मीलाई सरकारले यसरी बनायो घोर निरास

काठमाडौँ। कोरोना महामारीले विश्वभर त्रास उत्पन्न गराएर मानिसहरु बाहिर निस्कनै नमानेका बेला सरकारले जोखिमबीच अग्र पंङक्तिमा दिनरात खट्ने स्वाथ्यकर्मी, सुरक्षाकर्मीलाई विशेष भत्ता दिने घोषणा गरेको थियो । सबै डराएको महामारीमा सरकारको आदेशको सिरोपर गरेर स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु आफ्नो कार्यक्षेत्रमा खटे । संक्रमितकै नजिक गएर उपचार गर्नुपर्ने वा कोरोना भाइरसकै नजिक रहनुपर्ने भए पनि स्वास्थ्यकर्मीहरुले त्यो […]

अब हुम्लाका जनप्रतिनिधिले पाउने भए १३ प्रकारका सेवा सुविधा

हुम्ला । हुम्लाका स्थानीय तहका जनप्रतिनिधहरूले अब पुनः तेह्र प्रकारका सेवा सुविधाहरू आ.व.२०७७/०७८ साउनबाट पाउने भएका छन् । कर्नाली प्रदेश सरकारले २०७७ असार ३० गते प्रकाशित गरेको प्रदेश राजपत्रको खण्ड ३ अतिरिक्ताङ्क २ले यो वाधा अडकाउ फुकाएको छ । एक वर्षदेखि सर्वोच्चमा परेको रिट निवेदन किनारा लागे लगतै कर्नाली प्रदेश सरकारबाट जारी गरिएको राजपत्रमा उल्लेख […]

केही घन्टाका लागि मात्र सुटुक्क किन आए भारतीय जासुसी संस्था ‘रअ’का प्रमुख गोयल

काठमाडौं, ५ कार्तिक । अन्तर्राष्ट्रिय जासुसी संस्था रिसर्च एण्ड एनालाइसिस विङ्ग ‘रअ’का प्रमुख सामान्तकुमार गोयल काठमाडौँ आएका छन्। उनी बुधवार दिउसो १ बजे भारतीय वायुसेनाको विमानमा चढेर काठमाडौं एअरपोर्टमा ओर्लिएका हुन् । यही कार्तिक १८ गते भारतीय सेनाका प्रमुख मनोजमुकुन्द नरवाणे नेपाल भ्रमणमा आउँदैछन् । नरवाणेको उक्त भ्रमणअघि विभिन्न कुराहरु मिलाउन गोयल नेपाल आएको बुझिएको […]

कोरोनामा सरकारको निर्णयः जनतामाथि गम्भीर घात

काठमाडौं । समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने घोषणा गरेर निर्वाचित भएको वर्तमान सरकारले पछिल्लो समय आफ्नो सो घोषणालाई चुनौती दिने गरी कोरोना भाइरस परिक्षण गर्न गरिने पीसीआर र त्यसबाट पत्ता लाग्ने संक्रमितहरुको उपचार सरकारले निःशुल्क नगर्ने निर्णय गरेको छ । यो त एउटा सानो उदाहरण हो । यो सरकार बनेदेखि यता करिव पछिल्ला तीन वर्षमा […]

देशभर ३७९० संक्रमित भेटिदा, काठमाडौं उपत्यकामा थपिए २३८८ जना कोरोना संक्रमित

काठमाडौं, ३ कार्तिक । सोमवार नेपालमा थप ३७९० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा पछिल्लो २४ घन्टामा १५७१४ नमूना परीक्षण गर्दा १३७६ महिला र २४१४ पुरुष गरी ३७९० जना संक्रमित भेटिएको जानकारी दिएको हो । मन्त्रालयले काठमाडौं उपत्यकामा संक्रमणको दर अझै बढिरहेको जनाएको छ । सोमवार काठमाडौं उपत्यकाका […]

देशभर ३१६७ संक्रमित थपिदा काठमाडौंमा १७४६ जनामा कोरोना संक्रमण

काठमाडौं, १ कार्तिक । शनिवार नेपालमा ३१६७ जनामा कोरोना भाइरसका संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयले देशभरका प्रयोगशालामा १५४३८ नमुना परीक्षण गर्दा पछिल्लो २४ घन्टामा ११६० महिला र २००७ पुरुष गरी ३१६७ जनामा संक्रमण पुष्टि भएको जनाएको हो । संक्रमित मध्ये सबैभन्दा बढी ५० प्रतिशतभन्दा बढी संक्रमित काठमाडौं उपत्यकाकै छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी […]

रक्षामन्त्रालयले मन्त्री पोखरेललाई गरेको विदाई कार्यक्रममा गएनन प्रधानसेनापति, जंगी अड्डामै बोलाएर विदाई गर्ने

काठमाडौं, २९ असोज । प्रधानमन्त्रीले रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएपछि रक्षामन्त्री ईश्वर पोखरेललाई बुधवार सो मन्त्रालयमा विदाई कार्यक्रम राखियो । तर, उक्त विदाई कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति गएनन । उक्त विदाई कार्यक्रममा नेपाली सेनाले एकजना उपरथीलाई भने पठायो । नेपाली सेनासँगको मनमुटावकै कारण जिम्मेवारी खोसिएको हल्ला चलिरहेका बेला विदाई कार्यक्रममा देखिएको यो दृष्यले अझ बढी कुरा […]