सिन्धुपाल्चोक-१ मा नेपाली कम्युनिस्ट पार्टीबाट सापकोटा सर्वसम्मत

सिन्धुपाल्चोक । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोक–१ बाट नेपाली कम्युनिस्ट पार्टीले माधव सापकोटा सुवोधको एकल नाम सिफारिस गरेको छ । नेपाली कम्युनिष्ट पार्टीका क्षेत्रीय समन्वय समिति, जिल्ला समिति तथा सम्पूर्ण नेतृत्वले सर्वसम्मत रुपले सापकोटाको नाम सिफारिस गरेको हो । उनी बिघटित प्रतिनिधि सभामा तत्कालीन नेकपा माओवादी केन्द्रको उम्मेदवार रही निर्वाचित सदस्य हुन् […]

ब्याजदरको दबाबमा नागरिक लगानी कोष

काठमाडौ । नागरिक लगानी कोषमा घट्दो बैंक ब्याजदरका कारण चुनौती थपिएको छ। सहभागीलाई वार्षिक चार प्रतिशतसम्म ब्याज दिँदै आएको कोषले वाणिज्य बैंकबाट अहिले मात्र करिब २.७५ प्रतिशत ब्याज पाउँदा ब्याज व्यवस्थापन कठिन बन्दै गएको हो। बैंकमा राखिएको रकमबाट अपेक्षित प्रतिफल नआएपछि कोषले लगानी रणनीति परिवर्तन गर्न थालेको छ। बैंक निर्भरता घटाउँदै सरकारी ऋणपत्र, ट्रेजरी बिल्स, […]

आस्था र विचारमाथि हुने प्रहार स्वीकार्य छैन : मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले व्यक्तिको आस्था र विचारमाथि हुने प्रहार स्वीकार्य नहुने बताएका छन्। नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय परिसरमा निर्माण गरिएको संस्थापक सभापति सूर्यबहादुर डिम्डुङ स्मृति भवन र बीपी स्मृति वाचनालयको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले पछिल्लो समय स्वतन्त्रताको नाममा छाडातन्त्र मौलाएको उल्लेख गर्दै फरक विचार राख्ने व्यक्ति र पार्टीमाथि आक्रमण […]

सेयर कारोबारी अग्रवाल प्रहरी हिरासतभित्रै अनसनमा

काठमाडौ । नेपाल धितोपत्र बोर्डको उजुरीका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेका सेयर कारोबारी दीपेन्द्र अग्रवाल तीन दिनदेखि प्रहरी हिरासतभित्रै अनसनमा बसेका छन्। गत शुक्रबार पक्राउ परेसँगै उनले खाना त्यागेका हुन्। सीआईबीका अनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सेयर कारोबारमा भ्रामक सूचना प्रवाह गरी कृत्रिम मूल्य वृद्धि गर्दै […]

खेल सुरु भएपछि नियम फेर्नु गलत : वर्षमान पुन

काठमाडौ । सरकारले फागुन २१ मा निर्वाचन सम्पन्न गराउने उद्देश्यले आयोजना गरेको सर्वपक्षीय छलफलमा सहभागी राजनीतिक दलहरूले निर्वाचनका लागि वातावरण बनाउनु सरकारको पहिलो कर्तव्य भएको बताएका छन्। बैठकमा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले घोषित मितिमै निर्वाचन गराउने सरकारको प्रतिबद्धता सह्रानीय रहेको उल्लेख गर्दै दलहरूले सरकारलाई आवश्यक सहयोग गर्नुपर्ने बताए। खेल सुरु भइसकेपछि नियम […]

आज वर्षकै सबैभन्दा लामो रात

Night

काठमाडौँ । आज वर्षकै सबैभन्दा लामो रात परेको छ। खगोलीय हिसाबले हरेक डिसेम्बर २१ मा रात सबैभन्दा लामो हुने गर्दछ। आजको दिन सबैभन्दा छोटो थियो र रात सबैभन्दा लामो छ । पृथ्वी आफ्नै धुरीबाट ढल्किएको अवस्थाका कारण सूर्य आज उत्तर गोलार्धबाट सबैभन्दा टाढा देखिन्छ। यही कारणले गर्दा सूर्य ढिलो उदाउने र छिट्टै अस्ताउने हुँदा उज्यालो […]

वीरगञ्जको क्यासिनोमा अर्थमन्त्रीको आँखा

वीरगञ्ज । पर्सा र बारा जिल्लामा सञ्चालित विभिन्न क्यासिनोहरूले गैरकानुनी धन्दा चलाएको आशंकामा अनुसन्धान गर्न निर्देशन दिइएको छ । अर्थमन्त्री रामेश्वर खनालले बारा र पर्सा जिल्लाका विभिन्न होटलहरूमा सञ्चालित क्यासिनोहरूले गैरकानुनी धन्दा चलाएको गुनासो पछि राजस्व अनुसन्धान विभागलाई लिखित रूपमै अनुसन्धानका लागि निर्देशन दिएका हुन् । अर्थमन्त्रालय स्रोतका अनुसार पर्सा जिल्लामा सञ्चालित विभिन्न क्यासिनोहरूले सम्पत्ति […]

नोबेल पुरस्कार विजेताको उपस्थितिले त्रिविको दीक्षान्त समारोह विशेष र ऐतिहासिक बन्ने

TU

काठमाडौँ । देशकै जेठो र ठूलो त्रिभुवन विश्वविद्यालयले नोबेल पुरस्कार विजेता जापानी प्राद्यापक ताकाआकी काजितालाई प्रमुख आतिथि बनाएर ५१औँ दीक्षान्त समारोहको तयारी गरेको छ । काजिताले सन् २०१५ मा भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार पाएका छन् ।   जापानबाट फर्किएर त्रिविका उपकुलपति भएका प्राडा दीपक अर्यालको पहलमा काजिता दीक्षान्त समारोहमा सहभागी हुने भएका हुन् । पुस १० […]

सामाजिक विषयको पाठ्यपुस्तक परिमार्जनको काम शुरु भइसक्यो : महानिर्देशक पौडेल

yubaraj Paudel

काठमाडौ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले कक्षा ५, ८ र १० का सामाजिक विषयका पाठ्यपुस्तक परिमार्जनको काम सुरु भइसकेको जानकारी दिएका छन् । शिक्षा पत्रकार समूह र सेभ द चिल्ड्रेनले राजधानीमा आयोजना गरेको बालबालिका, पाठ्यक्रम र पाठ्यपुस्तकबीचको तादम्यता विषयक अन्तर्क्रियामा उनले परिमार्जित पुस्तकहरू २०८४ सालदेखि कार्यान्वयनमा ल्याइने बताए।   उनका अनुसार पाठ्यपुस्तक लेखनका […]

रवि लामिछानेलाई धरौटीमा छोड्न आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई तुलसीपुर उच्च अदालत, बुटवल इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएको छ । अदालतका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले उक्त आदेश गरेको हो । उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार रविलाई २ करोड ६८ लाख रुपियाँ धरौटी राखेर छोड्न आदेश दिइएको छ । […]