१०० रोपनी जग्गामा रङ्गशालाको डिपिआर तयार

दमौली, २ साउन । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीमा निर्माण गर्न लागिएको रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नगरपालिकाले नगरको शानको रूपमा घोषणा गरेको रङ्गशालाको डिपिआर तयार भएको हो । ढोरफिर्दीस्थित गाउँफर्कोदय माध्यमिक विद्यालय वरपर रहेको जग्गालाई रङ्गशालाको रूपमा विकास गर्न लागिएको वडाध्यक्ष कृष्ण रेग्मीले जानकारी दिए । उनका अनुसार विद्यालयको नाममा रहेको […]

कीर्तिमानी मुल्यमा डिफेन्डर भित्रायो म्यानचेस्टर युनाइटेडले

एजेन्सी । म्यानचेस्टर युनाइटेडले कीर्तिमानी रकममा लेस्टर सिटीका स्टार ह्यारी मग्वाइरलाई आफ्नो क्लबमा अनुबन्धित गरेको छ । इङल्यान्डका खेलाडी मगुइरलाई युनाइटेडले कीर्तिमानी रकम ८० मिलियन पाउन्डमा अनुबन्धित गरेको हो । यो डिफेन्डरका लागि तिरिएको सर्वाधिक मूल्य हो । योभन्दा अघि लिभरपुलले भान डाइगको लागि ७५ मिलियन पाउण्ड खर्च गरेको थियो । मग्वाइर म्यानचेस्टर सिटीसँगमा पनि […]

सुपर ओभरमा पुगेको खेलमा न्युजिल्याण्डलाई पराजित गर्दै इंग्ल्याण्डलाई विश्वकप उपाधि

सुपर ओभरमा पुगेको खेलमा न्युजिल्याण्डलाई पराजित गर्दै इंग्ल्याण्डले २०१९ विश्वकपको उपाधि जितेको छ। इंग्ल्याण्डले एकदिवसीय विश्वकप जितेको यो नै पहिलो पटक हो। यस अघि सन् १९७९, १९८७ र १९९२ मा फाइनल पुगे पनि इंग्ल्याण्ड उप-विजेतामा सिमित भएको थियो। सन् २०१५ विश्वकपको फाइनलमा अस्ट्रेलियासंग पराजित भएको। लगातार दोश्रो पटक न्युजिल्याण्ड उप-विजेतामा सिमित भएको हो। लर्ड्स मैदानमा […]

कप्तान पारसले गरे ट्वान्टी ट्वान्टीको उपाधि बाढी पहिरो पीडितमा समर्पित

काठमाडौं, २९ असार । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले बाढी पहिरो पीडितहरुमा नेपालको उपाधि समर्पित गरेका छन् । आइतबार नेपालले ट्वान्टी ट्यान्टी क्रिकेट प्रतियोगितामा मलेसियालाई पराजित ६ विकेटले पराजित गरेको हो । जितपछि नेपाली क्रिकेट टोलीका कप्तान खड्काले ट्वीटरमा एक पोस्ट लेख्दै यो उपाधि नेपालमा आएको बाढी र पहिरोमा परेर ज्यान गुमाउने र […]

विश्वकप जित्ने टिमले कति पाउनेछ पुरस्कार ?

२०१९ एकदिवसीय विश्वकपको उपाधिको लागि आयोजक इंग्ल्याण्ड र न्युजिल्याण्ड आइतबर प्रतिस्पर्धा गर्दैछन्। इंग्ल्याण्डले सेमीफाइनलमा गत संस्करणको विजेता अस्ट्रेलियालाई तथा न्युजिल्याण्डले भारतलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। इंग्ल्याण्ड र न्युजिल्याण्डले हालसम्म विश्वकपको उपाधि चुम्न सकेको छैन तसर्थ यो पटक विश्व क्रिकेटले नयाँ विश्वकप विजेता टिम पाउनेछ। विश्वकप जित्नु आफैमा ठुलो कुरा रहेको छ जसलाई इतिहासले याद गर्ने […]

रोमान्चक खेलमा मलेसिया ६ रनले पराजित : नेपालको ऐतिहासिक सिरिज क्लिन स्विप

मलेसियालाई दोश्रो टि-२० मा ६ रनले पराजित गर्दै नेपालले २ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज २-० ले जित्दै इतिहासकै पहिलो टि-२० अन्तर्राष्ट्रिय सिरिज क्लिन स्विप जित हाँसिल गरेको छ। यस अघि नेपालले युएईलाई २-१ ले पराजित गर्दै सिरिज जित हँसिल गरे पनि क्लिन स्विप गरेको थिएन। किनरारा ओभल मैदानमा सम्पन्न खेलमा नेपालले टस जितेर ब्याटिंग गर्दै दिएको […]

पारसले विस्फोटक ब्याटिंग गर्दा मलेसिया ७ विकेटले पराजित

मलेसियामा सुरु भएको २ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा मलेसियालाई ७ विकेटले पराजित गर्दै सिरिजमा १-० को अग्रता लिएको छ। सिरिज अन्तर्गत दोश्रो तथा अन्तिम खेल आइतबार खेलिनेछ। मलेसियाले पहिले ब्याटिंग गर्दै दिएको १२९ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर १८.३ ओभरमै पुरा गर्यो । लक्ष्य पछ्याउने क्रममा ओपनर प्रदिप ऐरी र […]

 राशिद खान अफगानिस्तानको सबै फर्म्याटको कप्तान नियुक्त

स्टार अफगानिस्तान लेग स्पिनर राशिद खानलाई अफगानिस्तान क्रिकेट बोर्डले ( एसीबि ) सबै फर्म्याटको कप्तान नियुक्त गरेको छ। बोर्डले शुक्रबार राशिदलाई कप्तान नियुक्त गर्दै अस्घर अफ्गानलाई उप-कप्तान घोषित गरेको छ। अफ्गानलाई विश्वकप अघि कप्तान बाट हटाईएको थियो। विश्वकप अघि अस्गरलाई कप्तानीबाट हटाएर बोर्डले गुल्बदीन नैबलाई एकदिवसीय, राशिद खानलाई टि-२० र रहमत शाहलाई टेस्टको कप्तानी दिएको […]

२७ वर्ष पछि इंग्ल्याण्ड फाइनलमा, सेमीफाइनलमा अस्ट्रेलियाको इतिहासमै पहिलो हार

डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियालाई ८ विकेटको ठुलो अन्तरले पराजित गर्दै आयोजक इंग्ल्याण्ड १३ औं एकदिवसीय विश्वकपको फाइनल प्रवेश गरेको छ। यस अघिनै न्युजिल्याण्ड भारतलाई १८ रनले पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ। इंग्ल्याण्ड र न्युजिल्याण्ड बीच फाइनल खेल लर्ड्स मैदानमा जुलाई १४ तारिक आइतबार ३:१५ बजे ( नेपाल ) खेलिनेछ। लगातार तेश्रो पटक विश्वकप फाइनलमा आयोजक […]

दोस्रो सेमीफाइनलमा आज इंग्ल्याण्ड र अष्ट्रेलिया भीड्दै

विश्वकप क्रिकेटको दोस्रो सेमीफाइनलमा आज आयोजक टिम इंग्ल्याण्ड र अष्ट्रेलिया भीड्ने भएका छन् । यो खेल बर्मिङघमस्थित एजबास्टोन रंगशालामा नेपाली समयअनुसार बिहीबार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ । अस्ट्रेलियालाई हराउँदै फाइनलमा पुग्ने इंग्ल्याण्डको लक्ष्य छ । प्रतियोगिताअघि घरेलु टोली इंग्ल्याण्ड र भारतलाई उपाधिको मुख्य दाबेदार मानिएको थियो । लिग चरण अन्तर्गत लर्डसमा खेलिएको खेलमा […]