नेपाल र मलेसिया भिड्दै, नेपाललाई जित्नैपर्ने दबाब

८ साउन, काठमाडौं । टी-२० वर्ल्डकप एसिया फाइनलमा नेपाल र मलेसिया बीच खेल भइरहेको छ । अस जितेर नेपालले फिल्डिङ रोजेको छ ।

टस हुनु अगाडि नै लगातार वर्षा भएपछि खेल ढिला गरी सुरु भएको छ भने खेल ९ ओभरमा झारिएको छ ।

ब्याटिङको निम्तो पाएको मलेसियाले पहिलो ओभरमा नै दुई विकेट गुमाएको छ । यो समाचार तयार पार्दासम्म उसले तीन ओभरमा तीन विकेट गुमाएर ३१ रन बनाएको छ ।

लाइभ म्याच हेर्नका लागि यहाँ क्लिक गर्नुहोला

आज कप्तान पारस खड्का प्लेइङ इलाभेनमा छ्रैनन् । कतारविरुद्धको खेलमा ढाड दुख्ने समस्या आएपछि उनले दोस्रो इनिङ खेलेका थिएनन् । उनको स्थानमा रोहित कुमार पौडेल आएका छन् ।

मलेसियाले १ खेल खेलीसकेको छ। उसले सोमबार कुवेतलाई ४२ रनले पराजित गरेको थियो। नेपाललाई भने पहिलो खेलमा हार पछि आगामी चरण छनौट हुन बाँकी ३ खेल जित्नु पर्ने दबाब बढेको छ। सहभागी ५ टिमबाट एउटा टिम मात्रै अक्टोबरमा युएईमा आयोजना हुने ग्लोबल क्वालिफायर खेल्न छनौट हुनेछ।

दोश्रो दिनको खेल सकिंदासम्म सिंगापुर २ खेलमा ३ अंक सहित अंकतालिकाको शिर्षस्थानमा रहेको छ। सिंगापुरले एउटा खेलमा जित हात पार्यो भने आज कुवेतसंगको खेल भने वर्षाको कारण हुन नपाउदा १र१ अंक बाँड्न बाध्य रह्यो। कतारले १ जित र १ हार बेहोर्दै २ अंक सहित तेश्रो स्थानमा रहेको छ। मलेसिया एउटा जित सहित दोश्रो स्थानमा रहेको छ।

नेपाललाई जित्न पर्ने दबाब 

पहिलो खेलमा हारे पछि अब नेपालले विश्वकप ग्लोबल छनौटमा छनौट हुन बाँकी ३ खेलमा जित्नु पर्ने दबाब बढेको छ। बाँकी ३ खेलमा नेपाल जितेमा नेपालको सम्भावना प्रवल हुनेछ। सबै खेल जितेको खण्डमा र अन्य कुनै एउटा टिमले पनि ३ खेलमा जित हात पारे नेट रनरेटको आधारमा उत्कृस्ट टिम चयन हुनसक्ने छ।

नेपालले अब जुलाई २४ मा मलेसियासंग, जुलाई २७ मा कुवेतसंग र जुलाई २८ मा सिंगापुरसंग खेल्नेछ।

Loading...