पोखरामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने

पोखरा, ७ साउन । नवआदर्श सामुदायिक विकास समाजले तीज महोत्सवको अवसरमा यहाँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । ८आँै संस्करणको उक्त प्रतियोगिता लामाचौरमा आगामी भदौ १२ देखि १६ गतेसम्म हुनेछ ।

प्रतियोगितामा आठ टोली सहभागी हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रचारप्रसार संयोजक बुद्धिबहादुर कार्कीले जानकारी दिए । राष्ट्रिय महिला भलिबलसँगै विद्यालयस्तरीय छात्रा भलिबलसमेत हुनेछ । विजेता टोलीले रु एक लाख १५५, दोस्रो हुने टोलीले रु ६५ हजार पाँच तथा तेस्रो हुने टोलीले रु २५ हजार पाँच पुरस्कार पाउने छन् ।

विद्यालयस्तरीय प्रतियोगिताको विजेताले रु रु २५ हजार, दोस्रो हुनेले रु १५ हजार र तेस्रो हुने टीमले रु १० हजार पुरस्कार प्राप्त गर्नेछ । सो अवसरमा कास्की जिल्ला सितोरियो कराते सङ्घको व्यवस्थापनमा ‘नरबहादुर बानियाँ स्मृति सितोरियो कराते’ प्रतियोगितासमेत आयोजना हुने जानकारी गराइयो ।

Loading...