मलेसियाविरुद्धको खेलमा नेपालको दुई कीर्तिमान !

८ साउन, काठमाडौं ।  टी–२० अन्तराष्ट्रिय क्रिकेटमा नेपाली क्रिकेट टोलीले पहिलो विकेटका लागि ६६ रन बनाउँदै ओपनिङमा नयाँ कीर्तिमान बनाएको छ । मलेसियाविरुद्धको खेलमा ओपनर ज्ञानेन्द्र मल्लले आक्रामक पारी खेल्दै २१ बलमा ५१ रन बनाउँदा उक्त कीर्तिमान सुधारमा सहयोग पुगेको हो ।

मलेसियाविरुद्ध ओपनर मल्लले ५१ रन बनाउँदा प्रदिप सिंह ऐरीले १२ रन बनाएका थिए । मल्लले २१ बलको सामना गर्दै ५ चौका र ३ छक्का प्रहार गरेका थिए । यी दुई ब्याट्सम्यान जमेर खेल्दा नेपालले सहज जीत निकालेको छ ।

मंगलबार मात्रै कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लको जोडीले पहिलो विकेटका लागि ४९ रनको लामो ओपनिङ साझेदारी खेलेको थियो ।

बुधबार मलेसियाविरुद्ध जारी खेलमा उक्त कीर्तिमानमा सुधार गर्दै मल्ल र ऐरीले उत्कृष्ट ब्याटिङमा नेपालले टी–२० अन्तर्राीष्ट्रय प्रतियोगितामा नयाँ कीर्तिमान बनाएको हो ।

टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मल्लको यो पहिलो अर्धशतक हो। यस्तै मल्लको अर्धशतक नेपाल ब्याट्सम्यानको टि-२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो समेत हो। यस अघि बिनोद भण्डारीले मलेसियासंग यसै महिना टि-२० सिरिजमा २५ बलमा अर्धशतक बनाएका थिए जुन रेकर्ड मल्लले तोडेका हुन् । नेपालको लागि टि-२० क्रिकेटमा पारस खड्काले २ वटा, सुबास खकुरेल, बिनोद भण्डारी र सन्दिप जोराले १/१ वटा अर्धशतक प्रहार गरेका छन् ।

नेपालको लागि छिटो अर्धशतक –  ज्ञानेन्द्र मल्ल – २० बल,  बिनोद भण्डारी – २५ बल ( बिरुद्ध मलेसिया २०१९ ) , पारस खड्का – ३२ बल ( बिरुद्ध मलेसिया २०१९ ) पारस खड्का – ३५ बल ( बिरुद्ध नेदरल्याण्ड २०१५ ) , सन्दिप जोरा – ४१ बल ( बिरुद्ध युएई २०१९ ) , सुबास खकुरेल – ४८ बल ( बिरुद्ध अफगानिस्तान २०१४ )

मल्लले अर्धशतक बनाउने क्रममा मलेसिया बलर शर्भिन मुनिएन्डीले गरेको तेश्रो ओभरमा लगातार ३ चौका प्रहार गरेका थिए भने १ छक्का पनि प्रहार गरेका थिए।

ओपनिंग साझेदारीको पनि रेकर्ड तोडियो

पारस खड्का ढाडको समस्याको कारण दोश्रो खेल पनि खेल्न नसके पछि ज्ञानेन्द्र मल्लसंग ओपनिंग गर्न प्रदिप ऐरी आएका थिए। ऐरी र मल्लले पहिलो विकेटको लागि ५.२ ओभरमा ६६ रनको साझेदारी गर्दै जितको आधार तयार गरे।

नेपालको लागि टि-२० अन्तर्राष्ट्रियमा यो नै सबैभन्दा ठुलो ओपनिंग साझेदारी हो। यस अघि ज्ञानेन्द्र मल्ल र पारस खड्काले जारि प्रतियोगिताकै कतारसंगको खेलमा ४९ रनको साझेदारी गरेका थिए जुन रेकर्ड १ खेलमै तोडिएको हो। पारस र ज्ञानेन्द्रले सन् २०१४ मा सुबास खकुरेल र सागर पुनले हंगकंगसंग गरेको ३६ रनको साझेदारी कतारसंग तोडेका थिए।

टि-२० अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने नेपाली ब्याट्सम्यानहरु :- 

सुबास खकुरेल – ५६ , बिरुद्ध अफगानिस्तान ( २०१४ टि-२० विश्वकप )
पारस खड्का – ५४ रन , बिरुद्ध नेदरल्याण्ड ( २०१५ )
सन्दिप जोरा – ५३ रन , बिरुद्ध युएई ( २०१९ )
पारस खड्का – ८६* रन , बिरुद्ध मलेसिया ( २०१९ )
बिनोद भण्डारी – ५१* रन , बिरुद्ध मलेसिया ( २०१९ )
ज्ञानेन्द्र मल्ल – ५१ रन , बिरुद्ध मलेसिया ( २०१९ )

ज्ञानेन्द्रले टि-२० अन्तर्राष्ट्रियमा १९ खेल खेल्दै १८ इनिंगमा ब्याटिंग गर्ने क्रममा कुल २७६ रन बनाएका छन्। ४२७ रन बनाएका पारस पछि मल्ल टि-२० अन्तर्राष्ट्रियमा धेरै रन बनाउने ब्याट्सम्यान हुन्। २६५ रन बनाएका शरद तेश्रो धेरै रन बनाउने ब्याट्सम्यान हुन्।

Loading...