सरकारको ब्यवसायमैत्री निर्णय, फुल अडिट गर्न रोक

काठमाडौँ । वर्षौँदेखि उद्योगी–व्यवसायीलाई कर कार्यालयको फुल अडिट प्रक्रियाले दिएको मनोबैज्ञानिक दबाब,तनाव र झन्झट अन्ततः रोकिएको छ । अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागसहित देशभरका सबै कर कार्यालयलाई ‘फुल अडिट’ हाललाई पू्र्णरूपमा रोक्न निर्देशन जारी गरेपछि निजी क्षेत्रले ठूलो राहतको महसुस गरेका छन् । उद्योगी–व्यवसायीहरूबाट निरन्तर आएको गुनासो, कर अधिकृत र अडिटरद्वारा हुने मनमानि तथा अनुचित […]

नबिल बैंकले कमायो पौने २ अर्ब नाफा

काठमाडौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अवधिमा नबिल बैंक लिमिटेडले पौने २ अर्ब रुपैयाँको नाफा कमाउन सफल भएको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वितीय विवरण अनुसार १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको हो । बैंकको यो नाफा गत आवको सोही अवधिको तुलनामा कम हो । गत आवको पहिलो […]

सत्ता पल्टिएपछि यस्तो छ श्रीलंका, बङ्गलादेश र नेपालको शेयर बजार

काठमाडौ । सन् २०२२ मा भएको आन्दोलनका कारण सत्ता पलट भएदेखि श्रीलंकाको सेयर बजारमा निरन्तर वृद्धि आएको छ । त्यहाँको कोलम्बो स्टक एक्सचेन्जको बेन्चमार्क एएसपीआईमा ठूलो वृद्धि देखिएको हो । यता, त्यस्तै आन्दोलनका कारण सत्ता पल्टीएको बंगलादेशको सेयर बजारमा भने चमक छैन । बजारमा केही उतारचढाव देखिएपनि २०२४ जुलाईको हाई विन्दुलाई ब्रेक गर्न सकेको छैन […]

तीन महिनामा वीरगञ्जबाट ८ अर्ब ७० करोडका सवारीसाधन भित्रिए

Birgunj

पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा रु. आठ अर्ब ७० करोड मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिनामा सवारीसाधनको आयातबाट रु सात अर्ब ७७ करोड राजस्व संकलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनामा […]

डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौ । नेपाल आयल निगमले पेट्रोलको मूल्य यथावत राखेको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले कात्तिक १५ गते शनिबार देखि लागु हुनेगरि डिजेल र मट्टितेलको मूल्य लिटरमा १ रुपैयाँले घटाएको हो । त्यस्तै हवाइ इन्धनको आन्तकिर तर्फ लिटरमा १ रुपैयाँ र अन्तराष्ट्रियतर्फ अमेरिकी डलर ७ ले बढेको निगमले जनाएको छ ।

मजदुर नेता गौतमको बोल्दाबोल्दै निधन, कारण यस्तो

रुपन्देही । रुपन्देहीमा उद्योगहरूमा गरिएको विद्युत् कटौतीविरुद्ध आयोजित विरोधसभामा बोल्दाबोल्दै नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का उपाध्यक्ष कमल गौतमको निधन भएको छ। ६४ वर्षीय गौतमले बुटवलमा आयोजित कार्यक्रममा सरकारको निर्णयले २५ हजार मजदुरको रोजीरोटी संकटमा परेको भन्दै आक्रोश व्यक्त गरिरहेका थिए। “हामी ती २५ हजार श्रमिकको रोजीरोटी गुमाउन चाहन्नौं, अतः यो कारणले…” यति भन्नासाथ उनी मञ्चमै […]

सोल्टी होटलको लाभांश घोषणा

काठमाडौं । सोल्टी होटलले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर सहित १६.५७ प्रतिशत नगद गरी जम्मा ३१.५७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव पारित गर्न होटलले मंसिर २८ गते साधारण सभा बोलाएको छ । साधारण सभा त्रिभुवन […]

आज पनि घट्यो सुनको भाउ

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य ७ सय रुपैयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन बुधबार २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन तोलाको  २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो । यसदिन चाँदीको मूल्य ४५ रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला २ […]

अनिश्चितकालका लागि बन्द हयात होटल शिघ्र संचालनमा ल्याइने

Hotel hyatt

काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा आगजनी, तोडफोड र लुटपाट भएपछि अनिश्चितकालीन बन्द घोषणा गरिएको क्षतिग्रस्त हयात होटललाई पुनःनिर्माण गरी शिघ्र सञ्चालनमा ल्याइने भएको छ । होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले आइतबार एक विज्ञप्ति जारी गर्दै होटल शिघ्र संचालनमा ल्याइने बताएका छन् । भदौ २४ गते भएको घटनाबाट होटलमा व्यापक क्षति पुगेको र पुनर्निर्माण गर्नुपरेको प्रष्ट […]

लोपोन्मुख हुक्कापाती

सप्तरी । दीपावलीमा देखिने ‘हुक्कापाती’ अहिले लोप हुन थालेको छ। तर, परम्परालाई जोगाउन कतिपय ग्रामीण महिलाहरू अझै पनि सनपाटबाट बनेको हुक्कापाती बोकेर गाउँ-गाउँदेखि शहरसम्म हिँडिरहेका छन्। राजविराजका गल्ली–गल्लीमा “हुक्कापाती लिई आए” भन्दै हल्ला गर्दै हिँड्ने महिलाहरू यो वर्ष पनि देखिए । तीमध्ये मंसापुरकी ललिता रामले लक्ष्मीपूजको विहान नौ बजेसम्ममा झन्डै दुई हजार रुपैयाँको हुक्कापाती बेचिसकेकी […]