टुटल र पठाओको पक्षमा उच्च अदालतको फैसला

भक्तपुर, ३० मङ्सिर । पछिल्लो समय विशेषत: शहरीया युवा माझ लोकप्रिय मानिएको टुटल र पठाओले निरन्तरता पाउने भएका छन् । यसलाई रोक्नका लागि परेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि यसले निरन्तरता पाएको हो । ट्याक्सी व्यवसायी संघले टुटल र पठाओ अवैधानिक भएको भन्दै रोक्न माग गर्दै उच्च अदालत पुगेका थिए । […]

विद्युत प्राधिकरणका कारण बैंकहरुको खर्ब बढी लगानी जोखिममा

काठमाडौँ २९ मंसिर । नेपाल विद्युत प्राधिकरणका कारण बैंकहरुले हाइड्रोपावर क्षेत्रमा गरेको ठुलो लगानी जोखिममा परेको छ । बैंकहरु स्वयं नै ठुलो लगानी जोखिममा पर्ने अवास्था आएको भन्दै राष्ट्र बैंकमा गुनासो गर्न थालेका छन् । बाणिज्य बैंकहरुले प्राथमिकता प्राप्त क्षेत्र भएकोले उर्जा तथा पर्यटनमा १५ प्रतिशत अनिवार्य लगानी गर्नु पर्ने राष्ट्र बैंकको नीतिको कारण पछिल्लो […]

सुनको भाउ फेरि उकालो कतिमा हुँदैछ कारोबार हेर्नुहोस आजको मुल्य

काठमाडौं, २९ मंसिर । करीब एक साताअघि ओरालो लागेको सुनको भाउ फेरि बढ्दै गएको छ । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । साताको कारोबारको अन्तिम दिन तोलामा ७० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी […]

बालाजु बसपार्कलाइ राष्ट्रिय गौरवको बसपार्क बनाइदै

काठमाडौं । गोँगबुस्थित नयाँ बसपार्कलाई राष्ट्रिय गौरवको बसपार्क बनाइने भएको छ । नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिद्वारा ल्होत्से मलमा स्थापना गरिएको ‘फिल्म हलको शुभारम्भ’ कार्यक्रममा देशकै एकमात्र राष्ट्रिय बसपार्कलाई गौरव गर्नलायक बसपार्क निर्माण गर्न लागिएको बताइएको हो । ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवरले काठमाडौँ महानगरपालिकाको सम्पत्ति नयाँ बसपार्कलाई नमूना बसपार्क बनाउन […]

नेप्सेमा फेरि हरियाली, कारोवार रकम नाघ्यो ५५ करोड

काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक १० अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.११ अङ्कले बढेर एक हजार १६१.४७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.६९ अङ्कले बढेर २५५.१९ मा रोकिएको छ । परिसूचक बढेसँगै कारोवार रकममा पनि उल्लेख्य सुधार आएको छ । स्टकका अनुसार आज […]

जलपरि गौरिका सिंहले ५९ लाख पाउने पक्का

काठमाडौं, २६ मंसिर । १३औं दक्षिण एसियाली खेलकुदमा कीर्तिमानी पदक जितेकी गौरिका सिंहले ५९ लाख रुपैयाँ पाउने भएकी छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ण पदक पाउने खेलाडीले ९ लाख, रजतले ६ लाख र कांस्यले ३ लाख दिने घोषणा गरेका थिए । एकभन्दा बढी स्वर्ण जित्नेलाई ११ लाख तथा टिम इभेन्टमा स्वर्ण जित्नेलाई ५ […]

फेरि आकासियो सुनको भाउ, हेर्नुहोस कतिमा हुँदैछ कारोबार

काठमाडौं, २६ मंसिर । एक सातादेखि आरोलो लाग्दै आएको सुनचाँदीको मूल्य आज वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनमा प्रतितोला रु ४०० र चाँदीमा प्रतितोला रु १० वृद्धि भएको छ । महासङ्घले बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला रु ७१ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ९०० […]

२ सय ८ वटा म्यानपावर कम्पनी कालो सूचीमा, ५० भन्दा धेरै खारेज गरिदै

काठमाडौं । वैदेशिक रोजगार विभागले २ सय ८ वटा म्यानपावर कम्पनीको काम कारवाही रोक्का गरी कानुनी कारवाही प्रक्रिया अघि बढाएको छ । वैदेशिक रोजगारीका क्रममा श्रमिकलाई समस्या पार्ने, विदेशमा अलपत्र परेका श्रमिक समयमा उद्धार नगर्ने, विदेशी कामदार पठाउदाँ धेरै पैसा असुली गर्ने र वैदेशिक रोजगार ऐनअनुसार कागतजागत पेश नगर्ने म्यानपावर कम्पनीको कामकारवाही रोक्का गरी कारवाहीको […]

सुनको भाउमा आज पनि गिरावट

काठमाडौं २३ मंसिर। साताको दोस्रो दिन सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रतितोला रु ५०० ले घटेको सुनको मूल्य सोमबार प्रतितोला रु २०० ले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावालको मूल्य प्रतितोला रु ७१ हजार तोकेको छ । आइतबार छापावाला सुन प्रतितोला रु ७१ हजार २०० मा खरिदबिक्री […]

एनसेललाई २२ अर्ब ४४ करोड कर निर्धारण, कर तिर्न १५ दिनको समय

काठमाडौं, २२ मंसिर, । ठूला करदाता कार्यालयले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलमाथि २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको छ । कार्यालयका प्रमुख झलकराम अधिकारीका अनुसार कर तिर्न १५ दिनको समय दिएर एनसेलाई पत्र दिइएको छ । ठूला करदाता कार्यालयले वैशाखमा एनसेलको सेयर स्वामित्व खरिद बिक्रीबापत ६० अर्ब ७१ करोड २४ लाख […]