बढ्यो दूधको मूूल्य

काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्यमा वृद्धि गरेको छ । (डीडीसी) ले एक लिटर दूधमा ६ रुपियाँ वृद्धि गरेको हो ।   यसअघि एक प्याकेट (आधा लिटर) दूधको ३३ रुपियाँ तिर्दै आएका उपभोक्ताले अब एक प्याकेट (आधा लिटर) दूधको खुद्रा मूल्य ३६ रुपियाँ तिर्नुपर्ने भएको छ  ।  डीडीसीले निर्धारण गरेको नयाँ मूल्य […]

बिहारमा बाढीका कारण ९१ जनाको ज्यान गयो करिब १ करोड नागरिक प्रभावित

एजेन्सी । भारतीय राज्य बिहारमा बाढीका कारण कम्तिमा पनि ९१ जनाको ज्यान गएको समाचार छ । साथै यसबाट करिब १ करोड नागरिक प्रभावित भएका छन् । गएको तीन दिनदेखि बिहारमा जारी रहेको वर्षा र यसबाट उत्पन्न बाढीका कारण ती नागरिकको ज्यान गएको बताइएको छ । बिहारको राजधानी नगर पटनामा यसका कारण निकै ठूलो क्षति पुगेको […]

अन्तत: सर्यो शिक्षकको परीक्षा

भक्तपुर । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकका लागि निर्धारण गरेको परीक्षा मिति सरेको छ । भाद्र ३ गते हुने भनिएको परीक्षा भाद्र १० गतेका लागि सरेको हो । यस अघिपनि आयोगको आन्तरिक कारण देखाई सारिएको परीक्षा एस पटक बाह्रय कारण देखाई सारिएको छ । आयोगले दोस्रोपटक परीक्षा सार्नुको कारण देशमा बर्षाले निम्त्याएको बिपत्ति भएको बताएको […]

विहीबारबाटै पेट्रोलियम पदार्थको विक्री वितरण बन्द गर्ने घोषणा

काठमाडौं । पेट्रोलियम पदार्थको बिक्रीवितरण गर्दै आएका डिलर ब्यवसायीहरुले विहीबारबाटै पेट्रोलियम पदार्थको विक्री वितरण बन्द गर्ने घोषणा गरेका छन् । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी विहीबारबाटै पेट्रोलियम पदार्थको विक्री वितरण बन्द गर्ने घोषणा बताएका हुन् । ढुवानीका क्रममा परिमाण क्षती हुदा आर्थिक भार परेको भन्दै विक्री वितरण बन्द गर्ने पत्रकार […]

आरोपीले नै गरे हेलिकोप्टर चार्टर

सोलुखुम्बु,  साउन २५ गते  । आफ्नै घरमा काम गर्ने धनबहादुर विकलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका खुम्बु पासाङल्हामु गाउँपालिका–४, खुम्जुङका कमल राईले जिल्ला प्रहरी कार्यालय आउनका लागि हेलिकोप्टर चार्टर गरेका छन् । आइतबार इलाका प्रहरी कार्यालय नाम्चेले पक्राउ गरेका आरोपित राईले हेलिकोप्टर चार्टर गरेपछि मंगलबार आरोपित राई र मृतक विकको शव सदरमुकाम सल्लेरी […]

राँगाको सिङ बजाउदै नगर परिक्रमा गर्ने पर्व शुरु

ललितपुर । गाईजात्राको भोलिपल्ट ललितपुरको पाटनमा मतया पर्व अर्थात दिप यात्रा मनाउने गरिन्छ । मतया पर्वलाई न्यकू जात्रा पनि भन्ने चलन रहेको छ । ललितपुर नगर भित्र रहेका बौद्ध चैत्यहरुमा वर्षभरि गुमाइएकाको आफन्तको नाममा दीप दान गर्ने र राँगाको सिङ बजाउदै नगर परिक्रमा गर्दे मनाउने पर्व भएको हुँदा यो जात्रालाई विशेष गरी न्यकू जात्रा भन्ने […]

आयोगको बिन्तिपत्रको आधारमा सर्वोच्च अदालतले न्याय बेचेको आरोप

काठमाडौं । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको सर्वोच्च अदालतको मुद्दा हराइदिन भन्दै सर्वोच्च अदालतमा महान्यायधिवक्तामार्फत बिन्तिपत्र चढाएको साथै, अदालतले समेत सोही बिन्तिपत्रका आधारमा फैसला गरेको खुलासा भएको छ ।   पुनरुत्थान पार्टी नेपालले मंगलबार पत्रकार सम्मेलन गरेर आयोगले मुद्दा जिताइदिन भन्दै झुठा प्रमाणसहित महान्यायधिवक्तालाई लेखेको पत्र सार्वजनिक गरेको हो ।   पत्र हेर्दा, शिक्षक सेवा […]

एमालेको प्रतिस्पर्धी नै नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको दावी

इलाम । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको प्रतिस्पर्धी नै नभएको बताएका छन् । पार्टी कार्यक्रममा इलाम पुगेका आेलीले एमालेसंग नीतिगत प्रतिस्पर्धा गर्ने कुनै पार्टी नभएको बताएका हुन् । नेकपा एमालेसँग प्रतिस्पर्धा गर्ने क्षमता अन्य दलसँग नभइलाम । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको प्रतिस्पर्धी नै नभएको बताएका छन् । पार्टी […]

मोबाइल चार्ज गर्दा मृत्यु

पोखरा । पोखरा लेखनाथ महानगरपालिका–१९ लामाचौरमा  मोबाइल चार्ज गर्ने क्रममा एक युवकको करेन्टका कारण मृत्यु भएको छ ।  ३१ वर्षीय सन्तबहादुर सुनारको करेन्ट लागेर मृत्यु भएको हो ।   जिल्ला प्रहरी कार्यालयका अनुसार मोबाइल चार्ज गर्दा विद्युत् चुहिएर  गम्भीर घाइते लामाचौरका सुनारको उपचारार्थ फिस्टेल अस्पतालमा ल्याउँदा ल्याउदै बाटैमै मृत्यु भएको थियो ।    

टेलिभिजन प्रस्तोता र स्तम्भकारको हत्या

मनिला । फिलिपिन्सको छुट्टछुट्टै घटनामा दुई पत्रकार मारिएका छन् । लगातार दुई दिन पत्रकार मारिएको घटनाले फिलिपिन्स पत्रकारहरुका लागि असुरक्षित मुलुकको रुपमा चिनिन लागेको अधिकारीहरुले बताएका छन् । अज्ञात समूहले टेलिभिजन प्रस्तोता अलिकावे र स्तम्भकार लियो दिअजलाई गोली हानी हत्या गरेको फिलिपिन्सको राष्ट्रिय पत्रकार संघले उल्लेख गरेको छ । एक बर्षभित्रमा फिलिपिन्समा चौथोपटक पत्रकार मारिएको […]