अन्तत: सर्यो शिक्षकको परीक्षा

भक्तपुर । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकका लागि निर्धारण गरेको परीक्षा मिति सरेको छ । भाद्र ३ गते हुने भनिएको परीक्षा भाद्र १० गतेका लागि सरेको हो ।

यस अघिपनि आयोगको आन्तरिक कारण देखाई सारिएको परीक्षा एस पटक बाह्रय कारण देखाई सारिएको छ । आयोगले दोस्रोपटक परीक्षा सार्नुको कारण देशमा बर्षाले निम्त्याएको बिपत्ति भएको बताएको छ ।

मंगलबार सूचना जारी गर्दै आयोगले भाद्र ३ गतेको परीक्षा १० गतेका लागि सारिएको र सार्नु परेको कारण वर्षाको बिपत्ति रहेको बताएको हो ।

तर परीक्षा सार्नुको मुख्य कारण आन्दोलन गरिरहेका अस्थायी शिक्षकलाई मानिएको छ । १४ दिनदेखि आमरण अनसनमा रहेका २ शिक्षकको जीवन रक्षाको लागि शिक्षा मंत्री गोपालमान श्रेष्टको दबाबमा आयोग परीक्षा सार्न बाध्य बनेको बताइन्छ ।

Loading...