मोबाइल चार्ज गर्दा मृत्यु

पोखरा । पोखरा लेखनाथ महानगरपालिका–१९ लामाचौरमा  मोबाइल चार्ज गर्ने क्रममा एक युवकको करेन्टका कारण मृत्यु भएको छ ।  ३१ वर्षीय सन्तबहादुर सुनारको करेन्ट लागेर मृत्यु भएको हो ।

 

जिल्ला प्रहरी कार्यालयका अनुसार मोबाइल चार्ज गर्दा विद्युत् चुहिएर  गम्भीर घाइते लामाचौरका सुनारको उपचारार्थ फिस्टेल अस्पतालमा ल्याउँदा ल्याउदै बाटैमै मृत्यु भएको थियो ।

 

 

Loading...