टेलिभिजन प्रस्तोता र स्तम्भकारको हत्या

मनिला । फिलिपिन्सको छुट्टछुट्टै घटनामा दुई पत्रकार मारिएका छन् ।

लगातार दुई दिन पत्रकार मारिएको घटनाले फिलिपिन्स पत्रकारहरुका लागि असुरक्षित मुलुकको रुपमा चिनिन लागेको अधिकारीहरुले बताएका छन् ।

अज्ञात समूहले टेलिभिजन प्रस्तोता अलिकावे र स्तम्भकार लियो दिअजलाई गोली हानी हत्या गरेको फिलिपिन्सको राष्ट्रिय पत्रकार संघले उल्लेख गरेको छ ।

एक बर्षभित्रमा फिलिपिन्समा चौथोपटक पत्रकार मारिएको संघले जानकारी दिएको छ ।

Loading...