२४ श्रावण काठमाडौँ उपत्यका काठमाडौँ ,ललितपुर ,भक्तपुर, किर्तिपुर लगाएत स्थानमा आज नेवार समुदायले दिवंगत परिवारका सदश्यका नाउमा सेतो जामा ,गाईको अनुहार,पछाडी गणेश अंकित चित्रसहितको मुकुण्डो पहिर्याई बाजागाजा सहित काठमाडौँका विभिन्न भित्रि शहर परिक्रमा गरियो । भक्तपुरमा भने दिवंगत परिवारका सदश्यको फोटो सहित छ्वाली ,बास ,काठ बात निर्मित ” तायमाचा ” खत बनाई परम्परागत बाजा गाजा सहित घिन्ता किसी समूह बनाई नगर परिक्रमा गरि मनाउने परम्परा रहेको छ । नेवार समुदयेमा बौध्द धर्म्व्लाम्बीहरु शाक्य ,बज्राचार्य लगाएत भने आजकै दिन बाजा गाजासहित विभिन्न बहाल चोकमा रहेको बौध्द देवता ” बैद्य: ” अबलोकन गर्ने परम्परा रहेको छ ।