राँगाको सिङ बजाउदै नगर परिक्रमा गर्ने पर्व शुरु

ललितपुर । गाईजात्राको भोलिपल्ट ललितपुरको पाटनमा मतया पर्व अर्थात दिप यात्रा मनाउने गरिन्छ । मतया पर्वलाई न्यकू जात्रा पनि भन्ने चलन रहेको छ । ललितपुर नगर भित्र रहेका बौद्ध चैत्यहरुमा वर्षभरि गुमाइएकाको आफन्तको नाममा दीप दान गर्ने र राँगाको सिङ बजाउदै नगर परिक्रमा गर्दे मनाउने पर्व भएको हुँदा यो जात्रालाई विशेष गरी न्यकू जात्रा भन्ने गरेको हो ।

 

यसपालिको न्यकू जात्रा पाटनको नागबहालबाट शुरु भई नगरका बिभिन्न बहाबहीमा रहेका बौद्ध चैत्यहरू र गणेशलाई समेत धुपवत्ती,कपुर, माला र दक्षिणा चढाउदै दिवंगत भएका आफन्तहरूको शान्तिको कामना गर्दे यो पर्व मनाईदै छ ।

 

यो मतया जात्रालाई कतिपयहरुले छुट्टै मनोरञ्जनको रुपमा लिइ भाग लिने गर्छन् भने कतिपयले पानी समेत नखाईकन बौद्ध चैत्यहरुमा आफ्नो शरीरले धान्दै परिक्रमा समेत गर्ने गरिन्छ । यो न्यकू जात्रामा सबैभन्दा कठिन परिक्रमाको रुपमा लिने गरिन्छ ।

 

यो जात्रा लिच्छवि राजा बार्लाचनदेवको पालादेखि नै रहेको र सिद्धिनरसिंह मल्लले त्यसलाई व्यवस्थित रुपमा अघि वढाएको भन्ने उल्लेख गरिएको पाइन्छ।

यो न्यकू जात्रा अर्थात् मतया पर्व विहान ४ वजेवाट शुरु भई वेलुका ६ वजे सम्पन्न हुनेछ ।

Loading...