प्रधानमन्त्री देउवा पुगे मोदी महल, विमलेन्द्रले पाए बक्सिस्

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी पूर्व महामन्त्री एवं केन्द्रीय सदस्य विमलेन्द्र निधिलाई दिएका छन् । पार्टीका पदाधिकारी र प्रभावशाली नेताहरुलाई पछि पार्दै निधि कार्यबाहक सभापति भएका हुन् । उनी देउवाका विश्वासपात्र मानिन्छन् । देउवाकाे भारत भ्रमणका सुत्रधार बिमलेन्द्र बनेपछि उनलाई कावा सभापति बक्सिसमा मिलेको काँग्रेस स्रोतले बतायो । काँग्रेसमा बिमलेन्द्रको प्रभाव हेर्न […]

नयाँ शक्ति भ्रम भएको भन्दै फर्कियो पौडेलको टोली, ३ बजे पार्टी प्रवेश तय

काठमाडाैं । माओबादी केन्द्रलाई पुरानो मक्किएको घर भन्दै नयाँ घर बनाउन निस्केका देवेन्द्र पौडेलको टीम पुरानै घरमा फर्कने टुंगो लागेको छ । मंगलवार दिउसो एक औपचारिक कार्यक्रमकाबीच उनीसहित सयौको संख्यामा पुराना माओबादी नेता कार्यकर्ता माओबादी केन्द्रमा फर्कने भएका हुन् ।   बाबुराम भट्टराइको नेतृत्वमा नयाँ शक्ति बनाउने भन्दै निस्केका प्रभावशाली नेता पाैडेल लगायतको टोली बाबुरामले […]

भिखारी संघका अध्यक्षकाे घरबाट लाखाैंको बोरा बरामद

बिराटनगर । डुबानमा परेका भिखारी संघ मोरङका अध्यक्ष महेश मण्डलको घरबाट तीन लाख १५ हजार रुपैयाँ फेला परेको छ । विराटनगर–७ स्थित सिंघिया खोलाको बाढीले उनको घर भत्काएको थियो । सो घरलाई हिजो नेपाली सेना र सुरक्षाकर्मीको टोलीले सरसफाइ गर्ने क्रममा बोरामा राखिएका अवस्थामा सो रकम फेला परेको हो । अधिकांश नोट भिजेको अवस्थामा फेला […]

सरकारद्वारा निर्वाचन मिति सार्वजनिक

काठमाडाैं । सरकारले प्रदेशसभा र प्रतिनिधि सभाको चुनाव एकै दिन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।   प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचन एकै दिन मंसिर १० गते गर्न निर्वाचन आयोगलाई सिफारिस गर्ने मन्त्रिपरिषदले निर्णय गरेको सरकारका प्रवक्ताले बताए ।   निर्वाचन आयोगले तयारी पुरा गर्न अप्ठ्यारो हुने भन्दै […]

वाईसीएलमा ‘दीपशिखा’ को नेतृत्व

 नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको अध्यक्षमा रामप्रसाद सापकोटा ‘दीपशिखा’ सर्वसम्मतिमा चयन भएका छन् ।   भदौ २ देखि काठमाडौंमा जारी एकताको दोस्रो राष्ट्रिय सम्मेलनबाट दीपशिखा अध्यक्षमा चयन भएका हुन् । उपाध्यक्षमा गंगा कार्की, लालेन्द्र मण्डल, सुमन देवकोटा, बिरु तामाङ, यशोदा न्यौपाने, रतन सिं, महासचिवमा सुवोध श्रीपाली, सचिवमा मञ्जु बम, ज्ञानेन्द्रबहादुर गुरुङ, […]

८ राज्यमन्त्री थपिए

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज आफ्नो मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले मन्त्रिमण्डलमा ८ जना राज्यमन्त्री थप गरेका हुन् ।   प्रधानमन्त्री देउवाको नेतृत्वमा गत जेठ २४ गते गठन भएको मन्त्रिमण्डल आज विस्तार भएसँगै ३१ सदस्यीय भएको छ । मन्त्रिमण्डलमा ३ उपप्रधानमन्त्री, १९ मन्त्री र ८ राज्यमन्त्री भएका छन् ।   मोहम्मद जाकिर हुसेन […]

भुकम्प पीडित भएर पनि लाभग्राहीको सूचीमा पर्नुभएको छैन ? मसान्तसम्म तपाईलाई माैका

काठमाडाैं । के तपाई भुकम्प पीडित भएर पनि लाभग्राहीको सूचीमा पर्नुभएको छैन ? यदि यसो हो भने तपाईले चिन्ता मान्नु पर्दैन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विभिन्न कारणले सर्वेक्षणमा छुट भएर लाभग्राहीको सूचीमा नपरेका भूकम्प पीडितकोलागि पुनः सर्वेक्षणका ब्यबस्था मिलाएको छ ।   भुकम्पबाट अति प्रभावित १४ जिल्लामा प्राधिकरणले इन्जिनियरलाई पुनः खटाएको छ । ती जिल्लामा ३३२ […]

वैवाहिक जीवनमा असफल बनेकी यी ४३ सन्तानकी सफल आमा

मोरङ,  ३भदौ ।  उर्लाबारी–७ की मीनादेवी बरालका ४० भन्दा बढी आश्रित सन्तान छन् । आफ्नै कोखबाट नजन्मिए पनि तिनलाई उनले आमाबुबाको भन्दा कम माया भने दिएकी छैनन् । बरालको दैनिकी नै हो, ती बालबालिकाको हेरचार गर्नु । काखे शिशुदेखि उच्च मावि तहसम्म पढ्ने बालबालिका  छन् उनीसंग ।    बरालको १० वर्षकै उमेरमा विसं २०२२ मा […]

यी १० जिल्लामा पनि निःशुल्क इन्टरनेट

काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणले देशैभर ब्रोडब्यान्ड पु¥याउने अभियान अन्तर्गत थप दस जिल्लामा प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले प्रदेश सात अन्तर्गतका सात जिल्ला र प्रदेश तीन अन्तर्गतका तीनवटा जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट जडानका लागि अनुमति प्राप्त सेवा प्रदायकबाट आवेदन माग गरेको खबर  छ । अभियान अन्तर्गत सात प्रदेशमा ‘प्याकेज ए’मा दार्चुला, डोटी, डडेल्धुरा र बैतडी रहेका […]

ननस्टपकर्मी संजीप घिमिरे पुरस्कृत

काठमाडाैं, २ भदाैं ।  ननस्टपखबर डट कमका सम्पादक संजीप घिमिरे पत्रकारिताको माध्यमबाट देशको शैक्षिक बिकाशमा योगदान गरेवापत पुरस्कृत भएका छन् । शिक्षाको क्षेत्रमा संजीप शुभचिन्तककाे नामबाट कलम चलाउदै आएका घिमिरे ‘शिक्षा पत्रकारिता लेखनवृत्ति-२०७३’ बाट पुरस्कृत भएका हुन् । नेपाल सरकार, शिक्षा मन्त्रालय , शिक्षा बिभाग र पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले घिमिरेलाई ‘शिक्षा पत्रकारिता […]