बढ्यो दूधको मूूल्य

काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्यमा वृद्धि गरेको छ । (डीडीसी) ले एक लिटर दूधमा ६ रुपियाँ वृद्धि गरेको हो ।

 

यसअघि एक प्याकेट (आधा लिटर) दूधको ३३ रुपियाँ तिर्दै आएका उपभोक्ताले अब एक प्याकेट (आधा लिटर) दूधको खुद्रा मूल्य ३६ रुपियाँ तिर्नुपर्ने भएको छ  ।  डीडीसीले निर्धारण गरेको नयाँ मूल्य अनुसार बिहीबारदेखि दूधको खुद्रा मूल्य प्रतिलिटर ७२ रुपियाँ पुगेको हो ।

 

यससंगै ४३ रुपियाँ ५० पैसा मूल्य पर्ने फूलक्रिम दूधको (आधा लिटर) मूल्य ४५ रुपियाँ भएको छ । ३८ रुपियाँ ५० पैसा पर्ने गाईको दूधको मूल्य प्रतिप्याकेट (आधा लिटर)४० रुपियाँ पुगेको छ । त्यस्तै, ३० रुपियाँ ५० पैसा पर्ने टी मिल्कको प्रतिप्याकेट (आधा लिटर) को मूल्य ३२ रुपियाँ पुगको छ । डीडीसीले तीन वर्षपछि यो मूल्य समायोजन गरेको हो ।

 

 

पशुपालक कृषकबाट दूधमा लागत वृद्धि भएको हुनाले मूल्यवृद्धि गरेको डीडीसीका सह सूचना अधिकारी संजिव झाले बताए । किसानले दूधको मूल्यवृद्धिका लागि धेरै पहिलादेखि आवाज उठाउँदै आइरहेका थिए । त्यसका लागि पशुपक्षी मन्त्रालयका एकजना सहसचिवको संयोजकत्वमा मूल्य समायोजनका लागि समिति गठन भएको थियो । सोही समितिले गरेको सिफारिसका आधारमा मूल्यवृद्धि भएको झाले जानकारी गराए । 

 

सूचना अधिकृत झाका अनुसार बढेको मूल्यमध्ये प्रतिलिटर चार रुपियाँ १४ पैसा किसानले पाउने र बिक्री गर्ने वुथम्यानले एक रुपियाँ तथा दूध प्रशोधन गर्ने उद्योगले लिटरमा ८६ पैसा पाउने छन् ।

Loading...