काठमाडौँ, १५ भदौ । नेपाल भलिबल सङ्घले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) का लागि महिला भलिबल खेलाडी छनोट गरेको छ । साउन १ गतेदेखि बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट प्रारम्भिक चरणमा १८ खेलाडी छनोट गरिएको हो । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई आधार मानेर यसअघि १३औँ सागका लागि २५ खेलाडी छनोट गरिएको थियो । प्रारम्भिक […]
Author: Roshan
बङ्लादेशका मन्त्रीको कारमा बम आक्रमण
ढाका, १५ भदौ । बङ्लादेशको राजधानी ढाकामा मन्त्रीको कारलाई लक्षित गरेर बम आक्रमण भएको छ । शनिबार राति भएको आक्रमणमा परी दुई जना प्रहरी घाइते भएको स्थानीय प्रहरी अधिकारीहरुले आइतबार बिहान जानकारी दिएका छन् । आक्रमणमा को संलग्न थियो भन्ने बारेमा अहिलेसम्म कुनै पहिचान हुन नसकेको प्रहरीको भनाई छ । अमेरिकामा कार्यालय रहेको अनुगमनकर्ताहरुको संस्था […]
पान मसालामाथि प्रतिबन्ध !
बिहार सरकारले झण्डै तीन वर्ष पहिले मदिराको बिक्री(वितरणमा लगाएको प्रतिबन्धपछि अब पान मसालामा समेत त्यस्तो व्यवस्था लागु गरेको छ । शुक्रवार बसेको स्वास्थ्य विभागको उच्च स्तरीय बैठकपछि त्यस्तो निर्णय लिइएको बताइएको छ। हालका लागि उक्त प्रतिबन्ध एक वर्षको लागि लगाइएको छ। जस अनुसार अब उक्त राज्यमा पान मसालाको बिक्री, उत्पादन, भण्डारण तथा सेवन र ओसारपसार गर्न […]
सिरियामा ५० विद्रोही मारिए
सिरियामा ५० विद्रोही मारिए दमास्कस, १५ भदौ (रासस÷सिन्ह्वा) ः अमेरिकी नेतृत्वको सेनाको आक्रमणमा परी सिरियामा कम्तीमा ५० विद्रोही मारिएका छन् । विद्रोही कमाण्डरहरुको बैठक भइरहेको ठाउँलाई लक्षित गरेर आक्रमण भएकाले मृत्यु भएकाहरु पनि अधिकांश कमाण्डर नै रहेका छन् । देशको उत्तरपश्चिमी प्रान्त इड्लीबमा घटना भएको युद्ध अनुगमनकर्ताहरुले जानकारी दिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन […]
लोकसेवामा उत्तर लेख्ने सबैभन्दा उत्तम तरिका
काठमाडौं । सरकारी जागिरमा धेरैको आकर्षण हुन्छ । पछिल्लो समय देशभर लोकसेवाको तयारी गर्नेक्रम पनि बढेको छ । लोकसेवालाई नै लक्षित गर्दै धेरै इन्स्च्यूटहरु चलेका छन् । तर पनि धेरै जना अझै पनि लोकसेवाको उचित तयारी गर्ने अवसरबाट बञ्चित नै छन् । लोकसेवासहित सबै परीक्षा दिने परीक्षार्थीहरुको मनमा खट्किने कुरो भनेको राम्रो उत्तर कसरी लेख्ने […]
स्कार्पियो गाडीसहित गएर डकैती गर्ने गिरोह पक्राउ
विराटनगर, १२ भदौ । स्कार्पियो गाडीसहित गएर लुटपाट गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको विभिन्न ठाउँमा डकैती गर्ने चार जनालाई प्रहरीले आज पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ परेका मध्ये चार जना नेपाली र ३ जना भारतीय नागरिक रहेका छन् । उनीहरुले बिराटनगरको विभिन्न […]
विद्यालय कर्मचारीको तलब साढे १६ हजार, इसिडि शिक्षकको साढे १८ हजार !
काठमाडौं । सरकारले इसिडि शिक्षक र विद्यालय कर्मचारीहरुलाई अत्यन्तै न्यून तलव सुविधा दिए पनि केही सामुदायिक विद्यालयहरुले भने उनीहरुको राम्रो व्यवस्थापन गरेको पाइएको छ । काठमाडौं बाफल स्थित ज्ञानोदय माविले निजी स्रोतमै इसिडि शिक्षक र विद्यालय कर्मचारीहरुलाई राम्रो सुविधा दिएको हो । विद्यालयले इसिडिका शिक्षकहरुलाई १४ हजार पाँचसय मासिक सुविधा दिँदै आएको थियो । गएको महिना […]
सरकारले फेरि अघि बढायो मिडिया काउन्सिल विधेयक
काठमाडौं, १२ भदौ । नेपाल पत्रकार महासंघसहित सबै मिडियाकर्मीहरुको व्यापक विरोधपछि स्थगित गरिएको मिडिया काउन्सिल विधेयक फेरि अगाडि बढाइएको छ । सरकारले संघीय संसदको उपल्लो सदन राष्ट्रिय सभामा नेपाल मिडिया काउन्सिल विधेयक २०७५ लाई पेश गरेको छ। आम पत्रकार तथा मिडियाकर्मीहरुको विरोधपछि यसअघि ल्याइएको विधेयक स्थगित गरिएको थियो । तर, बिहीबार सरकारका तर्फबाट सञ्चार तथा […]
नेपालले भुटानको पोस्टमा गर्यो आधादर्जन गोलको वर्षा
काठमाडौं, १२ भदौ । नेपाली युवा फुटबल टोलीले अन्तराष्ट्रिय प्रतियोगितामा राम्रो सम्भावना देखाएको छ । दक्षिण एशियाली फुटबल प्रतियोगितामा नेपाली युवा टोलीले गोलको बर्षा लगाएको छ । नेपाली यू–१५ फुटबल टोलीले भुटानलाई गोलको वर्षा लगाएको हो । भुटानको पोस्टमा आधा दर्जन गोल गर्दै नेपाल साफ यू–१५ फुटबल च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ । भारतमा जारी […]
सीडीओहरुको व्यापक सरूवा, को कहाँ पुगे ? (सूची)
काठमाडौं, भदौ १२ । गृह मन्त्रालयले ३१ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ), सहायक प्रमुख प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ। अधिकांश तराईका जिल्लाहरुमा सिडिओ सरुवा गरिएको हो। काठमाडौं जिल्लाका हालका सिडिओ रामप्रसाद आचार्य गृह मन्त्रालय तानिएका छन्। उनको ठाउँमा सहसचिव जनकराज दाहाललाई ल्याइएको छ। उनी झापाका सीडीओ रहेको अवस्थामा काठमाडौंको जिम्मेवारी दिइएको हो। ललितपुरमा भगिरथ पाण्डेको […]