घरबेटीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक डेरावाल पक्राउ

काभ्रेको पाँचखालमा घरबेटी महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा एक डेरावाल पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३१ वर्षका सुनबहादुर लामा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । लामाले ३३ वर्षीया घरबेटी महिलालाई गत जेठ २३ गते राति १ बजे जबर्जस्ती करणी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । एक पटक जबर्जस्ती […]

प्रहरीकै गाडीले ठक्कर दिंदा गयो पैदल यात्रुको ज्यान

काठमाडौँको कोटेश्वरमा प्रहरीकै गाडीले ठक्कर दिंदा एक पैदल यात्रुको ज्यान गएको छ । ट्राफिक प्रहरी सवार गाडीले ठक्कर दिँदा पैदल यात्रुको ज्यान गएको हो । प्राप्त सूचना अनुसार उक्त गाडी बा १ झ ७८६६ नम्बरको हो । मृतक पैदलयात्रुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । काटेश्वरबाट बालकुमारीतर्फ आइरहेको ट्राफिक प्रहरीको भ्यानले पैदल यात्रुलाई ठक्कर […]

”बिए’ लाई ४ वर्षे बनाउने निर्णय

त्रिभुवन विश्वविद्यालयले मानविकी तथा समाजशास्त्र अन्तर्गतको स्नातक कोर्षलाई पनि चारवर्षे बनाएको छ । त्रिविको मानविकी तथा समाजशास्त्र सङ्काय बोर्डको बैठकले यस्तो निर्णय गरेको हो । तीनवर्षे कोर्षलाई परिमार्जन गर्दै चारवर्षे बनाउने निर्णय गरिएको हो । त्यसका लागि पाठ्यक्रम बनाइसकिएको र आवस्यक सबै तयारी पूरा भएको त्रिविको भनाइ छ । बोर्ड बैठकले अन्तर्राष्ट्रिय स्तरमा समयसापेक्ष बनाउन […]

कृषिप्रधान देश बनाउन नसकेपनि आफूहरुले कृषि प्रधान प्रदेश बनाएरै छाड्ने मन्त्री साहको दावी

सर्लाही, २८ साउन । प्रदेश नम्बर दुईका कृषि, भुमी व्यवस्था तथा सहकारी मन्त्री शैलेन्द्र कुमार साहले किसान समृद्ध नभए सम्म प्रदेशमा समृद्ध नहुने बताएका छन् । सर्लाहीको लालबन्दी- १नवलपुरमा नेपाल मौरी पालक महासंघ प्रदेश नम्वर दुईका नव निर्बाचित पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रमलाई मंगलबार संबोधन मंत्री साहले किसानको सम्बृद्धिमा जोड दिए । किसान सम्बृद्ध बन्न को […]

क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकी राजदूतावासद्वारा भिसा दिन अस्विकार

नेपाली क्रिकेटका हस्ती क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकी राजदूतावासले भिसा दिन अस्विकार गरेको छ । अमेरिकी राजदूतावासले भिसा दिन अस्विकार गरेको सन्दिप स्वयमले सार्वजनिक गरेका हुन । उनी ४ सेप्टेम्बर देखि क्यारेबियन प्रिमियर लिग खेल्न जानुपर्ने भएकोले भिसा आवेदन दिएका थिए तर दुतावासले भिषा नदिएपछि उनी अप्ठ्यारोमा परेका छन् । उनले आफूलाई भिषा नदिईएकोमा आश्चर्य लागेको […]

सवारी लाईसेन्सको परीक्षा दिएर फर्किदै गर्दा गयो सर्लाहीका २ युवकको ज्यान

सर्लाही । सर्लाहीमा सवारी दुर्घटनामा परि दुई युवकको ज्यान गएको छ । ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दुई युवकको ज्यान गएको हो । विहीवार पुर्व-पश्चिम राजमार्ग अन्तर्गत हरिवन- ११ चापिनी पुल नजिक दुर्घटना हुँदा मोटर साइकलमा सवार बरहथवा -४ का १९ वर्षिय बिक्रम कुमार कथबनिया र सोही ठेगानाका अर्का युवक २९ बर्षिय मनोज कुमार […]

छोराछोरीसहित नारायणीमा पसेकी निर्दयी आमाले लिइन् अबोध बालबालिकाको ज्यान

आफ्नो छोराछोरीसहित नारायणी नदीमा हामफालेकी एक निर्दयी आमा बाचेकी छन् तर घटनामा अबोध बालबालिकाको ज्यान गएको छ । नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–५ की २४ वर्षिया सुधा विश्वकर्मा छोराछोरीसहित नारायणीमा हाम फालेकी थिइन् । विश्वकर्मालाइ स्थानीयले बग्दै गर्दा उद्धार गरेका थिए तर उनका १ छोरा र १ छोरीले ज्यान गुमाएको प्रहरीले जनाएको छ । विश्वकर्माका साढे दुई […]

‘सिधा कुरा जनतासँग’ कार्यक्रममा काम गरेका पत्रकार पुडासैनी मृत अवस्थामा फेला

रवि लामिछानेले संचालन गर्ने न्यूज–२४ टिभीको ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा काम गरेका एक पत्रकार मृत अवस्थामा फेला परेका छन् । हाल केहि समय अघि मात्र न्यूज–२४ छोडेर माउण्टेन टिभी काठमाडौँमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका हुन्। चितवनको एक होटलमा झुण्डीएको अवस्थामा पत्रकार पुडासैनीको शव फेला परेको हो । चितवन प्रहरीका अनुसार नारायणगढ बसपार्कमा रहेको […]

सरकारको निर्णयप्रति सांसद राजेन्द्र महतोको आपत्ती : कुन राजेन्द्रको नागरिकता खारेज गरेको हो ?

राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलका नेता समेत रहेका सांसद राजेन्द्र महतोले सरकारप्रति आक्रोस पोखेका छन् । सरकारले सार्वजनिक गरेको नागरिकता खारेजीसम्बन्धी निर्णयप्रति उनले आक्रोस पोखेका हुन् । प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद महतोले नागरिकता खारेजीसम्बन्धी समाचार व्यापकरुपमा प्रचारप्रसार भएको भन्दै त्यो कुन राजेन्द्र महतो हो भन्ने प्रतिप्रश्न गरेका छन् । ‘सरकारले राष्ट्रियतासँग जोडिएको संवेदनशील […]

भारतले जम्मू-कश्मीरको विशेषाधिकार खारेज गरेर खतरनाक खेल खेलेको पाकिस्तानको प्रतिक्रिया

एजेन्सी । भारत सरकारले जम्मू-कश्मीर राज्यलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान खारेज गरिदिएको छ। राष्ट्रपति रामनाथ कोविन्दले जम्मू-कश्मीरलाई विशेषाधिकार दिएको संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरेको सूचना जारी गरेका छन्। दोस्रो कार्यकालका लागि पुन: प्रधानमन्त्री निर्वाचित नरेन्द्र मोदी नेतृत्वको सरकारले सो सम्बन्धी सूचना राज्यसभालाई दिएको हो। तनावग्रस्त राज्यसभामा केन्द्रीय गृहमन्त्री अमित शाहले जम्मू-कश्मीरलाई विधानसभासहित […]