प्रहरीकै गाडीले ठक्कर दिंदा गयो पैदल यात्रुको ज्यान

काठमाडौँको कोटेश्वरमा प्रहरीकै गाडीले ठक्कर दिंदा एक पैदल यात्रुको ज्यान गएको छ । ट्राफिक प्रहरी सवार गाडीले ठक्कर दिँदा पैदल यात्रुको ज्यान गएको हो ।

प्राप्त सूचना अनुसार उक्त गाडी बा १ झ ७८६६ नम्बरको हो ।

मृतक पैदलयात्रुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

काटेश्वरबाट बालकुमारीतर्फ आइरहेको ट्राफिक प्रहरीको भ्यानले पैदल यात्रुलाई ठक्कर दिएको बताइएको छ ।

Loading...