छोराछोरीसहित नारायणीमा पसेकी निर्दयी आमाले लिइन् अबोध बालबालिकाको ज्यान

आफ्नो छोराछोरीसहित नारायणी नदीमा हामफालेकी एक निर्दयी आमा बाचेकी छन् तर घटनामा अबोध बालबालिकाको ज्यान गएको छ ।

नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–५ की २४ वर्षिया सुधा विश्वकर्मा छोराछोरीसहित नारायणीमा हाम फालेकी थिइन् । विश्वकर्मालाइ स्थानीयले बग्दै गर्दा उद्धार गरेका थिए तर उनका १ छोरा र १ छोरीले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।

विश्वकर्माका साढे दुई वर्षका छोरा र डेढ महीनाकी छोरीको नारायणीमा डुबेर मृत्यु भएको हो। उनका पति स्थानीय प्रहरी विद्यालयमा कार्यरत रहेका छन् । घटनाको समय उनी काममा भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सुधालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भैरहेको छ ।