काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निरङ्कुश, स्वेच्छाचारी र प्रतिशोधी प्रवृत्तिका नेता भएको आरोप लगाएका छन्। शनिबार राजधानीमा आयोजित गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिको पार्टी स्कुल कार्यक्रममा बोल्दै पुनले ओलीले विपक्षी दलहरूका नेतामाथि निरन्तर प्रतिशोधको राजनीति गरिरहेको बताए। उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबाट […]
Author: ननस्टप संवाददाता
३ दिन बाढीको उच्च जोखिम, जलविद्युतमा पूर्वतयारीका लागि इप्पानको आग्रह
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले सम्पूर्ण जलविद्युत आयोजनाहरूलाई आगामी ३ दिन उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागबाट यही श्रावण ३, ४ र ५ गते देशभर अत्यधिक वर्षा भई नदीहरूमा पानीको सतहले सतकर्ता बिन्दु पार गर्न सक्ने पूर्वानुमान गरेर जलविद्युत आयोजनामा पूर्वतयारीका लागि पूर्वसूचना दिएपछि इप्पानले प्रेस […]
ब्राजिलका पूर्वराष्ट्रपतिको शरीरमा निगरानी उपकरण जडान गर्न अदालतको आदेश
काठमाडौं । ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जेयर बोल्सोनारोलाई ‘इलेक्ट्रोनिक निगरानी उपकरण’ लगाउन त्यहाँको सर्वोच्च अदालतको आदेश दिएको छ । इलेक्ट्रोनिक निगरानी उपकरण व्यक्तिको खुट्टाको गोलीगाँठोमा बाँधिन्छ । यो यस्तो उपकरण हो जसले त्यो व्यक्ति कहाँ छ, कुनै निश्चित क्षेत्रभन्दा बाहिर गएको छ/छैन ट्रयाक गर्छ । यो आदेश प्रहरीले ब्रासिलियामा बोल्सोनारोको घर र उनको पार्टीको मुख्यालयमा छापा […]
समाचार झुटो भएको भन्दै वाल स्ट्रिट प्रमुखविरुद्ध ट्रम्पले दायर गरे मुद्दा
वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जनरलमा प्रकाशित समाचारमा आपत्ति जनाउँदै मुद्दा दायर गरेका छन्। सन् २०१९ मा नै आत्महत्या गरेका एप्सटनको जन्मोत्सवमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुभकामना दिएको भन्ने वाल स्ट्रिट जनरलमा प्रकाशित समाचारमा आपत्ति जनाउँदै मुद्दा दायर गरेका हुन्। ट्रम्पले वाल स्ट्रिटका प्रमुख रुपर्ट मर्डकविरुद्धमा मुद्दा दायर गरेका हुन्। ट्रम्पले मुद्दा […]
एमाले पोलिटब्युरो बैठकमा आज पनि प्रतिवेदनमाथि छलफल हुने
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को पोलिटब्युरो बैठक आज पनि बस्ने भएको छ । हिजोबाट जारी बैठक पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजेबाट सुरु हुनेछ । हिजोको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि सात जनाले आ–आफ्नो धारणा राखेका थिए । विधान संशोधन प्रस्तावमाथि लालबाबु पण्डित, डा राजन भट्टराई, काशीनाथ अधिकारी, किरण […]
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू-भागहरूमा आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। शनिबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। […]
डिंगरनगर दूरगामी सहकारीका अध्यक्ष र सचिवविरुद्ध जारी भयो पक्राउ पुर्जी
बुटवल । रुपन्देहीको तिलोत्तमाको डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । करिब १५ करोड बचत अपचलन भएको सहकारी संस्थाका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा लगायतविरुद्ध पक्राउ पुर्जी जारी भएको स्रोतले बतायो । करोडौं बचत अपचलनको तथ्य बाहिरिएपछि तीनसय बढी वचतकर्ताहरुले प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालय र इलाका प्रहरी […]
कर्णाली विकास बैंक अनियमितता प्रकरणमा राष्ट्र बैंकका पूर्वअनुगमन अधिकृत पक्राउ
काठमाडौं । बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंकको ४ अर्ब ९० करोड रुपैयाँ अनियमितता भएको प्रकरणमा थप एक जना पक्राउ परेका छन् । प्रहरी उच्च स्रोतका अनुसार नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी सुनसरी स्थायी घर भएका ६१ वर्षीय भुवन बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंको टोखाबाट पक्राउ गरेको हो । बैंक गम्भीर समस्यामा […]
नेपालमा बन्द भयो टेलिग्राम एप
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नेपालमा टेलिग्राम एप बन्द गराएको छ । प्राधिकरणले सूचना जारी गर्दै सेवा प्रदायकहरुलाई टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउन निर्देशन दिएको हो । प्राधिकरणले जारी गरेको सूचनामा टेलिग्राम एपमार्फत अनलाइन ठगीको संख्या निरन्तर बढिरहेको भन्दै भनिएको छ, ‘सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर अपराधमा संलग्नता समेत रहको बुझिन आएको उक्त टेलिग्राम एपको […]
एकता घोषणा गर्दै अंगालोमा बाँधिए माधव-बामदेव
काठमाडौँ । माधव कुमार नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबिच एकता भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा भएको समारोह गरी दुई पार्टीबिच एकता भएको घोषणा भएको हो । नेकपा एकीकृत समाजवादी पार्टीसँगको एकीकरण घोषणासभालाई शुक्रबार सम्बोधनका क्रममा उनले भावुक सम्बोधन गर्दै आफ्नो चार वर्ष पुरानो प्रयास सार्थक बन्दै […]











