इरानका सभामुखलाई अमेरिकाले सत्ता सुम्पन सक्ने !

काठमाडौँ । अमेरिकाले इरानका सभामुख मोहम्मद बाघेर गालिबाफलाई शासन सुम्पन सक्ने अड्कलबाजी हुन थालेको छ। अमेरिकी अनलाइन ‘पोलिटिको’ ले त गालिबाफ इरानी डेल्सी रोड्रिगेज हुन सक्ने लेखेको छ। लगभग तीन महिनाअघि ट्रम्पले सेना पठाएर भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेका थिए। त्यसपछि उनले तत्कालीन उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई भेनेजुएलामा शासन चलाउन दिएका छन्। गालिबाफसँग सहकार्य हुन सक्ने […]

संसद् सचिवालय पुगेर प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण

काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद् सचिवालय पुगेर पदभार ग्रहण गरेका छन् । उनले आजै शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गरेका थिए । शपथ लगत्तै उनी सिंहदरबारस्थित संसद् सचिवालय पुगेर पदभार ग्रहण गरेका हुन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका केसी समानुपातिक निर्वाचन […]

निर्वाचन प्रहरीको जिम्मेवारी सकेर हैदरावाद पुगेका तिलकको गाडीको ठक्करबाट मृत्यु

खोटाङ । रोजगारीका लागि भारतको हैदरावाद पुगेका खोटाङका एक युवाले गाडीको ठक्करबाट ज्यान गुमाएका छन् । होटलमा काम गर्नका लागि साथीहरूसँगै हैदरावाद पुगेका खोटेहाङ गाउँपालिका–७ खोटाङबजार भँडारेका २५ वर्षीय तिलक परियारको मृत्यु भएको हो । पैसा कमाउने सपना बोकेर हैदरावाद पुगेको हप्ता दिन नबित्दै परियारले ज्यान गुमाएको स्थानीय अगुवा अमरसिं बस्नेतले बताए । होटलमा काम […]

जेन-जी आन्दोलन : ओली, लेखक र खापुङलाई १० वर्षसम्म कैद गर्न आयोगको सिफारिस

काठमाडौं । गत भदौ २३-२४ को जेन-जी आन्दोलनका क्रममा भएको हताहती र विध्वंशको घटना छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वको आयोगको प्रतिवेदन अझैसम्म सार्वजनिक भएको छैन । उक्त आयोगले गत फागुन २४ गते नै प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको प्रतिवेदन अझैसम्म गोप्य राखिएको छ। प्रधानमन्त्री कार्कीले बालुवाटार छाड्न लाग्दासमेत उक्त प्रतिवेदन गोप्य राखिएको छ । […]

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले राष्ट्रपतिबाट लिए शपथ

काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गराएका हुन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका केसी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका थिए । उनी ७८ वर्षका छन् । केसीले राष्ट्रपतिबाट सपथ […]

अमेरिकी विशेष दूतले गरे रवि लामिछानेलाई फोन, दिए बधाई

काठमाडौँ। दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोर र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबिच टेलिफोन वार्ता भएको छ । गोरले टेलिफोन वार्ताका क्रममा हालै सम्पन्न निर्वाचनमा प्राप्त सफलताका लागि लामिछानेलाई बधाई दिएको काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ । दूतावासका अनुसार विशेष दूत गोरले चैत १० गते सभापति लामिछानेसँग संवाद […]

सुनचाँदीको मूल्यमा एकैदिन भारी वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य भारी वृद्धि भएको छ । पछिल्लो केहीदिन सुनको मूल्य निरन्तर घट्दै आएपनि बुधबार भने बढेर कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्यमा एकैदिन १४ हजार ६०० रुपैयाँ वृद्धि भई तोलामा २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको हो । यसअघि मंगलबार सुन […]

इरानमा ग्यास संरचनामाथि हमला भएको दाबी

काठमाडौं । इरानी सञ्चारमाध्यमहरूले मंगलबार दुई ग्यास संयन्त्र र एक पाइपलाइनलाई लक्षित गरी हमला भएको दाबी गरेका छन् । फार्स न्युज एजेन्सीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ऊर्जा पूर्वाधारमा हमला नगर्न निर्देशन दिएको केही समयपछि यस्तो घटना भएको बताइएको छ । फार्सका अनुसार इस्फहानस्थित कावेह स्ट्रिटमा रहेको ग्यास प्रशासन भवन र ग्यास प्रेसर रेगुलेसन स्टेसनलाई […]

बुधबार घट्याे अमेरिकी डलर, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ सामान्य रुपमा घटेको छ। युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयांकको भाउ भने बढेको छ। निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५० रुपैयाँ ४९ पैसा तोकिएको छ। यस्तै, युरोपियन […]

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले आज शपथ लिँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउँदै छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान ११ः१५ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका केसी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका थिए । उनी […]