Author: ननस्टप संवाददाता
मध्यरातसम्म बसेको एमाले सचिवालय बैठकले यस्ता निर्णय गर्यो
काठमाडौं । नेकपा एमालेमा पदाधिकारीको संख्या १९ बाट १५ जनामा घटाउने भएको छ। यसैगरी चर्चामा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था पनि हटाइएको छ। गएराति सम्पन्न पार्टी केन्द्रीय सचिवालयको बैठकले सचिवालयको अवधारणा पनि हटाएको छ। जस अनुसार अब एमाले स्थायी कमिटी,पालिटब्यूरो र केन्द्रीय कमिटी मात्र रहनेछन्। पार्टी उपाध्यक्ष गुरु बरालले दिएको जानकारी […]
शिक्षा ऐनको माग गर्दै अखिल (क्रान्तिकारी) द्वारा शैक्षिक हड्ताल
काठमाडौं । नेकपा बहुमतनिकट अखिल क्रान्तिकारीको देशव्यापी शैक्षिक हडतालका कारण शुक्रबार शैक्षिक संस्था बन्द भएका छन्। काठमाडौं उपत्यकाका विद्यालयले विशेष कारण भन्दै विद्यालयमा बिदा दिएका छन् भने काठमाडौँ बाहिरका विद्यालयहरु पनि बन्द छन्। काठमाडौंका कतिपय निजी विद्यालयहरु विहीबार बेलुका अभिभावकहरुलाई एसएमएस पठाएर विद्यालय बन्द हुने जानकारी गराएका थिए । केहीले भने आन्तरिक परीक्षा सन्चालन गरिरहेकाले […]
एकीकृत समाजवादी र राष्ट्रिय एकता अभियानबीच एकीकरण घोषणा आज
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेकपा राष्ट्रिय एकता अभियानबिच आज एकीकरणको घोषणा हुने भएको छ । गत शुक्रबार अभियानका संयोजक वामदेव गौतम र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच सहमति भएबमोजिम आज एकता घोषणा हुन लागेको हो । गौतमलाई नेकपा एकीकृत समाजवादीमा तेस्रो वरीयताको वरिष्ठ नेता दिने सहमति भएको छ । हाल एकीकृत […]
आजको मौसम : यी चार प्रदेशमा छ भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशमा हाल भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा […]
रामेछापमा युवतीमाथि खुकुरी प्रहार
काठमाडौँ । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर–६ स्थित गुप्तेश्वरमा युवतीमाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट २७ वर्षीया एसिला सुनुवार घाइते भएकी छन् । बिहीबार उनलाई ३२ वर्षीय रजिन सुनुवारले खुकुरी प्रहार गरेका हुन् । एलिसाको बायाँ हात पछाडिको पातामा चोट लागेको छ । उनलाई सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौँ ल्याएर केएमसी अस्पतालमा उपचार भइरहेको […]
आजदेखि सुरु भयो नयाँ आर्थिक वर्ष २०८२/८३
काठमाडौं । नयाँ आर्थिक वर्ष २०८२/८३ आजदेखि सुरु भएको छ । सरकारले १५ जेठमा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो । यसमध्ये चालु बजेट ११ खर्ब ८० अर्ब ९८ करोड, पुजिगत चार खर्ब ८० अर्ब र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ७५ अर्ब विनियोजन गरिएको छ ।सरकारले ल्याएका नयाँ करका […]
पत्रकार सम्मेलन गर्दै रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पत्रकार सम्मेलन गर्दैछ । पार्टी प्रवक्ता मनिष झाका अनुसार आज दिउँसो साढे ३ बजे पत्रकार सम्मेलन गरेर समसामयिक राजनीतिक घटनाक्रम धारणा सार्वजनिक गर्दैछ । रास्वपाले पार्टी सभापति रवि लामिछानेप्रति राजनीतिक प्रतिसोध भएको भनेर हस्ताक्षर अभियान चलाउँदै आएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार हस्ताक्षर अभियानका साथै समसामयिक […]
बंगलादेशमा हिंसात्मक प्रदर्शन, गोली लागेर ४ जनाको मृत्यु, ९ घाइते
काठमाडौं । बंगलादेशको गोपालगञ्ज शहरमा बुधबार नेसनल सिटिजन पार्टी (एनसीपी) आबद्ध युवाहरूको नेतृत्वमा गरिएको र्यालीका क्रममा हिंसा भड्किएको छ। हिंसा नियन्त्रण गर्न प्रहरीले चलाएको गोलीमा ४ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन्। गोपालगञ्ज बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला हो। बंगलादेशको समाचार संस्था ‘प्रोथोम आलो’का अनुसार, एनसीपीको र्यालीका क्रममा शेख हसिनाको पार्टी […]
विधान महाधिवेशनबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा विधान महाधिवेशनको तयारीका विविध विषयहरूमा व्यापक छलफल र निर्णयहरू हुनेछन् । बैठकमा उपप्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनको प्रस्तावका खाकाहरू प्रस्तुत गर्ने छन् […]











