निपाह भाइरसको जोखिम न्यून रहे पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा निपाह भाइरसको जोखिम न्यून रहे पनि सतर्क रहन अनुरोध गरेको छ । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै सतर्क रहन अनुरोध गरेको हो । हालसम्म नेपालमा निपाह भाइरसका घटना पुष्टि नभएको तथा स्वास्थ्य तथा स्वास्थ्य निकायहरू जोखिम न्यूनीकरणका लागि पूर्ण रूपमा तयारी अवस्थामा रहेकाले सबैलाई आतंकित नहुन तथा आफू र […]

संसद्‌मा पहिलोपटक सम्बोधन गर्दै प्रधानमन्त्रीले के-के भनिन् ? पूर्णपाठसहित

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पहिलोपटक संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभामा सम्बोधन गरेकी छिन् । सोमबार उनले सभालाई सम्बोधन गरेकी हुन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी कार्कीले आफूलाई परिस्थितिले यो ठाउँसम्म पुर्‍याएको बताइन् । पहिलोपटक संसद्लाई सम्बोधन गरेको बताउँदै उनले परिस्थितिले बाध्य भएर यो अवसर पाएको बताइन् । उनले यस्तो […]

गगन थापादेखि केपी ओलीसम्मको नाम लिँदै पैसा उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापादेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसम्मको नाम लिँदै रकम उठाउने एक अमेरिकी नागरिक पक्राउ परेका छन् । अध्यागमन विभागले ती अमेरिकी नागरिकलाई पक्राउ गरेर अनुसन्धानअघि बढाएको छ । ती अमेरिकन नागरिकले अन्तराष्ट्रियस्तरमा ‘फण्ड’ उठाउने उद्देश्यले कलेजका वेबसाइटहरूमा राष्ट्रियस्तरका राजनीतिक नेताहरूको नाम, तस्बिर राख्दै ‘आवर डाइनामिक टिम’ भनेर उल्लेख गरेका […]

प्रधानमन्त्री कार्कीको खुलासा : महावीर पुनले रिसाएर मन्त्री पद छाडेका हुन्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो क्याबिनेटबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन रिसाएर हिंडेको खुलासा गरेकी छिन ।  सोमबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले पुनले केही कानुन बनाउन भनेको र ती कानुन बनाउने कुरामा सहयोग गर्न नसक्दा पुन रिसाएर हिंडेको बताइन् । ‘जहाँसम्म पुनजी (महाविर पुन) को कुरा छ, उहाँ त रिसाएरै […]

सेयर बजारमा सामान्य सुधार, घट्यो कारोबार रकम

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सोमबार सामान्य बढेर बन्द भएको छ । सुरुमा बढेर २७०६ अंकसम्म पुगेको नेप्से त्यसपछि उतारचढाव सहित अन्त्यमा १.५३ अंकले बढेर २६९५.७३ अंकमा पुगेर बन्द भएको हो । आइतबारको तुलनामा नेप्सेमा कारोबार रकम अझै घटेको छ । आइतबार ९ अर्बभन्दा बढी रहेको कारोबार रकम सोमबार घटेर ८ अर्ब २२ […]

रास्वपा जुम्ला उपसभापति शाही कांग्रेस प्रवेश

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाकी उपसभापति तारा शाही नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्। आइतबार आयोजित एक कार्यक्रमबीच उपसभापति शाही कांग्रेस प्रवेश गरेकी हुन्। चन्दननाथ नगरपालिका ५ की बासिन्दासमेत रहेकी शाहीलाई पार्टीमा कांग्रेस केन्द्रीय सदस्य रामदेवी खड्काले स्वागत गरेकी छन्। शाही कांग्रेस छाडेर रास्वपा गएर उपसभापति बनेकी थिइन्। विशेष महाधिवेशनबाट नेपाली कांग्रेसमा नयाँ नेतृत्व आएको अवस्थामा […]

प्रतितोला १३ हजार ४ सय रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) पनि सुनचाँदीको मूल्य घटेको छ। गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यको गिरावटले सोमबार पनि निरन्तरता पाएको हो। आइतबार प्रतितोला १८ हजार आठ सय रूपैयाँ घटेको सुनको भाउ सोमबार (आज) प्रतितोला १३ हजार ४ सय रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ। आइतबार सुन प्रतितोला ३ लाख रूपैयाँमा […]

अमेरिकाले आक्रमण गरे क्षेत्रीय युद्ध सुरु हुन्छ – इरानी सर्वोच्च नेता खामेनी

काठमाडौं । इरानका सर्वोच्च धार्मिक नेता आयतुल्लाह अली खामेनीले इरानमाथि अमेरिकाले आक्रमण गरेमा क्षेत्रीय युद्ध सुरु हुने चेतावनी दिएका छन् । इरान वरपरको क्षेत्रमा अमेरिकाले सैन्य टोली तैनाथ गरिरहेका बेला खामेनीको यो अभिव्यक्ति सार्वजनिक भएको हो । ‘अमेरिकीहरूले यदि युद्ध शुरू गरे भने यसपालि एउटा क्षेत्रीय युद्ध शुरू हुने छ,’ खामेनीलाई उद्धृत गर्दै इरानको अर्धसरकारी […]

मुम्बईबाट चेन्नई पुग्यो नेपाली क्रिकेट टिम, मंगलबार यूएईसँग अभ्यास खेल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम मुम्बईमा दुई अभ्यास खेल सकेर चेन्नई पुगेको छ । विश्वकप अगाडि नेपालले चेन्नईमा दुई ‘वाम अप’ म्याच खेल्दैछ । पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्नेछ । मंगलबार यूएईसँग खेल्ने तालिका रहेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । यो खेल चेन्नईस्थित एमए चिदाबरम रङ्गशालामा हुँदैछ । […]

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९ र सो ऐन अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरु सम्बन्धी अध्ययन प्रतिवेदन– २०८२’ लाई सभा समक्ष पेस गर्ने कार्यसूची छ । यस्तै, विकास, आर्थिक मामिला […]