वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी वार्ताका क्रममा आफ्ना वार्ताकारहरूलाई सम्झौताका लागि हतार नगर्न निर्देशन दिएका छन्। इरान र अमेरिकाबिच सम्झौताको सहमति नजिक पुगेको रिपोर्टहरू सार्वजनिक भइरहेका बेला ट्रम्पको यस्तो भनाइ बाहिर आएको हो। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार दुई देशबीच भइरहेको छलफलमा ६० दिनको युद्धविराम थप गर्ने, स्ट्रेट अफ होर्मजलाई पुनः खोल्ने र इरानको […]
Author: ननस्टप संवाददाता
आज पश्चिम तराईको तापक्रम ४१ डिग्री पुग्ने, देशका बाँकी भागमा कस्तो छ मौसम ?
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको पछिल्लो विवरण अनुसार सोमबार देशका विभिन्न भागमा मौसमको दुई फरक रूप देखिने भएको छ। एकातिर सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा ‘तातो लहर’ चल्ने सम्भावना छ भने अर्कोतिर देशका धेरैजसो पहाडी, मध्य र पूर्वी भेगमा मेघगर्जनसहित वर्षा हुने पूर्वानुमान गरिएको छ। दिउँसोको समयमा विशेषगरी पश्चिमी तराईका जिल्लाहरू अत्यधिक […]
सिन्धुलीको सुनकोशी नदीमा डुबेर दुई बालकको मृत्यु
काभ्रेपलाञ्चोक । सिन्धुलीको सुनकोशी-५ सित्खामा सुनकोशी नदी छुट्टिएर आएको भंगालोमा डुबेर दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख एसपी रविन्द्रबहादुर सिंहका अनुसार सुनकोशी ४ घर भई हाल सुनकोशी ३ बोहोरेटार बस्ने बर्ष ९ को सफल पुलामी मगर र सुनकोशी-५ बन्दीपुर घर भई हाल सुनकोशी-३ बोहोरेटार बस्ने वर्ष १० को युकेस बिकको मृत्यु भएको […]
बाजुरा र हुम्लाको सीमा अध्ययन गर्न सरकारले बनायो समिति
काठमाडौँ । सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमासम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न समिति गठन गरेको छ। नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति गठन भएको हो। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा प्रधानमन्त्री तथा […]
एसियन गेम्स क्वालिफायरका लागि नेपाली क्रिकेट टोलीको घोषणा, कप्तानको जिम्मेवारी दीपेन्द्रलाई
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले सिङ्गापुरमा आयोजना हुने आगामी एसियन गेम्स क्वालिफायरका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ। क्यानका प्रवक्ता छुम्बी लामाद्वारा जारी प्रेस विज्ञप्ति अनुसार आगामी मे ३१ देखि जुन ९, २०२६ सम्म सञ्चालन हुने ‘मेन्स एसियन गेम्स क्वालिफायर २०२६’ का लागि १४ सदस्यीय टोलीको चयन गरिएको हो। क्यानले यस पटक […]
चीनको कोइला खानीमा विस्फोट हुँदा ८२ जनाको मृत्यु भएको घटनामा सरकारले गर्यो दुःख व्यक्त
काठमाडौँ । चीनको कोइला खानीमा ८२ जनाको मृत्यु भएको घटनामा नेपाल सरकारले दु:ख व्यक्त गरेको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको एक्स अकाउन्टमार्फत उक्त घटनाप्रति दु:ख व्यक्त गरेको हो। ‘शन्सी, चीनमा भएको दुखद् खानी दुर्घटनामा धेरै मानवीय क्षति भएको खबरले अत्यन्त मर्माहत बनाएको छ। शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु र बेपत्ताहरूको सकुशल उद्धारको कामगना […]
काभा महिला भलिबल च्याम्पियनसिप : समूहको अन्तिम खेल आज माल्दिभ्ससँग खेल्दै नेपाल
काठमाडौं । काठमाडौंमा भइरहेको काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत समूह ए को आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दैछ । नेपाल र माल्दिभ्सबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा साँझ ५ बजे सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रसारण हिमालय स्पोर्टस् च्यानलमा हेर्न सकिन्छ । नेपालले यसअघि दुई खेल खेल्दा एकमा जित र एकमा हारको नतिजा […]
ह्वाइट हाउस बाहिर अन्धाधुन्ध गोली चल्यो, संदिग्ध मारिए
काठमाडौं । अमेरिकी राष्ट्रपतिको सरकारी निवास ‘ह्वाइट हाउस’ बाहिर गोली चलेको छ । गोली चलाउने एक संदिग्ध बन्दुकधारी अमेरिकी गुप्तचर निकाय (सिक्रेट सर्विस) को जवाफी कारबाहीमा मारिएका छन् । स्थानीय समय अनुसार शनिबार साँझ करिब ६ बजे ह्वाइट हाउस नजिकैको १७ औं स्ट्रिट र पेन्सिलभेनिया एभिन्यु क्षेत्रमा यो घटना भएको बीबीसीले जनाएको छ । अमेरिकी […]
एमाले सचिवालय बैठकमा आज अध्यक्ष ओलीले जवाफ दिने
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बिहान ११ः३० बजे बैठक सुरु हुनेछ । शनिबार नेताहरूले बोल्ने क्रम नसकिएकाले बैठक लम्बिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । बैठकमा उठेका प्रश्नको आज अध्यक्ष ओलीले जवाफ दिने भएका छन् । शनिबारको बैठकमा महासचिव शंकर पोखरेलसहित […]
आजको मौसम : सातै प्रदेशमा हुनेछ वर्षा, कोशी र मधेसमा हावाहुरीको समेत सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।जसको प्रभावले हाल हाल देशभर साधरणतया बादल लागेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधरणतया बादल लाग्नेछ । मधेस प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक […]











