काठमाडौँ । नेपाल आयल निगमले डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य बढाएको छ । निगमले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै वैशाख ३ गते (बिहीबार) बिहान १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य समायोजन गरेको जानकारी दिएको हो । नयाँ मूल्य सूची अनुसार डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाइएको छ भने हवाई […]
Author: ननस्टप संवाददाता
मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक
काठमाडौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् । उनका अनुसार, आजको बैठकले जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयनबारे सुरक्षा संयन्त्रको हकमा तीन सदस्यीय समिति गठन गर्नेदेखि २०६२/०६३ यताका उच्च पदस्थ कर्मचारी […]
जेनजी आन्दोलन : सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति
काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गतेको घटनामा सुरक्षा निकायका पदाधिकारीमाथि अनुसन्धान गर्न समिति गठन गरेकाे छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षा संयन्त्रको हकमा उच्च अदालतका पूर्व न्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिति बनाउने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। समितिको सदस्यमा सशस्त्र प्रहरी बलका पूर्व […]
सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने सरकारकाे निर्णय
काठमाडाैँ । सरकारले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेकाे छ । बुधबार बसेकाे मन्त्रिपरिषद्को बैठकले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेकाे शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा आयोग गठन गरिएकाे हाे । सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार, आयोगमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा […]
नेपालका लागि जापानका राजदूतसँग परराष्ट्रमन्त्रीको भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालका लागि जापानका राजदूत माएदा तोरुसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच बुधबार दिउँसो परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा अवसरमा नेपाल–जापान सम्बन्ध र सहयोग सम्बन्धी विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । साथै, यसवर्ष दुई देशबीच कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव मनाउने लगायतका विषयहरूमा पनि छलफल भएको […]
वर्षको पहिलो कारोबार दिन ३३ अंक बढ्यो सेयर बजार
काठमाडौं । नयाँ वर्ष २०८३ को पहिलो कारोबार दिन बुधबार सेयर बजार ३३.२७ अंक बढेको छ । सो अंकको वृद्धिसँगै बजार परिसूचक नेप्से २८६६ अंकमा पुगेको छ । कारोबारका क्रममा दिउँसो १ : ०७ बजे नेप्से परिसूचक २८७९ अंकसम्म पुगे पनि त्यसपछि केही खस्कियो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ८ अर्ब […]
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन शुक्रबार (वैशाख ४) हुँदै छ । ‘मिनी संसद्’का रूपमा रहेका समितिका सभापतिको निर्वाचनका लागि संघीय संसद् सचिवालयले यसअघि नै निर्वाचन कार्यक्रम प्रकाशित गरिसकेको छ । निर्वाचन कार्यक्रमअनुसार, बिहीबार अपराह्न १ देखि ४ बजेसम्म ‘सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव दर्ता गर्न सकिनेछ । सभापति मनोनयनसम्बन्धी […]
अमेरिकाको मध्यस्थतामा इजरायल र लेबनानबीच सुरु भयो प्रत्यक्ष वार्ता
काठमाडाैं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोको मध्यस्थतामा इजरायल र लेबनानका राजदूतहरूबीच वासिङ्टनमा दुई घण्टा लामो ऐतिहासिक बैठक सम्पन्न भएको छ। सन् १९९३ यताकै यो उच्च स्तरको प्रत्यक्ष संवादमा दुवै देश शान्ति सम्झौताका लागि थप प्रत्यक्ष वार्ता अगाडि बढाउन सहमत भएका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्ध कम गर्न दबाब दिएसँगै यो […]
कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश
काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राख्न सर्वोंच्च अदालतले आदेश दिएको छ । खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले यस्तो आदेश दिएको हो । आज उक्त रिटमाथि वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, शम्भु थापा, उपेन्द्रकेशरी न्यौपाने, सतिष्कृष्ण खरेल र अधिवक्ताहरू प्रकाश […]
हिन्द महासागरमा प्रवासी सवार डुंगा दुर्घटना हुँदा २५० जना बेपत्ता
काठमाडौं । बंगलादेशबाट मेलिसिया जाँदै गरेको डुंगा हिन्द महासागरको पूर्वी किनारमा पर्ने अण्डमान सागरमा दुर्घटना हुँदा २५० जना वेपत्ता भएका छन् । संयुक्त राष्ट्र संघको शरणार्थी तथा प्रवासन एजेन्सीका अनुसार अण्डमान सागरमा डुंगा दुर्घटना हुँदा २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक वेपत्ता भएका हुन् । बीबीसीमा प्रकाशित समाचारअनुसार दुर्घटनामा परेको माछा मार्न प्रयोग हुने उक्त डुंगा […]











