पाँचौँ दिन पनि भग्नावशेषबाट ३३ जनाको जीवितै उद्धार, मृतक १,४५० नाघ्यो

काराकास । गत बुधबार भेनेजुयलामा ३९ सेकेन्डको अन्तरालमा आएका दुई शक्तिशाली भूकम्पपछि पाँचौँ दिनसम्म पनि चमत्कारिक उद्धारका घटना जारी छन्। अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजका अनुसार सप्ताहन्तमा मात्रै भग्नावशेषबाट दुई ११ वर्षीय बालकसहित ३३ जनालाई जीवितै उद्धार गरिएको छ। भूकम्प गएको ७२ घण्टाभन्दा बढी समय बितिसके पनि उद्धारकर्मीहरूले आशा भने त्यागेका छैनन्। उनीहरूका अनुसार भग्नावशेषभित्र पानी […]

अस्ट्रेलियासँग पराजित हुँदै टी–२० विश्वकपबाट बाहिरियो भारतीय महिला टोली

लर्ड्स । भारतीय महिला क्रिकेट टोली टी–२० विश्वकपबाट बाहिरिएको छ। लर्ड्समा खेलिएको गर या मरको खेलमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गरेपछि भारतको विश्वकप यात्रा समाप्त भएको हो। भारतले जितका लागि १७१ रनको लक्ष्य प्रस्तुत गरे पनि एलिस पेरी र एश्ले गार्डनरको शतकीय साझेदारीले खेलको पाटो नै बदलिदियो। कप्तान हरमनप्रीत कौरको २७ बलमा ५६ रनको उत्कृष्ट […]

यी जिल्लाका नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन महाशाखाको आग्रह

काठमाडौँ । देशभरका साना तथा सहायक नदीहरूमा बहाव बढेर आकस्मिक बाढी आउन सक्ने सम्भावना देखिएको छ। बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज देशका ३४ भन्दा बढी जिल्ला भएर बहने स-साना नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने सम्भावना छ। महाशाखाका अनुसार आज झापा, इलाम, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, […]

वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुनेछ – प्रचण्ड

काठमाडौँ । नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वामपन्थी र देशभक्तहरू ढिला नगरी तत्काल एक हुनुपर्ने बताएका छन्। उनले अहिल्यै, आजै सहकार्य गर्नुपर्ने पनि बताए। मदन भण्डारीको ७५ औं जन्मजयन्ती समारोहमा आज बोल्दै प्रचण्डले भने, ‘राष्ट्रिय स्वाधिनता, निरंकुशताका विरूद्ध, वैदेशिक दबाब र हस्तक्षेपका विरूद्ध छिटोभन्दा वामपन्थी र देशभक्तहरू एक हुनुपर्छ, यसलाई ढिला गर्नु […]

नेपालका लागि प्रत्यक्ष कार्यकारी शासन प्रणाली उपयुक्त हुँदैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको विद्यमान सामाजिक संरचना र विविधतालाई दृष्टिगत गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली मुलुकका लागि उपयुक्त नभएको बताएकी छिन् । जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो विचार व्यक्त गरेकी हुन् । संविधान […]

देशका संघीय अस्पतालमध्ये भरतपुर अस्पताल उत्कृष्ट

काठमाडौँ । देशभरका संघीय अस्पतालमध्ये भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (MSS) मूल्याङ्कनमा ८९ अंक प्राप्त गर्दै उत्कृष्ट बनेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको मूल्याङ्कनमा भरतपुर अस्पताल ग्रिन जोनमा कायम रहँदै पहिलो स्थानमा परेको हो। गत वर्ष ८८ अंक ल्याएको अस्पतालले यस वर्ष ८९ अंक प्राप्त गरेको छ। विपी कोइराला […]

इटालीमा सुनमाया बुढाले जितिन् १२० किलोमिटर अल्ट्रा ट्रेलको उपाधि, तोडिन् १३ वर्ष पुरानो रेकर्ड

काठमाडौं । नेपाली अल्ट्रा धाविका सुनमाया बुढाले इटालीमा सम्पन्न प्रतिष्ठित ‘ला स्पोर्टिभा लावारेडो अल्ट्रा ट्रेल’ प्रतियोगिताको उपाधि जित्दै नयाँ इतिहास रचेकी छन् । इटालीको कोर्टिना द आम्पेज्जोमा आयोजित १२० किलोमिटर दूरीको उक्त प्रतियोगितामा सुनमायाले १३ घण्टा ३३ मिनेट १ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै नयाँ रेकर्ड कायम गरिन् । यसअघि फ्रान्सकी क्यारोलिन शाभेरोले सन् २०१५ […]

अपराजित अर्जेन्टिना र बराबरी खेल्दै अल्जेरिया-अस्ट्रिया पनि नकआउट चरणमा

काठमाडौं । साविक विजेता फिफा विश्वकप २०२६ मा अपराजित बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । डालास स्टेडियममा आइतबार बिहान भएको समूह चरणको अन्तिम खेलमा जोर्डनलाई ३–१ ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो । यसअघि अर्जेन्टिनाले आफ्नो पहिलो खेलमा अल्जेरियालाई ३–० र दोस्रो खेलमा अष्ट्रियालाई २–० ले पराजित गरेको थियो । जोर्डनविरुद्ध कप्तान लियोनल मेसी, […]

अमेरिकाले गर्दैछ लगातार दोस्रो दिन पनि इरानमाथि बमबारी

न्युयोर्क । अमेरिकाले लगातार दोस्रो दिन पनि इरानमाथि बमबारी गर्दै सिरिक सहर र केश्म द्वीपलाई निशाना बनाएको छ । यो आक्रमण होर्मुज जलडमरूमध्य नजिकै एक व्यापारिक जहाजमाथि ड्रोन आक्रमण भएपछि गरिएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले वासिङ्टन र तेहरानबीच भएको समझदारीपत्र (एमओयू) उल्लङ्घन गरेको आरोप लगाउँदै आवश्यक परे ‘सैन्य रूपमा सुरु गरिएको काम […]

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकका लागि १२ वटा कार्यसूची तय गरिएको छ।बैठकमा आर्थिक तथा कानुनी महत्त्वका विभिन्न विधेयकमाथि छलफल र निर्णय हुने कार्यसूची रहेको छ। बैठकको सुरुआतमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा सभामा सुनाइनेछ। त्यसपछि प्रधानमन्त्रीको तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री […]