सरकार र जेनजीबिच भयो १० बुँदे सम्झौता, हेर्नुहोस् पूर्णपाठसहित

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको ’जेनजी’ जनआन्दोलनका मागहरू सम्बोधन गर्ने भन्दै नेपाल सरकार र आन्दोलनकारी शक्तिबिच १० बुँदे विस्तृत सम्झौता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित एक विशेष समारोहमा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू र आन्दोलनका प्रतिनिधिहरूको उपस्थितिमा उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो । यद्यपि हस्ताक्षर कार्यक्रममा केही जेनजीहरुले […]

जेनजी आन्दोलनलाई सरकारले दियो जनआन्दोलनको मान्यता, सहभागीमाथि अब अनुसन्धान नहुने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिएको छ । बुधबार जेनजीहरुसँगको सम्झौतामा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिइएको हो । साथै जनआन्दोलनसँग सम्बन्धित राजनीतिक विरोधको गतिविधिमा सहभागी भएकै कारण कसैउपर फौजदारी अनुसन्धान वा अभियोजन नगरिने भएको छ । सम्झौतामा सबै राजनीतिक दलका सम्पत्ति तथा आर्थिक स्रोतको विवरण अनिवार्य […]

एमाले महाधिवेशन लक्षित गर्दै नागढुंगा-मलेखु सडक २ दिन पूर्ण सञ्चालन हुने

काठमाडौं । एमाले महाधिवेशन लक्षित गर्दै सरकारले नागढुंगा-मलेखु सडकखण्ड विस्तार २ दिन रोक्ने भएको छ । २६ र २७ मंसिरमा राजमार्ग पूर्ण सञ्चालन गर्ने निर्णय भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको सचिवालयले जानकारी दिएको छ । यसअघि राष्ट्रिय युवा संघ नेपाल अध्यक्ष क्षीतिज थेबेसहित टोलीले मन्त्री घिसिङलाई भेट्दै राजमार्ग सञ्चालन निरन्तर राख्न आग्रह गरेको थियो […]

२६०६ अंकमा झर्‍यो सेयर बजार, ७९ कम्पनीको मूल्य बढ्यो

काठमाडौं । बुधबार सेयर बजार ७.८६ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २६०६ अंकमा अडिएको छ । कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ३ अर्ब ७५ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७३ करोडको भयो । ७९ कम्पनीको मूल्य बढ्दा १६९ को घट्यो, ९ को स्थिर रह्यो । सबै सेक्टरका सूचक […]

विभागसंग सहमति भएसंगै देशभरका भन्सार कार्यालय तत्काल खोलिने, एजेन्टहरू काममा फर्किने

काठमाडौँ । भन्सार विभाग र भन्सार एजेन्ट महासंघका प्रतिनिधिबिच बुधवार भएको वार्तामा सहमति जुटेको छ। यो सहमतिसँगै देशभरका भन्सार कार्यालयहरू तत्काल खोल्न भन्सार एजेन्टहरू सहमत भएका छन्। बुधबारको वार्तामा भन्सार ऐनको दफा ७१ ‘झ’ मा रहेको जरिवानासम्बन्धी व्यवस्थालाई नियमावलीमार्फत व्याख्या गरेर सहजीकरण गर्न विभाग सहमत भएको छ। भन्सार ऐनको उक्त उपदफामा घोषणाकर्ताले विद्युतीय माध्यमबाट वस्तुको […]

एमाले राष्ट्रिय महाधिवेशनमा २१५४ जना प्रतिनिधि सहभागी हुने

काठमाडौँ । नेकपा (एमाले) ले ११ औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरुको टुंगो लगाएको छ । बुधबार बसेको प्रतिनिधि–व्यवस्थापन समितिको बैठकले महाधिवेशनका प्रतिनिधिहरुको टुंगो लगाएको हो । बैठकले महाधिवेशनमा निर्वाचित, विशेष र पदेन गरि २१५४ जना प्रतिनिधि सहभागी हुनेगरी टुंग्याइएको एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार केन्द्रीय सल्लाहाकार परिषदका ३०९ जना […]

नवलपरासीका डिएसपी बहुविवाह प्रकरणमा पक्राउ, प्रहरीमै कार्यरत दोस्रो पत्नी फरार

बुटवल । पूर्वी नवलपरासीमा खटिएका प्रहरी नायब उपरीक्षक (डिएसपी) मधु नेपाल बहुविवाहको आरोपमा पक्राउ परेका छन्। जेठी श्रीमती तारा नेपाल खनालले दिएको उजुरीपछि रूपन्देही प्रहरीले सोमबार पक्राउ पुर्जी जारी गर्दै उनलाई नियन्त्रणमा लिएको हो। प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार जाहेरी परेपछि डिएसपी नेपाल स्वयं प्रहरी कार्यालय पुगेका थिए। अदालतबाट तीन दिनको म्याद थपिएपछि अहिले उनीमाथि […]

एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा आज काठमाण्डु र लुम्बिनी भिड्दै छन्। काठमाण्डु करण केसीको कप्तानीमा मैदानमा हुनेछ भने लुम्बिनी राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलको टिम हो । अंक तालिकामा तेस्रो र चौथो स्थानमा रहेका दुई टिमले इलिमिनेटरमा भेट पक्का गरेका हुन् । मङ्गलबार पहिलो क्वालिफायरबाट सुदूरपश्चिम रोयल्स फाइनल प्रवेश गरिसकेको छ । विराटनगर […]

नेपाली विद्यार्थीको मृत्यु भएको ‘हिट एन्ड रन’ घटनामा तानिए बेलायती र्‍यापर ‘घेट्स

काठमाडौँ । बेलायतमा ‘हिट एन्ड रन’ मा परी नेपाली विद्यार्थीको मृत्यु भएको घटनामा इंग्लिस र्‍यापर जस्टिन क्लार्क शामुयलको संलग्नता रहेको खुलेको छ। स्टेजमा ‘घेट’ नामले चिनिने शामुयल आफैले मंगलबार घटनामा आफ्नो संलग्नता स्वीकार गरेको बेलायती पत्रिका द गार्डियनले लेखेको छ। अक्टोबर १८ तारिखको राति साढे ११ बजे इल्फोर्डको रेडब्रिजमा २० वर्षीय नेपाली विद्यार्थी युबिन तामाङलाई ठक्कर […]

हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार

काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । बुधबार बिहान साढे १० बजे प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्क पुगेर उनले कार्यभार सम्हालेका हुन् । शाक्यलाई प्राधिकरणबाट जल तथा ऊर्जा आयोगमा सरुवा गरी प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को ५ असोज २०८२ को निर्णय कानुनविपरीत भएको […]