काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दाबी गरेको छ । उपत्यकाका पेट्रोल पम्पहरुमा उपभोक्ताको केही लाइन देखिएपछि पेट्रोलियम पदार्थको अभाव भएको हो कि भन्ने आशंका उत्पन्न भएका बेला जिगमाले यस्तो दावी गरेको हो । ‘पम्पमा तेलको मौज्दात कम भएका कारण केही लाइन देखिएको हो, थानकोट डिपोबाट लोड भएर […]
Author: ननस्टप संवाददाता
श्रीमानले बँदेल नियन्त्रणका लागि राखेको करेन्ट लागेर श्रीमतीको मृत्यु
गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–५ मन्टारीमा बँदैलका लागि राखेको करेन्टमा परेर एक जनाको मृत्यु भएको छ । बँदेल नियन्त्रण गर्नका लागि राखिएको करेन्ट लागेर ६० वर्षीया हुमकला भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । ६६ वर्षीय भेषराज भण्डारीले आफ्नै घरदेखि करिब १५० मिटर टाढा बारीमा बिजुलीको पोलबाट करेन्ट प्रवाह गरी राखेका थिए । सोही करेन्टमा परेर […]
राष्ट्रियसभा बैठक बस्दै, परराष्ट्रमन्त्री र पर्यटनमन्त्रीले जवाफ दिने
काठमाडौँ । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा सुरु हुनेछ । बैठकमा परराष्ट्रमन्त्री शिशिर खनाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । यस्तै, सांसद रेनु चन्दले ‘प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण एवं […]
एम्बाप्पे चम्किँदा स्वीडेनमाथि फ्रान्सको सानदार जित
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को रोमाञ्चक खेलमा फ्रान्सले स्वीडेनलाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको अर्को चरणमा स्थान सुरक्षित गरेको छ । फ्रान्सको एकतर्फी जितमा स्टार स्ट्राइकर किलियन एम्बाप्पेले दुई गोल गरे भने युवा खेलाडी ब्राड्ली बारकोलाले एक गोल थपे । खेलको सुरुवातदेखि नै स्वीडेनमाथि दबाब बनाएको फ्रान्सले पहिलो हाफको […]
देशैभर फैलियो मनसुनी वायु : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालभर मनसुनी वायुको बलियो प्रभाव देखिएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु देशको पश्चिमी सीमासम्मै पुगेको छ र आज गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भू-भागमा समेत मनसुन विस्तार भएको छ । यससँगै यो वर्षको मनसुन प्रणाली देशैभर […]
पेट्रोल, डिजेल र ग्याससहित हवाई इन्धनको पनि मूल्य घट्यो
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले बुधबार बिहान १२:०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य घटाएको हो । निगमको सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३० […]
भाडा नतिर्ने ४५ उद्योगको लाइन काटियो, दुई सातामा ४२ करोड बक्यौता असुल
काठमाडौँ । औद्योगिक क्षेत्रको झन्डै साढे ४२ करोड रुपैयाँ भाडा बक्यौता दुई साताभित्रै असुल भएको छ । वर्षौँदेखि उठ्न नसकेको सो रकम तत्काल उठाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई निर्देशन दिएकी थिइन् । लिमिटेडका अनुसार मन्त्रीको निर्देशनपछि हालसम्म ४२ करोड ५४ लाख ३८ हजार रुपैयाँ बक्यौता रकम सङ्कलन भएको […]
रास्वपाको केन्द्रीय सदस्य सूची हेरफेर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूको सूची संशोधन गर्दै दुई सदस्यको नाम परिवर्तन गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनको मत परिणाम तथा उम्मेदवारीसँग सम्बन्धित कागजात पुनः अध्ययन गरेपछि संशोधित सूची सार्वजनिक गरेको हो। निर्वाचन आयोगका अध्यक्ष भुवन केसीका अनुसार उम्मेदवारहरूले प्राप्त गरेको मत र क्लस्टर व्यवस्थापनका क्रममा […]
विष्णु पौडेललाई थुनामा राख्ने आदेशविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
काठमाडौं । एमाले नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले आफूलाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासमा उक्त निवेदनमाथि सुनुवाइ तय भएको छ। विशेष अदालतले अनुसन्धानका लागि पौडेललाई थुनामा राख्न अनुमति दिएपछि उनले उक्त आदेशविरुद्ध सर्वोच्च […]
मनसुन सक्रिय : बिहीबारसम्म भारी वर्षा र हावाहुरीको जोखिम
काठमाडौं । देशभर मनसुनी गतिविधि सक्रिय बन्दै गएसँगै आगामी तीन दिन विभिन्न प्रदेशमा भारीदेखि धेरै भारी वर्षा तथा हावाहुरीको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान सार्वजनिक गरेको तीनदिने मौसम बुलेटिनअनुसार असार १६, १७ र १८ गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, भारी वर्षा र हावाहुरीको जोखिम रहने भएकाले […]










