कार्की सरकारको कानुनी हैसियत छैन, अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापित हुन्छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना हुने दावी गरेका छन् । अदालतलाई संविधानले अन्यथा फैसला गर्ने बाटो नै नदिएको उनले स्पष्ट पारे। प्रेस चौतारी नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले हैसियत बिनाको व्यक्तिले विना प्रक्रिया अनधिकृत रूपमा सिफारिस गरी विघटन गरिएको प्रतिनिधि सभा पुनर्स्थापित […]

सर्वोच्चलाई लिखित जवाफ पठाउँदै ओलीले भने : मानसिक रोगीहरूले मविरुद्ध मुद्दा हाले

काठमाडौँ । सर्वोच्च अदालतमा चलिरहेको मुद्दामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध रिट दायर गर्नेहरुलाई नै ‘मानसिक रोगी’ को संज्ञा दिएका छन्। जेन जी आन्दोलनको दमन, किशोरकिशोरीको मृत्यु र सेना परिचालनमा लापरबाही गरेको आरोपमा दायर रिटमाथि सर्वोच्चमा बुझाएको लिखित जवाफमा ओलीले रिट दर्ता गर्ने पक्षलाई ‘मनोरोगग्रस्त’ संज्ञा दिँदै उनीहरूको मागलाई ‘न्यायिकरूपले अवैध र आधारहीन’ दाबी गरेका […]

न्यायाधीश र जाहेरवाला वकिल नाता परेपछि रवि र छवीको मुद्दा ‘हेर्न नमिल्ने’

काठमाडौं । सहकारी ठगी प्रकरणमा जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा बिहीबारका लागि हेर्न नमिल्नेमा परेको छ। लामिछाने र उनका साझेदार गोर्खा मिडिया नेट्वर्कका तत्कालीन सञ्चालक एवम् पूर्वडीआईजी छविलाल जोशीको मुद्दा बिहीबारका लागि ‘हेर्न नमिल्नेमा’ परेको हो । उच्च अदालत तुलसीपुरको, बुटवल इजलासका न्यायाधीशद्वय तेजनारायण पौडेल र सागर विष्टको इजलासमा […]

आकांक्षी धेरै भएपछि एमालेमा विधान महाधिवेशनको निर्णय उल्ट्याउने ओलीको तयारी

काठमाडौँ । आकांक्षी नेताको चाप बढेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनका निर्णय उल्ट्याउने तयारी थालेका छन्। पार्टीभित्र पदाधिकारी, स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय कमिटीको आकार घटाउने दोस्रो विधान महाधिवेशनको निर्णय कार्यान्वयन गर्न नसकिँदा ओलीले संरचना पुनः पुरानै जस्तै कायम राख्ने संकेत दिएका छन्। ओली निकट स्थायी समिति सदस्यका अनुसार कमिटीको संख्या पुनः बढाउने […]

चाँदी हालसम्मकै उच्च, सुनको भाउ १ हजार बढ्यो

काठमाडौं । बिहीबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ १ हजार रुपैयाँ बढेको जनाएको छ । जसअनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार १ सय रुपैयाँ पुगेको छ । हिजो २ लाख ५२ हजार १ सय रुपैयाँ थियो । यसअघि असोज ३१ गते सुनको भाउ […]

गोवामा ज्यान गुमाएका ५ नेपालीको सनाखत, शव नेपाल ल्याइँदै

काठमाडौं । भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच नेपालीसहित २५ जनाले ज्यान गुमाएका थिए । गोवा प्रहरीका अनुसार ज्यान गुमाउने नेपालीहरुमा दाङका ३१ वर्षीय चुर्णबहादुर पुन, सिन्धुलीका लिलबहादुर कटुवाल (विवेक), झापाका सविन विश्वकर्मा र सुदीप विश्वकर्मा तथा डडेलधुराका मनोज जोरा छन् । उनीहरुको […]

दाङको कौडिया पुलबाट खसेर यात्रुबाहक बस दुर्घटना

काठमाडौं । डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन् । ना ८ ख ७४५५ नम्बरको बस आज बिहान ३ बजे दुर्घटना भएको हो । सो बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीको लमही नगरपालिका–१ स्थित कौडिया पुलबाट तल खसेको छ । दुर्घटनास्थलबाट २२ जना घाइतेलाई उद्धार गरी लमही अस्पताल पठाइएको […]

मधेसवादी तीन दलद्वारा पार्टी एकताको घोषणा

काठमाडौँ । तीन वटा मधेशवादी दलहरूले पार्टी एकता गर्ने घोषणा गरेका छन्। महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल), हृदयेश त्रिपाठी अध्यक्ष रहेको को जनता प्रगतिशील पार्टी र वृशेषचन्द्र लाल अध्यक्ष रहेको तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) बीच पार्टी एकता गर्ने घोषणा भएको छ। बुधबार तीन वटै दलका अध्यक्षहरूले हस्ताक्षर गर्दै जारी गरेको […]

सरकार र जेनजीबिच भयो १० बुँदे सम्झौता, हेर्नुहोस् पूर्णपाठसहित

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको ’जेनजी’ जनआन्दोलनका मागहरू सम्बोधन गर्ने भन्दै नेपाल सरकार र आन्दोलनकारी शक्तिबिच १० बुँदे विस्तृत सम्झौता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित एक विशेष समारोहमा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू र आन्दोलनका प्रतिनिधिहरूको उपस्थितिमा उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो । यद्यपि हस्ताक्षर कार्यक्रममा केही जेनजीहरुले […]

जेनजी आन्दोलनलाई सरकारले दियो जनआन्दोलनको मान्यता, सहभागीमाथि अब अनुसन्धान नहुने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिएको छ । बुधबार जेनजीहरुसँगको सम्झौतामा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिइएको हो । साथै जनआन्दोलनसँग सम्बन्धित राजनीतिक विरोधको गतिविधिमा सहभागी भएकै कारण कसैउपर फौजदारी अनुसन्धान वा अभियोजन नगरिने भएको छ । सम्झौतामा सबै राजनीतिक दलका सम्पत्ति तथा आर्थिक स्रोतको विवरण अनिवार्य […]