डोल्पा । डोल्पामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । त्रिपुरासुन्दरी नगरपालिका-३ जिउ गाउँदेखि त्रिपुराकोट आउँदै गरेको ग१ज ८०९९ नम्बरको बोलेर जिप आज बिहीबार बिहान साढे १० बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा त्रिपुरासुन्दरी-३ जिउ गाउँकै अन्दाजी ४५ वर्षीय धनचन्द्र धरालाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ […]
Author: ननस्टप संवाददाता
अन्त्य भयो राष्ट्रिय सभा अधिवेशन
काठमाडौँ । राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गरेका हुन्। गत सोमबार माघ २६ गतेको मन्त्रिपरिषद बैठकको सिफारिसअनुसार राष्ट्रपतिले आज अधिवेशन अन्त्य गरेका हुन्। फागुन १ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए।
निर्वाचनको तयारी र हिमाली जिल्लाको अवस्था बुझ्न प्रधानमन्त्री कार्की सोलुखुम्बुमा
काठमाडौं । फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको तयारी र हिमाली जिल्लाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री सुशीला कार्की सोलुखम्बु पुगेकी छन् । प्रधानमन्त्री कार्कीसँगै उनका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ र प्रेस सल्लाहकार रामबहादुर रावलसहितको टोली आज बिहान सोलुखुम्बु पुगेको हो । हेलिकप्टरबाट सुरुमा नाम्चे पुगेको प्रधानमन्त्री कार्कीसहितको टोली अहिले सदरमुकाम सल्लेरी पुगेको छ । प्रधानमन्त्री […]
रामेछाप बस दुर्घटना : क्षतिपूर्ति दिने र सार्वजनिक यातायातको प्रभावकारी अनुगमन गर्ने सहमति
काभ्रे । रामेछापमा मंगलबार भएको यात्रुवाहक बस दुर्घटनापछि अवरुद्ध बनेको यातायात सेवा मृतक परिवारलाई क्षतिपूर्ति दिने तथा सार्वजनिक सवारीको कडा अनुगमन गर्ने सहमतिसँगै पुनः सञ्चालनमा आएको छ। स्थानीय प्रशासन, नेपाल अरनिको यातायात सेवा प्रा.लि.का प्रतिनिधि र पीडित परिवारबीचको वार्तामा मृतकका परिवारलाई कानुनअनुसार पाउनुपर्ने क्षतिपूर्ति तत्काल उपलब्ध गराउने सहमति भएको हो। दुर्घटनापछि हालसम्म सम्पर्कविहीन रहेका यात्रुका […]
काठमाडौं प्रशासनले लगायो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले विज्ञप्ति जारी गरी कुनै पनि प्रकारका प्रदर्शन, जुलुस, भेला र नाराजुलुस नगर्न सूचना जारी गरेको हो। विमानस्थल क्षेत्रलाई संवेदनशील मान्दै शान्ति–सुरक्षा तथा आवागमन व्यवस्थापनलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। […]
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापनको मस्यौदा प्रतिवेदन उपर छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको दुई वर्षे कामकारबाहीको समीक्षा सम्बन्धमा छलफल हुनेछ ।
पूर्वविद्यार्थी १८ वर्षीय किशोरीले चलाइन् विद्यालयमा अन्धाधुन्ध गोली, ९ जनाको मृत्यु
काठमाडौँ । क्यानडाको ब्रिटिस कोलम्बिया राज्यको टम्बलर रिजस्थित एउटा विद्यालयमा अन्धाधुन्ध गोली चलाउने व्यक्ति सोही विद्यालयको पूर्वविद्यार्थी भएको खुलेको छ। स्थानीय समयअनुसार मंगलबार अपराह्न भएको गोलीकाण्डमा आक्रमणकारीसहित ९ जनाको मृत्यु भएको थियो। बुधबार त्यहाँको प्रहरीले घटनामा संलग्न रहेको किशोरीको पहिचान सार्वजनिक गरेको हो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आक्रमणकारी १८ वर्षीया जेसी भान रूटसेलार हुन्। उनी […]
स्वास्थ्य बिमा बोर्डले भन्यो– बिमाबापत एक लाख बराबरको उपचार सेवा यथावत छ
काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले बीमितले पाउँदै आएको रु एक लाखको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ। बिमा गरेबापतको एक लाख बराबर उपचार शुल्क यथावत् राखिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए। उनले बीमा कार्यक्रमअन्तर्गत तीन हजार ५०० बराबरको योगदान बराबर पाँच जना परिवारले पाउने वार्षिक कुल एक लाख बराबरको उपचार सेवाको सीमा […]
पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो तराई भूभागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेशको पहाडी […]
राजकुमार शर्मा नेकपाबाट निष्कासित, प्रदेश सभामा दिइयो जानकारी
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशसभा संसदीय दलका सदस्य तथा पार्टीका केन्द्रीय सदस्य राजकुमार शर्मालाई पार्टीबाट निष्कासन गरेको छ। पार्टीको मंगलबार बसेको केन्द्रीय समितिको बैठकले उनलाई साधारण सदस्यसमेत नरहने गरी केन्द्रीय समिति लगायत दलको सम्पूर्ण जिम्मेवारी र कर्णाली प्रदेश संसदीय दलको सदस्यबाट समेत निष्कासन गर्ने निर्णय गरेको हो। कर्णाली प्रदेशसभा दलको कार्यालय, […]











