काठमाडौँ। प्रतिनिधि सभाको बैठक भदौ १ मात्रै बस्ने भएको छ । सभामुख डोलप्रसाद अर्यालले बैठक भदौ १ गते सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् मंगलबार बसेको बैठकमा खनिज पदार्थ सम्बन्धी विधेयक २० ८३ विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। त्यस्तै मङ्गलबारको बैठकमा आकस्मिक सुन्ने र विशेष समयमा सांसदहरूले आआफ्ना धारणा राखेका थिए।
Author: ननस्टप संवाददाता
कांग्रेस आन्तरिक विवाद : सभापति थापा र नेता डा. कोइरालाबिच जुटेन सहमति
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबिच मंगलबार बिहान भेटवार्ता भएको छ। डा. कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा भएको भेटमा पार्टीभित्रको आन्तरिक विवाद समाधानका विषयमा केन्द्रित रहेर कुराकानी भएको थियो। मंगलबार बिहान पौने १० बजे सुरु भएको भेटघाट सवा १० बजेसम्म चलेको डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए । […]
प्रधानमन्त्री बालेनलाई भेटेर सभामुखले भने– संसदमा आइदिनुस्
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबिच मंगलबार दिउँसो भेटवार्ता भएको छ । उनीहरूबीच संघीय संसदको चालू अधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार दिउँसो भएको भेटवार्तामा सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई संसदमा उपस्थित भएर सांसदहरुले राखेका प्रश्नको जवाफ दिन आग्रह गरेका छन् । ‘संसदमा […]
सुन तोलामा ६ हजार ४ सय रुपैयाँ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य उच्च दरले बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ६ हजार ४ सय रुपैयाँ बढेको छ भने चाँदी प्रतितोला ११० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १ हजार ५ सय […]
पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
काठमाडौं । पर्सामा १०५ किलो (प्लाष्टिकबाहेक)गाँजासहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा सोमबार राति खटिएको प्रहरी टोलीले भारतको जिल्ला बेतीया ग्राम उजहरु परजिलवा भांगाहका ५० वर्षीय सउरु चौधरीलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पटेर्वा र ठोरीबाट खटिएको संयुक्त टोलीले पटेर्वा गाउँपालिका-३ सोनवर्षाबाट उनलाई नियन्त्रणमा लिएको हो ।शंकाष्पद […]
रहेनन् वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल
जनकपुरधाम । वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन भएको छ । बिमलको ७९ वर्षको उमेरमा राति पौने १ बजे निधन भएको उनका कान्छा छोरा डा.विभाष लाभले जानकारी दिए । उनका अनुसार सोमबार राति साढे ११ बजेतिर कुराकानी गर्दागर्दै बिमल अचानक बिरामी परेका थिए । उपचारको लागि नजिकै अस्पतालमा लगिएको थियो । उपचारको क्रममै उनको निधन भएको […]
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न दिउँसो एक बजे सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उक्त प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यस्तै, आजै दुई वटा संसदीय समितिको बैठक बस्दैछ । […]
कोलोम्बियामा शक्तिशाली भूकम्प, कम्तिमा १११ जनाको मृत्यु
काठमाडौँ । कोलोम्बियामा शक्तिशाली भूकम्प जाँदा कम्तिमा १११ जनाको मृत्यु भएको छ। कोलोम्बियाको भूगर्भीय सेवाका अनुसार बिहान ७:३४ बजे चोको प्रान्तको सान जोस डेल पालमार गाउँ नजिकैको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७.४ म्याग्नेच्युडको भूकम्प गएको हो। यसको धक्का पश्चिमी कोलोम्बियाका सयौं माइलसम्म महसुस गरिएको थियो। अहिलेसम्मकै शक्तिशाली मध्येको भूकम्प गएसँगै त्यहाँ आपतकालीन अवस्थाको घोषणा भएको बिबिसीले जनाएको […]
रास्वपा सांसद आचार्यको तर्क : संसदीय अभ्यास कर्मकाण्डी भयो, सुधार समिति गठन गरौं
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विपिन आचार्यले संसदीय सुधार समिति गठन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद आचार्यले अहिलेको संसदीय अभ्यास कर्मकाण्डी भएको भन्दै संसद्लाई सिर्जनशील, उपयोगी र प्रभावकारी बनाउन समिति गठन गर्नुपर्ने बताएका हुन् । उनले भनेका छन्, ‘ मैले धेरैपटक यो संसदीय अभ्यास कर्मकाण्डी भयो भन्दै आएको […]
यलुङ रि हिमपहिरोमा परेको ९ महिनापछि भेटियो पाँच जनाको शव
काठमाडौँ । दोलखाको यलुङ रि हिमाल आरोहणका क्रममा बेपत्ता भएकाहरूको शव भेटिएको छ। गौरीशंकर गाउँपालिका-९ रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमाल आरोहणका क्रममा गत वर्षको कात्तिक १७ गते हिमपहिरोमा परी बेपत्ता भएका ५ जनाको शव ९ महिनापछि भेटिएको हो। जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी इन्स्पेक्टर सन्तोषकुमार खड्काका अनुसार शुक्रबार नै शव फेला परेको थियो। मौसम […]










