काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले खारेज गरेको सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय बालेन शाह नेतृत्वको सरकारले उल्ट्याएको छ । बालेन क्याबिनेटको यसअघि बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था ब्युँताएको हो। ‘सांसदहरूले पहिला जे सुविधा पाउँदै आउनु […]
Author: ननस्टप संवाददाता
सुनको भाउ बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?
काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ। बुधबार तोलामा आठ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ८४ हजार आठ सय […]
कैलाली र सुनसरीबाट लागुऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ
काठमाडौं । कैलाली र सुनसरीबाट लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् । कैलालीबाट एक जना र धरानबाट दुई जनालाई प्रहरीले गएराति पक्राउ गरेको हो । कैलालीको धनगढी उपमहानगरपालिका १० घुइयाँघाटबाट गएराति साढे १० बजे लागुऔषध ब्राउन सुगरसहित स्थानीय ३५ वर्षीय राजेश रानालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको साथबाट १६६ मिलिग्राम […]
आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान आसपास रहेको छ। बिहीबार बिहान बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पानी परिरेहको छ। गोरखाको आरूघाटमा पछिल्लो एक घन्टामै १९ मिलिमिटर वर्षा मापन भएको छ। पछिल्लो चौबीस घन्टामा ताप्लेजुङको तापेथोकमा ८१ मिलिमिटर, नवलपुरको कोलुवामा ७०.६ […]
सहमतिबिनै आन्दोलन रोक्नु गृहमन्त्रीको दवाव, मिटरब्याज पीडितले वार्तासँगै संघर्ष जारी राख्ने
काठमाडौं । सरकार र मिटरब्याज पीडितबीचको तेस्रो चरणको वार्ता विफल भएको छ । बुधबार साँझ भएको वार्तामा गृहमन्त्री सुधन गुरुङले सहमति भन्दा पहिला नै आन्दोलन स्थगित गर्न दवाव दिए पनि सम्झौता नभएसम्म वार्ता र संघर्ष जारी रहने मिटरब्याज पीडितहरूले जनाएका छन् । निजगढमा बुधबार मध्यराति सहमति बिनै वार्ता टुंगिएको हो । सरकारी वार्ता टोलीको नेतृत्व […]
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश
काठमाडौं । सुपर सब लाउटारो मार्टिनेजले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गरेपछि इंग्ल्यान्डमाथि २-१ को पुनरागमन जित निकाल्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले एक गोलले पछि परेको स्थिति उल्टाउँदै अन्तिम समयमा दुई गोल गर्दै लगातार दोस्रोपटक फाइनलमा स्थान बनाएको हो । अर्जेन्टिनाका […]
प्रधानमन्त्री बालेन शाह नेपाली हिटलर भइसके– महन्थ ठाकुर
काठमाडौँ । राष्ट्रिय सभामा जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद महन्थ ठाकुरले प्रधानमन्त्री बालेन शाहलाई नेपाली हिटलरको संज्ञा दिएका छन्। बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद ठाकुरले प्रधानमन्त्री बालेनलाई ‘नेपाली हिटलर’ को संज्ञा दिएका हुन्। ‘नेपाली हिटलर भइसकेको छ। उसले जे बोल्छ, त्यही ठीक। जो गर्छ, त्यही कानुन हो,’ उनले भने। सरकारले दिएको आश्वासनहरूमध्ये अहिलेसम्म एउटा […]
प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित
काठमाडौँ। प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित भएको छ। बुधबार बसेको प्रतिनिधिसभाको बैठकको अन्तिममा सभामुख डीपी अर्यालले आगामी बैठक साउन १४ गते बस्ने सूचना पढेर सुनाएका हुन् । उनले बैठक नभएको समयमा जनतामाझ जान सांसदहरूलाई आग्रह गरे। उनले जनताका समस्या बुझ्न र सोहीअनुसार आगामी बैठकमा सरकारको ध्यानाकर्षण गराउन भनेका हुन् । आजको प्रतिनिधिसभाको बैठक अगाडि […]
इरानमा नाकाबन्दी लगाउन २० वटा युद्धपोत र सयौँ लडाकु विमान परिचालन
काठमाडौँ । अमेरिकाले इरानमाथि नाकाबन्दी गर्न मध्यपूर्वमा ठूलो शक्तिसहितको सैन्य परिचालन गरेको छ। वासिङ्टनको समयअनुसार आइतबार अपराह्न ४ बजेदेखि अमेरिकाले इरानको बन्दरगाहमा नाकाबन्दी घोषणा गरेको थियो। नाकाबन्दीपछि इरानमा तेल लिन जाने र तेल लिएर आउने पानी जहाजहरू हर्मुज जलमार्ग हुँदै आवत जावत गर्न रोक लगाइएको छ।नाकाबन्दी कार्यान्वयनका लागि मध्यपूर्वमा २० भन्दा बढी अमेरिकी युद्धपोत र सयौँ […]
सांसदले पुँजी बजार सम्बन्धमा उठाएका विषयमा १० दिनभित्र प्रतिवेदन बुझाउन अर्थ समितिको निर्देशन
काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले पुँजी बजार, बैंकिङ क्षेत्र तथा वित्तीय प्रणालीसँग सम्बन्धित सांसदहरूले उठाएका विषयमा १० दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन दिएको छ। बुधबार बसेको समितिको बैठकमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेन्ज (नेप्से), सिडिएस एन्ड क्लियरिङ तथा सम्बन्धित निकायसँग भएको छलफलपछि समितिले यस्तो निर्देशन दिएको […]











