काठमाडौँ । नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार रौतहटबाट बाबा वैद्यनाथ धाम र बासुकी नाथको दर्शन तथा पूजा गरेर फर्कने क्रममा झारखण्ड राज्यको कोडरमा जिल्लास्थित पोखरडीहा मोड नजिकै बस दुर्घटना भएको हो । ट्रकसँग बस ठोक्किएर दुर्घटना भएको बताइएको छ ।
मृतक तीन जनामध्ये एक १२ वर्षीय बालक रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अन्य दुई मृतकको सनाखत हुन बाँकी रहेको जनाइएको छ ।
दुर्घटनामा करिब ५० जना घाइते रहेको र केहीको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।







