काठमाडौं,१३ माघ। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक मुलुक भएकाले विविधतायुक्त मुलुकमा एकता कायम गर्न सबैलाई समान अधिकार दिनुपर्ने बताएका छन् । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र आदिवासी जनजाति महासंघ, नेपालको एकता घोषणा तथा शपथ ग्रहण समारोहमा उनले साम्राज्यवाद र सामन्तवादलाई परास्त गरेर युद्ध जित्न अझै एकताबद्ध भएर सामाजिक न्यायका पक्षमा […]
Author: Nonstop Khabar
चिनियाँ राजदुत हाउले भेटेर दिइन सभामुखलाई बधाई
काठमाडौँ, १३ माघ । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन । सभामुखमा निर्वाचित सापकोटालाई भेट्न राजदूत यान्छी सोमबार दिउँसो सिंहदरबार पुगेका थिए । सोमबार मात्रै सभामुखको सथपग्रहण गरेका सापकोटालाई भेट्न सिंहदरबार पुगेकी राजदूत यान्छीले सापकोटासँग करिब आधाघण्टा कुराकानी गरेका थिए । राजदूत यान्छीले सभामुख सापकोटालाई बधाई तथा सफल […]
इरानमा १ सय ३५ यात्रु सवार विमान चिप्लियो
एजेन्सी, इरानको एक विमान धावन मार्गबाट चिप्लिएर मुख्य सडकमा पुगेको छ। विमानमा कुनै क्षति नभएपछि इरानको क्यास्पियन एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट जोगिएको बताइएको छ । उक्त विमानमा १ सय ३५ यात्रु सवार थिए। दुर्घटनामा कुनै व्यक्ति घाइते नभएको सीएनएनले जनाएको छ । सार्वजनिक भएको भिडियो तथा फोटोमा ठूलो विमान सडकको बीचमा रोकिएको देखिएको छ। इरानी […]
गायिका आस्था राउत अझै चार दिन हिरासतमा रहने
काठमाडौं, १३ माघ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतलाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । काठमाडौं प्रहरी परिसर टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो । राउतले सोमबार बिहान प्रहरी समक्ष आत्मसमर्पण गरेकी थिइन् । उनले कानूनभन्दा आफू माथि नरहेको भन्दै प्रहरीलाई सघाउनकै लागि […]
ईटहरीमा खुल्यो फिल्म कोर्स पढाउने स्कुल
काठमाडौं, १३ माघ । नेपाली सिने क्षेत्रमा दक्ष र अनुभवी कलाकार तथा प्राबिधिकको उत्पादन गर्ने उद्देश्य सहित ईटहरीमा फिल्म पढाउने स्कुल संचालनमा आउने तयारी भएको छ । नेपाली सिने जगतका बा को रुपमा परिचित निर्माता तथा बितरक छबिराज ओझाको निर्देशन लगायत फिल्म कर्मिहरुको टिमले काठमाडौमा बिगत ४ वर्षदेखि सफल संचालन भैरहेको कान्तिपुर फिल्म एकेडेमीको पहिलो […]
कांग्रेस केन्द्रीय कार्यालयमा झडप, देउवा प्रवेश गर्नै लाग्दा भयो यस्तो हातपात
काठमाडौं, १३ माघ । नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा झडप भएको छ । कांग्रेसको विद्यार्थी संगठनका दुई समूहबीच झडप हुँदा सानेपामा तनाव उत्पन्न भएको छ । नेपाली कांग्रेसको पार्टी सभापति शेरबहादुर देउवा कार्यालय प्रवेश गर्ने क्रममा नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले समूहले उमेरको हदबन्दी तोकिनुपर्ने माग राख्दै पार्टी कार्यालयमा अनसनमा बसेपछि देउवा समूहले हातपात गरेको हो […]
प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्थाले भनिन यस्तो
काठमाडौं , १३ माघ। राउतले कानूनभन्दा माथि कोही नभएको बताएकी छन् । कानूनलाई ‘कोअपरेट’ गर्न नै आफू प्रहरीमा उपस्थित भएको भन्दै उनले भनिन्, ‘कानूनभन्दा माथि कोही पनि छैन, म पनि छैन । कानूनका हिसाबले जे मलाई हुन्छ, त्यो सहर्ष स्वीकार गर्छु ।’ राउत सिक्कम जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच गर्ने महिला सुरक्षाकर्मीसँग विवाद भएको […]
युभेन्ट्सले सिरी ‘ए’ फुटबलमा नापोलीसँग नमिठो हार
सुपरस्टार क्रिस्टियानो रोनाल्डोले गोल गरेपनि इटालियन महारथि युभेन्ट्सले सिरी ‘ए’ फुटबलमा नापोलीसँग नमिठो हार खेपेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्स नापोलीसँग २–१ गोलले पराजित भयो । प्रतिस्पर्धात्मक खेलमा सबै गोल दोस्रो हाफमा भएको थियो । पाहुना टोली युभेन्ट्सलाई हार चखाउन नापोलीका पिओटर जिलिन्स्कीले ६३औं मिनेटमा खाता खोले । ८६औं मिनेटमा लोरेन्जो इनसिग्नेले गोल […]
कांग्रेस नेता खतिवडाद्वारा घाइतेहरूको हेलिकप्टरबाट उद्धार
ओखलढुङ्गा १२ माघ । गाउँबाट बिरामी लिएर ओखलढुङ्गा सदरमुकामस्थित मिसन अस्पताल आउँदै गरेको बा २१ च ७३६१ नम्बरको बोलेरो आज बिहान ६ः३० बजेको समयमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको थियो । दुर्घटनामा घाइते भएकालाई नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले ओखलढुंगाबाट हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौं ल्याएका छन् ।ओखलढुंगा जिल्लाको फेदीकोटमा सोमबार […]
शपथ कार्यक्रमको विरोध जनाउने १२ जना मानवअधिकार कर्मी पक्राउ
काठमाडौं, १३ माघ। शीतलनिवास अगाडिबाट स्व। अर्जुन लामाकी श्रीमती पूर्णिमाया लामासहित १२ जना मानवअधिकारकर्मी पक्राउ परेका छन् । सभामुख अग्निप्रसाद सापकोटाको शपथ कार्यक्रमको विरोध जनाउने क्रममा उनीहरू पक्राउ परेका हुन् । पूर्णिमाया लामा शसस्त्र द्धन्दका वेला तत्कालिन नेकपा माओवादीद्धारा सफाया गरीएका अर्जुन लामाकी श्रीमती हुन् । मानव अधिकार कर्मीहरु स्वतः आएका हुन् वा कसैबाट परिचालित […]









