ईटहरीमा खुल्यो फिल्म कोर्स पढाउने स्कुल

काठमाडौं, १३ माघ । नेपाली सिने क्षेत्रमा दक्ष र अनुभवी कलाकार तथा प्राबिधिकको उत्पादन गर्ने उद्देश्य सहित ईटहरीमा फिल्म पढाउने स्कुल संचालनमा आउने तयारी भएको छ ।

नेपाली सिने जगतका बा को रुपमा परिचित निर्माता तथा बितरक छबिराज ओझाको निर्देशन लगायत फिल्म कर्मिहरुको टिमले काठमाडौमा बिगत ४ वर्षदेखि सफल संचालन भैरहेको कान्तिपुर फिल्म एकेडेमीको पहिलो साखा ईटहरी आउन लागेको बताए । जसको अन्तिम तयारी सकिएको कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरिले बताए ।

उनले यहि माघ १६ गते सरस्वती पुजाको अवसर पारेर ईटहरी साखालाई औपचारिक थालनी गरिने समेत जानकारी गराए ।ईटहरी साखाले फिल्म मेकिङ, भिडियो एडिटिङ, अभिनय र फोटोग्राफीको कोर्स गराउने छ । पहिलो चरणमा १ महिने कोर्सहरु तय भएका छन भने आबेदन फारम खुल्ला गरिएको छ ।

Loading...