पाटन नगरपालिका १ मा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको हो भने पुर्चौडी नगरपालिका ६ मा नहरमा ढुबेर १ बालिकाको मृत्यु भएको हो। ट्याक्टर दुर्घटनामा परी मृत्यु हुनेमा पाटन नगरपालिका १ का अन्दाजी ३० वर्षीय नरेन्द्र राज भट्टराई रहेका छन्। वडा नं १ को वडा कार्यालय नजिकै गुड्दै गरेको ट्याक्टरबाट खसेपछि पछाडीको टायरले किचेर उनको […]
Author: Nonstop Khabar
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १०६ पुग्यो
काठमाडौं, १४ माघ । कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या १०६ पुगेको छ । मृत्युको घटना चीनमा मात्र भएको हो । सँसारभर झण्डै पाँच हजारमा संक्रमण भएको तथ्यांक संकलन भइसकेको छ । चीनको उआन क्षेत्रबाट फैलिएको कोरोना भाइरस संसारका अन्य देशहरुमा समेत देखिएको छ । चीनको हुवे क्षेत्रमा गएका दिनमा २४ जनाको ज्यान गएको छ । […]
साढे दुई किलो चरेस र चितुवाको छालासहित पाँच पक्राउ
दाङ, १४ माघ । दाङमा साढे दुई किलो चरेस सहित तीन जना पक्राउ परेका छन् । प्राप्त सूचनाका आधारमा उनीहरुलाई तुलसीपुर उपमहानगरपालिका–१२ शीतलपुरबाट सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । पक्राउ पर्नेमा रुकुमपश्चिम मुसिकोट नगरपालिका–२ रातामाटाका २१ वर्षीय अनिल पुनमगर, रुकुमपश्चिम आठबिसकोट नगरपालिका–९ का २८ वर्षीय भीमबहादुर […]
करोना भाइरस प्रभाव: हिमालयन एयरलाइन्सद्वारा चीनका तीन गन्तव्यमा उडान स्थगित
काठमाडौं, १४ माघ । उत्तरी छिमेकी चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस संक्रमणले महामारीको रुप लिएपछि चीनका पाँच शहरमा उडान गर्दै आएको नेपालको निजीक्षेत्रको हिमालयन एयरलाइन्सले तत्कालिका लागि तीन शहरमा आफ्ना उडान स्थगित गरेको छ ।
‘नाईं नभन्नू ल ६’ मा पुन: अनुभव र सेड्रिनाको जोडी देख्न पाईने
काठमाडौँ, नेपाली चलचित्रमा ईतिहासमा अहिलसम्मकै धेरै सिक्वेल बनेको ‘नाईं नभन्नू ल’ को छैठौं निर्माण हुने भएको छ । चैतबाट छायांकन सुरु हुने चलचित्रका लागि अहिले निर्देशक विकासराज आचार्य कलाकार छनोटमा लागेका छन् । चलचित्रमा दोस्रो पटक अनुभव रेग्मी र सेड्रिना शर्माको जोडी बाँधिने भएको छ । यसअघि उनीहरुले यही चलचित्रको पाँचौ श्रृंखलामा सँगै काम गरेका […]
फ्लु नियन्त्रणका लागि चिकित्सकको टोली हुम्लामा
जुम्ला, १४ माघ । हुम्लाको चंखेली मेल्छाम सर्केघाट र खार्पुनाथ लगायतका स्थानहरुमा रुघाखोकी प्रकोप नियन्त्रण गर्न औषधिसहितको टोली खटिएको छ । कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल सुर्खेतका डा. सागर दाहाल,मेहलकुना अस्पतालका डा.विवेक शाह सहितको स्वास्थ्यकर्मी टोली र औषधि पठाइएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले जनाएको छ। हुम्लाको रुघाखोकीको प्रकोप सम्बन्धी प्रतिबेदन सार्वजनिक गर्दै निर्देशनालयले […]
सुर्खेतमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, स्थिति तनावग्रस्त
सुर्खेत, १४ माघ । वीरेन्द्रनगरमा टिपरले किच्दा एक जनाको मृत्युु भएको छ । कालिकोट महावै गाउँपालिका-३ सिमखेत घर भएका २० वर्षीया केशर सिंहको टिपरले किच्दा मृत्युु भएको हो । वीरेन्द्रनगर-३ गौतम चौकमा भे १ ख २२४२ नम्बरको टिपरले भे १ प २१७८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । टिपरले सिंहलाई किचेर अन्दाजी २० मिटर सम्म […]
३ वटा ट्रक एक आपसमा ठोक्किदा, ३ जनाको मृत्यु ९ घाइते
भैरहवा, १४ माघ । रुपन्देहीको रोहिणी गाँउपालिका ४ छिपागढमा ३ वटा ट्रक एक आपसमा ठोक्किदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। करिब ६स्३० बजे भैरहवादेखि परासी तर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवा तर्फ आउँदै गरेको ना २ ख ८४८१ र ना ५ ख ७८५६ नम्बरको […]
जुम्लामा माटोले लियो सासूबुहारीको ज्यान
घर लिप्ने माटो लिन गएका दुईजनाको मृत्यु भएको छ । जुम्लामा माटोको ढिस्कोमा पुरिएर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा चन्दननाथ नगरपालिका- ४ का ५५ वर्षिया नाक्ची सुनार र २५ वर्षिया सानुमाया सुनार रहेका छन् । उनीहरु सासूबुहारी हुन् । जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाए अनुसार घर लिप्ने रातो माटो लिन गएका उनीहरुको माटोको […]
मुलुकमा एकता कायम गर्न सबैलाई समान अधिकार दिनुपर्छः प्रचण्ड
काठमाडौं,१३ माघ। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक मुलुक भएकाले विविधतायुक्त मुलुकमा एकता कायम गर्न सबैलाई समान अधिकार दिनुपर्ने बताएका छन् । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र आदिवासी जनजाति महासंघ, नेपालको एकता घोषणा तथा शपथ ग्रहण समारोहमा उनले साम्राज्यवाद र सामन्तवादलाई परास्त गरेर युद्ध जित्न अझै एकताबद्ध भएर सामाजिक न्यायका पक्षमा […]








