डुंगा पल्टिँदा बेपत्ता भएका लुइँटेल मृत फेला

पोखरा, १३ फागुन । फेवातालमा सोमबार डुंगा पल्टिँदा बेपत्ता भएका काठमाडौँ (१० कपनका २७ बर्षीय सुमित भनिने राम शरण लुइँटेल आज मृत फेला परेका छन् । गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराबाट खटिएको गोताखर सहितको उद्दार टोलिले खोजतलास गर्ने क्रममा मंगलबार दिउँसो करिव ३ वजेको समयमा लुइँटेललाई मृत भेटेको हो । तालको खपौदी क्षेत्रमा ४० […]

बालाजुमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा दुई युवकको ज्यान गयो

काठमाडौँँ, १३ फागुन । काठमाडौँको बालाजु स्थित गंगाहल अगाडि ट्याक्सी र मोटरसाइकल एकआपसमा ठोक्किएका छन । उक्त दुर्घटनामा दुई युवकको ज्यान गएको छ । ज्यान गुमाउनेमा मोटरसाईकल चालक नुवाकोटका निखिल तामाङ रहेका छन् । यस्तै मोटरसाइकलमा सवार गम्भीर घाइते नुवाकोट ककनीका रुपेश तामाङको उपचारका क्रममा निधन भएको छ । बालाजुतर्फ आउँदै गरेको बा २ ज […]

नेकपाको नाङ्गो यथार्थ सार्वजनिक, सञ्चार मन्त्रालय भ्रष्ट्राचारको अखाडा: रिजाल

काठमाडौँ, १३ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. मीनेन्द्रप्रसाद रिजालले सरकारको नेतृत्व गरिरहेकोे नेकपाको नाङ्गो यथार्थ सार्वजनिक भएको बताएका छन । निवर्तमान मन्त्री गोकुल बाँस्कोटाले ७० करोड मागेको विषयमा कटाक्ष गर्दै नेता रिजालले बहालवाला मन्त्रीलाई ७० करोड घुस दिनेलाई नै ठेक्का दिने तयारी गर्नुले सरकारले बढी घुस जस्ले दिन्छ त्यसैलाई प्रोत्साहन गर्न […]

हार्बी वाइन्स्टिन बलात्कार तथा यौन दुर्व्यवहार मुद्दामामा दोषी ठहर

हलिउड मुगल हार्बी वाइन्स्टिन बलात्कार तथा यौन दुर्व्यवहारको अभियोगमा दोषी ठहर भएका छन् । हलिउडबाट सुरु भएको मी टू अभियानकै कारण विगतमा गरेका अपराधहरु बाहिर आएर दोषी ठहर हुने वाइन्स्टिन चलचित्र क्षेत्रका सबैभन्दा शक्तिशाली व्यक्ति हुन् । ६७ वर्षका वाइन्स्टिनलाई अमेरिकाको न्यूयोर्कमा रहेको अदालतले थर्ड–डिग्री रेप तथा फर्स्ट–डिग्री क्रिमिनल सेक्सुअल एक्टमा दोषी ठहर गरेको हो […]

सडक तथा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले सडक लेन छुट्याइने

काठमाडौँ, फागुन १३ गते । भक्तपुरको सूर्यविनायकदेखि जडीबुटीसम्मको सडकखण्डमा यात्रुवाहक, मालवाहक रकम गतिमा गुड्ने सवारीसाधनका लागि सडक लेन छुट्याइने भएको छ । काठमाडौँ उपत्यकाको सडक तथा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले नयाँ व्यवस्था गर्न लागिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले उपत्यकाको सवारी आवागमन सहज बनाउन तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने […]

मगर दिवशको दिन सार्वजनिक बिदा

पाल्पा, १२ फाल्गुन । पाल्पामा आगामी फागुन १५ गते विहिवार सार्वजनिक विदा हुने भएको छ । जिल्लाको निस्दी गाउँपालिका र रामपुर नगरपालिकामा ३८ औं मगर दिवशको दिन सार्वजनिक बिदा हुने भएको छ । गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा आज बसेको बैठकले उक्त निर्णय गरेको होमराईमगरले जनाएका छन । यस्तै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर […]

नयाँ नागरिकता कानुनको विषयलाई लिएर भएको विरोध प्रदर्शनमा पाँचजनाको मृत्यु

भारतको राजधानी दिल्लीमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भ्रमणको केही घण्टाअघि विवादास्पद नयाँ नागरिकता कानुनको विषयलाई लिएर भएको विरोध प्रदर्शनका क्रममा पाँचजनाको ज्यान गएको छ।गत वर्ष उक्त नयाँ कानुन पारित भएपछि विरोध प्रदर्शनहरू गर्ने क्रममा राजधानीमा घटेको सबैभन्दा हिंसात्मक उक्त घटनामा एकजना प्रहरी र चारजना गैरसैनिकहरूको ज्यान गएको हो।उक्त नयाँ नागरिकता कानुनका समर्थक र विरोधीहरूबीच भएको […]

कर्णाली नदीमा जीप खस्यो,चालक खड्काको मृत्यु

दैलेख, १३ फागुन । कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको नरहरिनाथ गाउँपालिकाका–१ को जिते बजारमा कर्णाली नदीमा आज बिहान जीप खसेको छ । रासकोटबाट जितेगडा यात्रु लिएर आएको लु १ ज ४१४१ नम्बरको जीप फर्किने क्रममा कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिएका छन् । जीपमा सवार यात्रु झारेर ब्याक गर्ने […]

मेलम्चीको सहायक ठेकेदारको भुक्तानी लागेन टुङ्गो

काठमाडौं, १३ फागुन । मेलम्ची खानेपानी आयोजनामा यसअघि निर्माणको काम गरेको इटालियाली कम्पनी सिएमसीले भुक्तानी गर्न बाँकी सहायक ठेकेदार र आपूर्तिकर्ताको भुक्तानी टुङ्गो लाग्न सकेको छैन । स्थानीय कामदारको ज्यालाको टुङ्गो लागे पनि सहायक ठेकेदारको विषयमा टुङ्गो लगाउन आवश्यक तयारी भइरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । सिएमसीले भुक्तानी गर्न बाँकी रहेको रमकसम्बन्धी मागदाबी […]

बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

काठमाडौं, १३ फागुन । काठमाडौंको टोखा नगरपालिका–१० गणेशस्थान नजिकै सोमबार राति बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार राति सवा ११ बजे ना१६प ९१३४ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो । उक्त दुर्घटनामा मोटरसाइकल चालक नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ घर भइ मनमैजु बस्ने ३० […]