मगर दिवशको दिन सार्वजनिक बिदा

पाल्पा, १२ फाल्गुन । पाल्पामा आगामी फागुन १५ गते विहिवार सार्वजनिक विदा हुने भएको छ । जिल्लाको निस्दी गाउँपालिका र रामपुर नगरपालिकामा ३८ औं मगर दिवशको दिन सार्वजनिक बिदा हुने भएको छ ।

गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा आज बसेको बैठकले उक्त निर्णय गरेको होमराईमगरले जनाएका छन । यस्तै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा बसेको बैठकले समेत उक्त दिन सार्वजनिक विदा दिने निर्णय गरेको जनाएका छन ।

यि दुई पालिकामा ३८ औं मगर एकता दिवसको अवसरमा सार्वजनिक बिदा गर्ने निर्णय भएको र उक्त दिन निस्दीको वडा नम्बर ४,मित्याल,झ्यालटुङ्ग खेल मैदानमा प्रत्येक वडाका विभिन्न झाकीहरु समेत प्रस्तुत गरिने गाउँपालिका प्रबक्ता मेख बहादुर सुनारीले बताएका छन । २०६८ सालको जनगणना अनुसार निस्दी गाउँपालिका पाल्पामा ८७ प्रतिशत मगर जातिको बसोबास रहेको तथ्यांक छ ।

Loading...