कोरियामा रहेका नेपालीको तत्काल उद्दार हुने सम्भावना न्यून

काठमाडौं, १३ फागुन । चीनको वुहान र आसपास फैलिएको नोभेल कोरोना भाइरसका कारण गत फागुन ४ गते कोरोना प्रभावित क्षेत्रबाट १ सय ७५ जना नेपालीको उद्धार गर्‍यो । चीनबाट उद्धार गरिएका नेपालीलाई राखिएको खरिपाटीको क्वारेन्टाइन स्थलको व्यववस्थापनका लागि सरकारलाई झण्डै २ साताको समय लागेको थियो । रक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या […]

सिडिओसहित सुरक्षा निकायका प्रमुखलाई गृहमन्त्रीको आकस्मिक निर्देशन

भक्तपुर, १३ फागुन । गृहमन्त्री रामहादुर थापा बादलले उपत्यकाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुको आकस्मिक बैठक बोलाएर गम्भीर निर्देशन दिएका छन् । सुरक्षामा चुनौती देखिएको भन्दै उनले उच्च सतर्कतामा रहन निर्देशन दिएका हुन् । भक्तपुर,ललितपुर र काठमाडौंका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० सहित प्रहरी, सशस्त्र, अनुसन्धान विभाग र महानगरीय प्रहरी कार्यालयका प्रमुखहरुलाई बोलाएर मन्त्री […]

अनुगमनका क्रममा ३ कम्पनीका औषधि गुणस्तरहीन

काठमाडौं, १३ फागुन । अनुगमनका क्रममा ३ वटा औषधि उत्पादक कम्पनीले बजारमा बिक्रीका निम्ति पठाएका औषधि गुणस्तरहीन रहेको भेटिएको छ । औषधि गुणस्तरहीन रहेको पुष्टि भएपछि औषधि व्यवस्था विभागले तत्काल त्यस्ता औषधि बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । काभ्रेमा स्थापित कम्पनी गोर्खानाथ हर्बस्युटिकल्स प्राइभेट लिमिटेडले उत्पादन गरेको अभिपत्तिकर चूर्ण १०० ग्राम र भास्कर हर्वस्युटिकल्स […]

कोरोना भाइरस बाट २७ सय बढिको मृत्यु, ८० हजार संक्रमित

एनेन्सी, १३ फागुन। चीनको वुहान र आसपास फैलिएको नोभेल कोरोना भाइरस विश्वका २ दर्जन बढी मुलुकमा फैलिसको छ । नोवेल कोरोना ९कोभिड–१९० भाइरसबाट २७ सय १ जनाको मृत्यु भएको छ । मंगलबार बिहानसम्ममा चीनमा मात्रै यो संक्रमणबाट २ हजार ६ सय ६३ जनाको ज्यान गएको छ । पछिल्लो विवरणअनुसार, इरानमा १२, दक्षिण कोरियामा ९, इटलीमा […]

प्रधानमन्त्री ओली पोखरामा

पोखरा,१२ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आएका छन । नेकपा गण्डकी प्रदेशद्वारा आयोजित प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न उनि पोखरा आएका हुन । प्रधानमन्त्री ओलीलाई पोखरा विमानस्थलको अतिविशिष्ट कक्षमा प्रदेश प्रमुख अमिक शेरचन, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, प्रदेशका मन्त्री, प्रदेश मुख्य सचिव हरिप्रसाद […]

‘हिजो आजका कुरा’ चलचित्रको गीतमा दर्जन चर्चित कलाकार

काठमाडौँ, १२ फागुन । आउँदो बैशाख १२ गतेबाट प्रदर्शनमा आउन लागेको साकार पन्तको डेब्यू निर्देशित चलचित्र ‘हिजो आजका कुरा’ को पहिलो गीत सार्वजनिक भएको छ । चलचित्रको ‘माया जदौ’ बोलको गीत बलिउड चलचित्र ‘ओम शान्ति ओम’ को गीत ‘दिवान्गी दिवान्गी’ शैलीमा तयार पारिएको छ । तर, निर्माण टिमले बलिउड चलचित्र ‘ओम शान्ति ओम’ को नक्कल […]

शिक्षामन्त्रीले दिए सीटीईभीटीलाई निर्देशन

काठमाडौँ, १२ फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जनयुद्धमा घाइते र अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाउन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीईभीटी लाई निर्देशन दिएका छन्। सीटीईभीटीको ३२ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले रोजगारीको ग्यारेन्टीका साथ जनयुद्ध, मधेश आन्दोलन, थारु जनजाति आन्दोलनका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाउन निर्देशन […]

गाडीको ठक्करबाट एकजनाको मृत्यु, राजमार्ग अवरुद्ध

सिन्धुली, १२ फागुन । विपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा गाडीको ठक्करबाट एकजनाको मृत्यु भएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका छन्। गाडीको ठक्करबाट सोमबार बिहान स्थानीय ५० वर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएको थियो। ठक्कर दिने गाडी पत्ता लगाएर आवश्यक कानुनी कारवाहीको माग गर्दै स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका हुन्। ठक्कर दिने सवारीको खोजी भइरहेको र अवरुद्ध राजमार्ग […]