२ करोडभन्दा बढी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, २५ फागुन । प्रहरीले अर्घाखाँची घर भएका ३९ वर्षीय बाबुराम श्रेष्ठलाई पक्राउ गरेको छ । श्रेष्ठलाई शनिबार नेपालगञ्जबाट पक्राउ परेका हुन । माल्टा र कुवेत पठाइदिन्छु भन्दै २ करोड ५० लाखभन्दा बढी ठगी गरेको उजुरी परेपछि नेपालगञ्जबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए । माल्टा पठाइदिन्छु भन्दै श्रेष्ठले २६ जनाबाट […]

अस्वस्थका कारण निवासमै आराम गर्दै प्रचण्ड

काठमाडौं, २५ फागुन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) अस्वस्थका कारण निवासमै आराम गर्दै छन् । प्रचण्डको सचिवालयका अनुसार उनलाई सामान्य रुघाखोकी लागेको छ । रुघाखोकी लागेपछि प्रचण्डले नेता तथा कार्यकर्ता र सुभेच्छुकहरुसँगको भेटघाट बन्द गरेका छन् । अहिले प्रचण्ड ललितपुरको खुमल्टारस्थित निजी निवासमा आराम गरिरहेका […]

सुनको मूल्यले बनायो फेरि नयाँ इतिहास

काठमाडौँ, २५ फागुन । नेपाली बजारमा सुनको मूल्यले दिनहुँ जसो नयाँ रेकर्ड बनाइरहेको छ केही महिनादेखि आकाशिँदै आएको सुनको मूल्य साताको पहिलो दिन अर्थात आइतबार फेरि नयाँ कीर्तिमान बनाएको छ । आज छापावाला सुन प्रतितोला ८२ हजार ५ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज तेजाबी सुनको मूल्य ८२ हजार […]

नारीदिवसकै दिन कपिलवस्तुमा महिलामाथि तेजाब प्रहार

कपिलवस्तु २५ फाल्गुन । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका– १ महाराजगञ्जमा एक महिलामाथि तेजाब प्रहार गरिएको छ । तेजाब प्रहारबाट ५१ वर्षीया बेदमतीदेवी गुप्ता घाइते भएकी छिन् । गुप्ताको अवस्था सामान्य रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए । महिलाको निधार र शरीरमा तेजाब लागेको छ । तेजाब आक्रमणपछि घाइते गुप्ताको कपिलवस्तु जिल्ला अस्पतालमा […]

ट्रकलाई अर्को ट्रकले ठक्कर दिँदा सहचालकको मृत्यु

रौतहट, २५ फागुन । रौतहटमा रोकिराखेको ट्रकलाई अर्को ट्रकले ठक्कर दिदा सहचालकको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गको चन्द्रनिगाहपुर– बागमती सडक खण्डमा भएको दुर्घटना परेर दुर्घटना हुँदा धनुषा जिल्ला शहिद नगरपालिकाका अन्दाजी २० वर्षीय मनोज कुमार यादवको मृत्यु भएको हो । मृतक यादवको शव ट्रकको स्टेरिङ च्यापिएको अवस्थामा निकालिएको थियो । सो सडक खण्डको चन्द्रपुर […]

प्रदेश ५ का मुख्यमन्त्रीद्वारा अन्तराष्ट्रिय महिला दिवसको शुभकामना

बुटवल २५ फागुन। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले अन्तराष्ट्रिय महिला दिवसको अवसरमा समस्त महिला दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देश व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले विश्वमा मार्च ८ लाई महिला सशक्तिकरण र आत्मसम्मान उत्सवका रुपमा मनाईने गरेपनि नेपालमा राजनैतिक चेतना र जागरण विस्तारको अवसरका रुपमा मनाइदैं […]

चरम लापरवाही, स्टिल झिक्नु पर्नेमा झिकिदियो हड्डी

उदयपुर २५ फागुन, । ४२ वर्षीय पूर्णबहादुर खत्रीको देब्रे कुममा राखिएको स्टिल झिक्नुपर्नेमा डाक्टरले हड्डी काटेर फालेका छन । उदयपुरको गाईघाट सिभिल हस्पिटल एन्ड ट्रमा सेन्टरका अर्थोपेडिक डा. सञ्जयकुमार साहले हड्डी झिकिदिएको खत्री बताउँछन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागडी ३ बाम्राका खत्रीको कुममा अप्रेसन गरी स्टिल राखिएको थियो । ‘डाक्टरले स्टिल छाडेर हड्डीको टुक्रा काटेर […]

१२ वर्षीय बालकले आफ्नै भाइको कुटपिट गरी हत्या

कैलाली, २५ फागुन । कैलालीमा एक वर्षिय आफ्नै भाइलाई १२ वर्षीय बालकले कुटेर हत्या गरेका छन् । कैलालीको चुरे गाउँपालिका–४ मा १२ वर्षीय बालकले आफ्नै भाइको कुटपिट गरी हत्या गरेका छन् । आमा जङ्गलमा घाँस, दाउरा गर्न गएको बेला भाइको हेरालुका रुपमा राखिएका ती बालकले काठको लट्ठी र हातले निर्घात कुटपिट गरी घाइते बनाएको जिल्ला […]

जवानले आफैंलाई हाने गोली

सर्लाही, २५ फागुन । ड्युटीमा खटिएका सशस्त्र प्रहरीका जवानले आफैंमाथि गोली प्रहार गरेका छन् । गोली प्रहारबाट उनी गम्भीर घाइते भएका छन् । सशस्त्र प्रहरी बल नं १० गण कविलासीमा कार्यरत ३० वर्षीय आन्नद मिश्राले आफैंले बोकेको एसएलआरबाट आफैंतर्फ निशाना सोझ्याएका हुन् । सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले मिश्राले आफैंलाई घाँटीमा गोली प्रहार गरेको जानकारी […]

बैतडीमा जिप दुर्घटना हुदा एकको मृत्यु, छ घाईते

बैतडी, २५ फागुन । धनगढीबाट दार्चुला जाँदै गरेको जिप बैतडीमा दुर्घटना भएको छ । दुर्घटनामा परि चालकको घटना स्थलमै मृत्यु भएको छ । जिपमा सवार छ जना घाईते भएका छन् । घाईते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । धनगढीबाट दार्चुला जादैं गरेको अनटेष्ट ९१२५७० जिप आईतबार राति २ः१५ बजे बैतडीको पाटन नगरपालिका –६, […]