१२ बर्षपछि पत्रकार वीरेन्द्र साहको हत्यारा पक्राउ

कलैया, २५ फागनु । पत्रकार वीरेन्द्र साहको हत्यारालाई बारा प्रहरीले १२ बर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा साविक गाविस–गडहल हाल बारागढी गाउँपालिका वडढा नम्बर–६ गडहलटोलका कुन्दन फौजदारलाई उनकै निवासमा सुतिरहेको अवस्थामा प्रहरीले घेराहाली आइतबार राती २ बजे पक्राउ गरेको बाराका प्रहरी उपरीक्षक कृष्णप्रसाद पगेनीले बताए । पत्रकार साहको हत्या भएको १२ वर्ष पछि प्रहरीले […]

अस्ट्रेलिया पढ्न गएका २० वर्षिय नेपालीमा कोरोनाको संक्रमण

काठमाडौं, २५ फागुन । नेपालबाट अस्ट्रेलिया पढ्न गएका एक युवामा कोरोनाको संक्रमण देखिएको छ । अस्ट्रेलियाको तास्मानिया पुगेका युवामा कोरोना भाईरसको संक्रमण देखिएको हो । उनको परिचय भने गोप्य राखिएको छ । २० वर्षका ती युवक गत फेव्रवरी २६ मा सिंगापुर र सिड्नी हुदै तास्मानिया पुगेका थिए । शनिवार ती युवकमा कोरोना संक्रमण भएको रिपोर्ट […]

कोरोना संक्रमितलाई राखिएको होटल भत्किदा ७० जना पुरिए

एजेन्सी, चीनमा कोरोना संक्रमितलाई क्वारेन्टाइनमा राखिएको एक होटल भत्किँदा ७० जना पुरिएका छन् । दक्षिणी चीनको फुजिएन प्रान्तको च्वान्जू नगरको उक्त पाँचतले होटल भत्किँदा भग्नावशेषमा झन्डै ७० जना फसेका थिए। तीमध्ये ४७ जनालाई बाहिर निकालिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। भवन भत्किनुको कारण तथा कसैको मृत्यु भए वा नभएको स्पष्ट छैन। कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले […]

आज ८ मार्च र ११० औं अन्तर्राष्ट्रिय महिला दिवस

आज ८ मार्च र ११० औं अन्तर्राष्ट्रिय महिला दिवस समाजमा हुने लैङ्गिक विभेदको अन्त्यको लागि अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ । लैङ्गिक विभेद भन्नाले महिला र पुरुष बिचको विभेद वा अन्तरलाई बुझिन्छ । लैङ्गिक न्याय भन्नाले समानताको उपभोग गराउनु हो, र राज्यद्वारा प्रदान गरिने सेवा, सुविधा, विकासको मनोबैज्ञानिक पक्ष , कानुनी पक्ष, आर्थिक पक्ष, भौगोलिक […]

कोरोना त्रास: इटालीमा एक करोड ६० लाख मानिस क्वारेन्टाइनमा

एजेन्सी । इटालीले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा लिन एक करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राखिने भएको छ । कोरोना सङ्क्रमण नियन्त्रणको लागि एक करोड ६० लाख मानिसको बसोबास रहेको क्षेत्रलाई पूर्ण रुपमा ‘लक डाउन’ गरी क्वारेन्टाइन बनाइने भएको छ । लोम्बार्डी क्षेत्र र उत्तर तथा पूर्वका ११ प्रान्तलाई लक डाउन गर्ने तयारी इटालीले गरेको हो […]

काठमाडौँकै एक स्कूलमा नम्बर कम ल्याएको भनेर ब्लेडले विद्यार्थीको हात चिर्न लगाउने शिक्षिका

काठमाडौँ । कम नम्बर ल्याएको भन्दै विद्यार्थीलाई आफ्नै हात ब्लेड (पत्ति)ले चिर्न लगाएर ‘निर्मम’ सजाय दिने शिक्षिकालाई बर्खास्त गरी अनुसन्धान सुरु गरिएको काठमाडौँको जडिबुटी स्थित जागृति एकेडेमीले जनाएको छ । सामाजिक शिक्षाको परीक्षामा कम नम्बर ल्याएको भन्दै विगत १२ वर्षदेखि अध्यापनरत शिक्षिका सीतालक्ष्मी कर्माचार्यले गएको हप्ता कक्षा ६ र ७ मा अध्ययनरत ३० भन्दा बढी […]

उच्च नेता सहभागी कार्यक्रममा चल्याे गोली ३२ को मृत्यु, मुस्किलले बाँचे अब्दुल्लाह

काठमाडाैं । अफगानिस्तानको राजधानी काबुलमा शुक्रबार ठूलो आक्रमण भएको छ । शुक्रबार काबुलमा बन्दुकधारीहरुले एक कार्यक्रममा गोलाबारी सुरु गरेका थिए । जसमा कम्तिमा पनि ३२ जनाको मृत्यु भएको छ । कैयौँ मानिसहरु घाइते भएका छन् । प्रहरीको जवाफी कारबाहीमा हमलाकारीको पनि मृत्यु भएको छ । यो हमलामा अफगानिस्तानका मुख्य कार्यकारी अधिकारी (सीईओ) अब्दुल्ला अब्दुल्ला मुस्किलले […]

हुम्लामा भारी हिमपात

हुम्ला, २४ फागुन । हुम्लामा पुन भारी हिमपमत भएको छ । शुक्रबार साँझदेखि निरन्तर भएको हिमपातले हुम्लामा चिसो बढेको छ । हिमपातले जिल्लामा तापक्रम माइनस पाँच मा झरेको छ । जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । शुक्रबार बिहान मौसम सफा भएर घाम […]

साउदी राज परिवारका तीन वरिष्ठतम सदस्य अचानक पक्राउ

साउदी, २४ फागुन । साउदी अरेबियाको राज परिवारका तीन वरिष्ठतम सदस्य पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजाका भाइ राजकुमार अहमद बिन अब्दुलाजिज, पूर्व राजकुमार मोहम्मद बिन नायेफ र भतिजा नवाफ बिन नायेफ छन् । तीनै जनालाई शुक्रबार हिरासतमा लिइएको हो । उनीहरूलाई किन गिरफ्तार गरियो भन्नेबारे केही खुलाइएको छैन । पक्राउ परेका उनीहरूले साउदीको […]

अमेरिकी पर्यटकसँगै भुटान पुग्यो कोरोना भाइरस

काठमाडाैं, २३ फागुन । एकजना अमेरिकी पर्यटकमार्फत हिमाली राज्य भुटानमा पनि कोरोना भाइरस पुगेको छ। गत सोमबार हवाईजहाजमार्फत राजधानी थिम्पु पुगेका ७६ वर्षीय अमेरिकी पर्यटकसँगै कोरोना भाइरस पुगेपछि भुटाले सजगता अपनाएको छ। थिम्पु पुगेका ती अमेरिकी पर्यटकमा कोरोना भाइरस पोजिटिभ भेटिएपछि भुटानले शुक्रबारदेखि लागू हुने गरी दुई साताका लागि विदेशी पर्यटकको प्रवेशमा प्रतिबन्ध लगाएको छ। […]