अस्वस्थका कारण निवासमै आराम गर्दै प्रचण्ड

काठमाडौं, २५ फागुन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) अस्वस्थका कारण निवासमै आराम गर्दै छन् । प्रचण्डको सचिवालयका अनुसार उनलाई सामान्य रुघाखोकी लागेको छ ।

रुघाखोकी लागेपछि प्रचण्डले नेता तथा कार्यकर्ता र सुभेच्छुकहरुसँगको भेटघाट बन्द गरेका छन् । अहिले प्रचण्ड ललितपुरको खुमल्टारस्थित निजी निवासमा आराम गरिरहेका सचिवालयका एक सदस्यले जानकारी दिए ।

प्रचण्ड गत मंगलबार प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका थिए । प्रचण्ड गत मंगलबारदेखि नै अस्वस्थ छन् । अस्वस्थताका बीच ओलीलाई भेट्न अस्पताल पुगेका प्रचण्ड त्यसयता बाहिर निस्किएका छैनन् ।

Loading...