काठमाडौं, ५ चैत । तीनथानामा रोकिराखिएको ट्रकभित्र किशोरी बलात्कृत भएकी छन् । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५, मा किशोरी बलात्कृत भएकी हुन । घटनालगत्तै प्रहरीले त्यसमा संलग्न दुई किशोरसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । तीनथानाको सडक किनारामा पार्किङ्ग गरी राखिएको ना ३ ख ६९४ नम्बरको ट्रकभित्र १७ वर्षीया किशोरी बलात्कृत भएकी हुन् । महानगरीय प्रहरी वृत्त […]
Author: Nonstop Khabar
होटलबाट ६ किलोग्राम चरेससहित भारतीय नागरिक पक्राउ
काठमाडौँ, ५ चैत । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले कलङ्कीस्थित एक होटलबाट ६ किलो १५० ग्राम चरेससहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।अवैध लागुऔषध सहित भारत विहारका ४० वर्षीय अनवर अली अन्सारीलाई मङ्गलबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रुगम कुँवरले झोलामा लुकाएर राखेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए । पक्राउ […]
पूर्व शिक्षामन्त्री चित्रलेखा यादवमाथि यौनहिँसा संग जोडिएको गम्भीर आरोप
भक्तपुर, ५ चैत । पूर्व शिक्षामन्त्रीसमेत रहेकी सांसद एवं नेपाली कांग्रेस नेत्री चित्रलेखा यादवमाथि गम्भीर आरोप लागेको छ । आफ्नी बुहारीलाई आफ्नै पतिले यौनहिंसा गर्दा समेत नरोकेको उल्टै उकासेको उनीमाथि आरोप लागेको हो । नेपाली काँग्रेसमा शेरबहादुर देउवा निकट नेत्री यादव पूर्व उपसभामुख समेत हुन् । भद्र र शालीन व्यक्तित्व भएकी देखिने उनलाई यस्तो गम्भिर […]
विश्वभर (कोभिड-१९) संक्रमणबाट पछिल्लो २४ घण्टामा ४ सय ७५ जनाको मृत्यु
काठमाडौँ, ५ चैत । विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना (कोभिड -१९) भाइरसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी महामारी घोषणा गरेको छ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पछिल्लो समय युरोपेखि मुलुकहरुमा तीव्र गतिमा फैलिरहेको छ । अहिले चीनमा नयाँ संक्रमण लगभग शून्य जस्तै भएको छ । तर युरोपको इटाली र […]
(कोभिड–१९ ) को संक्रमण दक्षिण पूर्वी एसियामा फैलन सक्ने डब्लुएचओको चेतावनी
एजेन्सी, चिनबाट फैलिएको कोरोना भाइरसको संक्रमणलाई लिएर विश्व स्वास्थ्य संगठनले दक्षिण पूर्वी एसियाली देशका लागि कडा चेतावनी जारी गरेको छ । कोभिड–१९ को संक्रमण बिस्तार हुन नदिनका लागि गरिएका प्रयासहरुलाई तत्काल सघन र प्रभावकारी बनाउन नसकिए अवस्था भयावह हुने भन्दै डब्लुएचओले दक्षिण पूर्वी एसियाली देशलाई सचेत गराएको हो । संक्रमण तीव्र गतिमा बिस्तार हुँदै गएको […]
चितुवाले घिसार्दै तनहुँको जंगल लाँदै गर्दा इन्दिराले लडेर बचाइन छोरी
तनहुँ, ५ चैत । तनहुँकी एक महिला चितुवाको आक्रमणमा परेकी आफ्नी छोरीलाई खोसेर उद्धार गर्न सफल भएकी छिन् । शुक्लागण्डकी नगरपालिका–३, बनकेवाकी इन्दिरा न्यौपानेले सोमबार साँझ घरमै खेलिरहेकी छोरीलाई आक्रमण गरी घिसारेर ५० मिटर तल पुर्याएको चितुवासँग लडेर छोरीलाई बचाएकी हुन् । घरको आँगनमा रहेको धारामा आमासँग हात समातेर पुगेकी २१ महिनाकी संस्कृति न्यौपानेलाई चितुवाले […]
जर्मन छोरालाइ पाँच विघा जमिन र बंगलादेशी छोरीलाइ यतिसम्म पदको दुरुपयोग
काठमाडौं, ५ चैत । गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता कोइरालाले आफू परराष्ट्रमन्त्री रहेका बेला विदेशी नागरिक छोरीलाई पदीय दुरुपयोग गरी गैरआवासीय नेपाली ९ल्च्ल्० को परिचय उपलब्ध गराएको प्रमाण फेला परेको छ । सुजाताद्वारा जर्मन नागरिकता भएकी र बंगलादेशी नागरिक रुबेल चौधरीसँग वैवाहिक सम्बन्धमा रहेकी छोरी मेलानी रोशा जोस्टलाई परराष्ट्र मन्त्रालयको तर्फबाट गैरआवासीय नेपालीको परिचयपत्र उपलब्ध गराइएको […]
गणेश र अग्निबीच संसदमा रिक्त महासचिव बनाउनेबारे चर्काचर्की
काठमाडौं, ५ चैत । पार्टी मिल्यो, नाम, झण्डा र संसद्मा बस्ने लहरसम्म मिलेको छ । तर मान्छेहरुको मन अझै मिलेको रहेनछ, जुन कुरा सिंहदरवारमै देखियो । कुरा संसदमा रिक्त महासचिव पदमा कसलाई सिफारिस गर्ने भन्ने मात्रै हो । महासचिव मनोहरप्रसाद भट्टराई आइतबारदेखि अवकासमा गए । त्यसपछि लफडा चल्यो, नयाँ महासचिव सिफारिस र कार्यवाहकका बारेमा । […]
भूमिसँग जोडिएका सबै समस्या समाधान गर्न सरकार गम्भीर छ: पद्मा अर्याल
काठमाडौं, ४ चैत । राष्ट्रियसभाको मंगलबारको बैठकमा भूमिसँग जोडिएर सदनमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले भूमि सम्बन्धि सम्पूर्ण समस्याको एकिकृत ढंगले समाधान गर्ने गरी सरकारले काम गरिरहेको स्पष्ट पारेकी छन् । उनले सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या उठाइ रहनुपर्ने अवस्थाको अन्त्य गरिने प्रतिवद्धता जनाए। उनले सुकुम्बासी, […]
२९ वर्षीय वातावरणमन्त्री माइकललाई कोरोना संक्रमण: १५ मन्त्री क्वारेन्टाइनमा
बिबिसी,पोल्यान्ड सरकारका १५ जना मन्त्रीलाई क्वारेन्टाइनमा राखिएको छ । पोल्यान्डका २९ वर्षीय वातावरणमन्त्री माइकल वसलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि १५ जनालाई मन्त्रीलाई क्वारेन्टाइनमा राखिएको हो । प्रधानमन्त्री कार्यालयका प्रमुख माइकल डोरसिकका अनुसार मन्त्री बसलाई सोमबार कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । उनले आफूलाई अहिले सञ्चो भएको बताए । मन्त्रिपरिषद पछिल्लो बैठक मार्च १० […]











