पूर्व शिक्षामन्त्री चित्रलेखा यादवमाथि यौनहिँसा संग जोडिएको गम्भीर आरोप

भक्तपुर, ५ चैत । पूर्व शिक्षामन्त्रीसमेत रहेकी सांसद एवं नेपाली कांग्रेस नेत्री चित्रलेखा यादवमाथि गम्भीर आरोप लागेको छ । आफ्नी बुहारीलाई आफ्नै पतिले यौनहिंसा गर्दा समेत नरोकेको उल्टै उकासेको उनीमाथि आरोप लागेको हो । नेपाली काँग्रेसमा शेरबहादुर देउवा निकट नेत्री यादव पूर्व उपसभामुख समेत हुन् । भद्र र शालीन व्यक्तित्व भएकी देखिने उनलाई यस्तो गम्भिर आरोप अरु कसैले नभएर उनकै बुहारी स्वयम्ले लगाएकी हुन् ।

चित्रलेखाकी बुहारी रानी यादवले सामाजिक संजालमार्फत यो खुलासा गरेकी छन् कि उनी ससुरा डा श्रीकृष्ण यादवको यौन हिँसामा परेकी छन् तर त्यो थाहाँ पाएर पनि चित्रलेखा र उनका परिवारले उनीमाथि न्याय दिएनन । उनले यौन हिँसाको आरोप लगाएकी ससुरा डा श्रीकृष्ण यादवको पहिचान चित्रलेखाको श्रीमान् सम्ममा सिमित छैन । उनी अंग्रेजीका पिएचडी हुन् भने संबैधानिक आयोगको रुपमा रहेको लोक सेवा आयोगका पूर्व सदस्य समेत हुन् ।

चित्रलेखा र डा श्रीकृष्ण यादवका एक्लो छोराको रानी श्रीमती हुन् । चित्रलेखाले देउवा नेतृत्वको सरकारमा आफू शिक्षा मन्त्री रहँदा बडो तामझामले छोराको बिहे गरी रानीलाई बुहारीको रुपमा भित्राएकी थिइन् । हामीले त्यसबखत चित्रलेखाले शक्तिको दुरुपयोग गर्दै सानोठिमीस्थित तत्कालिन उच्च माध्यमिक शिक्षा परिषदका गाडीहरु बिहेमा प्रयोग गरेको समाचार समेत प्रकाशित गरेका थियौं ।

रानीका श्रीमान् भने अमेरिकामा बस्छन । उनी त्यहाँ सामान्य काम गरेर बसिरहेको यादव परिवारको निकट श्रोतले जनाएको छ । छोरा अमेरिका हुनुको फाइदा उठाउदै सासुराले यौन हिँसा गरेको रानीले जिकिर गरेकी छन् । आफूलाई यौन शोषण गरेको नपत्याउने लाई रानीले प्रश्न गरेकी छन्, बुहारीलाई आफूसँग होटलको बन्दकोठामा ढोका लक गरेर २ घन्टासम्म कुन थकान मेटाउनका लागि राख्छन्, शारीरिक, सामाजिक वा मानसिक रु

पूर्व शिक्षा मन्त्री समेत रहेकी चित्रलेखाले भने रानीको आरोप आफू र आफ्नो श्रीमानको चरीत्र हत्या गर्ने उदेश्य बाट आएको बताएकी छन । रानी अर्कै केटासंग पोइल गएकी र उल्टै आफूहरुकै बद्नाम गराउन नचाहिँदो आरोप लगाएकी उनको दावी छ ।

यादव परिवार निकट श्रोतका अनुसार भने रानीका श्रीमानले उनलाई अमेरिका लौजान नसक्नु नै यो परिवार कलहको कारण हो । करिब चार वर्षे छोरा समेत भएकी रानी श्रीमान संग बस्न नपाउदा दुखी थिइन् । उनको दुख बुझ्नुको साटो बुहारी प्रेम सम्बन्धमा परेको भन्दै छोरा बुहारीमा फाटो ल्याउन यादव दम्पतीले भूमिका खेलेका कारण रानी उनीहरुदेखी असन्तुष्ट रहेको श्रोतको दावी छ ।

डा. श्रीकृष्ण यादवको चरीत्रबारे यस अघि कसैसंग यौनको विषयमा जोडिएको थाहाँ नपाएकोले रानीको आरोप पत्याइहाल्ने अवस्था भने नरहेको श्रोतको भनाइ छ । ”यद्यपी रानीको आरोपमाथि छानवीन हुनुपर्दछ ।” श्रोतले भन्यो । उनीहरुबीचको सम्पतिको विषय पनि आरोप पत्यारोपको कारण हुनसक्ने आसंका गरिएको छ ।

Loading...