विश्व बैंकबाट ५४ अर्ब ऋण लिने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले विश्व बैंकको ५४ अर्ब रुपैयाँ बराबरकाे ऋण लिने निर्णय गरेकाे छ । मन्त्रिपरिषद्को बैठकले विश्वबैंकबाट प्रस्तावित ३०० मिलियन अमेरिकी डलर र स्केल अफ फेसिलिटीअन्तर्गत १५० मिलियन अमेरिकी डलर गरी कूल ४५० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको हाे । विश्व बैंकबाट लिइएकाे याे ऋण सहयोग नेपालकाे रणनीतिक सडक सञ्जाल […]

सदस्य मोहना अन्सारीको ट्वीटप्रति मानव अधिकार आयोगका अध्यक्षको आपत्ती

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सदस्य मोहना अन्सारीले समाजवादी दलकी नेतृ सरिता गिरीलाई कारबाही गर्ने पार्टीको निर्णयबारे सामाजिक संजाल ट्विटरमा गरेको टिप्पणीमाथि खेद व्यक्त गरेका छन् । गिरीलाई विषयमा अन्सारीले सामाजिक संजालमा लेखेको विषयले आयोगको ध्यानाकर्षण भएको भन्दै अध्यक्ष अनुपराज शर्माले विज्ञप्ति जारी गरेका हुन् । बिहीबार विज्ञप्ति जारी गर्दै अध्यक्ष शर्माले […]

भारतीय मिडियाले पीत पत्रकारिताको निकृष्ठ नमूना देखाए: पत्रकार महासंघ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीविरुद्ध भारतीय सञ्चारमाध्यम जी न्युजले असत्य, भ्रामक र कपोकल्पित सामग्री प्रसारण गरेको भन्दै नेपाल पत्रकार महासंघले निन्दा गरेको छ । भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लो स्तरबाट गरिएको प्रचार पीत पत्रकारिताको नमुना भएको महासंघले टिप्पणी गरेको छ । महासंघका महासचिव रमेश विष्टले बिहीबार विज्ञप्ति जारी […]

भारतीय न्यूज च्यानलहरु नेपालमा प्रशारणमा रोक

काठमाडौँ । नेपालमा प्रशारण हुने भारतीय न्युज च्यानलहरु केबल अपरेटर कम्पनीहरुले प्रशारणमा रोक लगाएका छन् । भारतीय न्युज च्यानलहरुमा अफवाह फैलाउने किसिमका समाचारहरु आउन थालेपछि केवल अपरेटरहरुले आन्तरिक छलफल गरेर बन्द गर्ने निर्णय गरेको म्याक्स डिजिटल टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए । नेपालमा विदेशी च्यानल अनुमति लिएका केवल अपरेटरहरुले भारतीय न्युज च्यानलहरु बन्द गरेका हुन् […]

सार्वजनिक यातायात खुल्ला, सरकारले नै बढायो ५० प्रतिशत भाडा

काठमाडौँ, २५ असार । लकडाउनकाे करिव ४ महिना पुग्नै लाग्दा सरकारले राजधानीका तीन जिल्लासहित केही अन्य जिल्लामा सार्वजनिक यातायात सञ्चालन गराउने निर्णय गरेकाे छ । तर यात्रुहरुबाट चर्काे भाडा असुल्ने गरेकाे भनेर अालाेचना हुने यातायात व्यवसायीलाइ यात्रुहरुबाट ५० प्रतिशत बढी भाडा उठाउन अनुमति दिएकाे छ । यसले यातायात व्यवसायीकाे मनपरि झन बढ्ने देखिएकाे छ । […]

बर्दीमा दाग लगाउँन दिन्न : आइजीपी थापा

भक्तपुरकाे कटुन्जे घर भएका नवनियुक्त प्रहरी महानिरीक्षक (आइजीपी) शैलेस थापा क्षेत्रीले दर्ज्यानी चिह्न प्राप्त गरेका छन् । बिहीबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहका बीच गृहसचिव महेश्वर न्यौपानेले उनलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । उक्त विशेष समारोहलाई सम्बोधन गर्दै आइजीपी थापाले आफू देश, जनता र प्रहरी संगठनकाे सेवामा निःस्वार्थ भावले लागिरहने प्रतिबद्धता प्रकट गरेका छन् […]

सीमास्तम्भ नम्बर २०७ ढलेको अवस्थमा फेला

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडास्थित नेपाल–भारत सीमास्तम्भ नम्बर २०७ ढलेको अवस्थमा फेला परेको छ । ‘सीमास्तम्भ मङ्गलबार ढलेको अवस्थामा फेला परेपछि सम्बन्धित निकायमा खबर गरेका छौँ’, इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले भने ‘जीर्ण अवस्थमा रहेको सीमास्तम्भको मर्मतसम्भारकार्य नहुँदा ढलेको छ ।’ बेलौरी नगरपालिका, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा सीमास्तम्भ […]

मन्त्रीपरिषद् बैठकमै विरामी परेर आइभरीकोस्टका प्रधानमन्त्रीको निधन

काठमाडाैं । आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको मन्त्रीपरिषद् बैठक लगत्तै निधन भएको छ। मन्त्रीपरिषद् बैठकको क्रममा बिरामी परेका उनको लगत्तै निधन भएको हो । ६१ वर्षका कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार बनाउने घोषणा गरेको थियो । कोलाबाली फ्रान्समा दुई महिना लगाएर मुटुको उपचार गरी हालै स्वदेश फर्किएका थिए। राष्ट्रपति […]

सिन्धुपाल्चोकमा भीषण पहिरो, फेरि थुनियो भोटेकोशी, जम्बु बजार नै बग्यो, १६ जना वेपत्ता

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा भीषण बाढी आएको छ । बाढीले अरनिकाे राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध भएकाे छ । साथै जम्बु बजार नै बगाएकाे बताइएकाे छ । बाढीमा परेर कम्तिमा १६ जना वेपत्ता भएका छन् । बाढीले भाेटेकाेशी नदी थुनिएकाे र हाइड्रोपावरमा पनि क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालयले जिल्लाकाे जम्बु र भोटेकोशी गाउँपालिकामा पहिराे […]

बहिनीलाइ कुटपिट गरी नदीमा धकेलेको र मृत्यु भएको भन्दै दाजु पक्राउ

कञ्चनपुर । बहिनीलाइ नदीमा धकेलेर हत्या गरेकाे अाराेपमा कञ्चनपुर प्रहरीले एक व्यक्तिलाइ पक्राउ गरेकाे छ । सुरुमा नदीमा डुबेर एक बालिकाको मृत्यु भएको भनिए पनि पछि प्रहरीले त्यसमा दाजुकाे हात रहेकाे सूचना अाएपछि बालिकाका दाजुलाइ पक्राउ गरेकाे हाे । कञ्चनपुरकाे भीमदत्त नगरपालिका–१३ का १४ वर्षीया बालिका नेहा सुनारको बिहीबार बिहान शव फेला परेको थियाे । […]